काठमाडौं - चीनका राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पहिलोपटक चीनको सेन्जेनमा एकसाथ देखिएका छन्।

सार्वजनिक तस्बिरहरूमा तीनै नेताले हात मिलाउँदै गरेको देखिन्छ। बुधबार चीन आइपुगेका ट्रम्पलाई स्वागत गर्ने क्रममा राष्ट्रपति सीले विमानस्थलमै अँगालो हालेर स्वागत गरेका थिए।

तीनै नेता एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन एकै ठाउँमा भेला भएका हुन्।

राष्ट्रपति सीले रुसी राष्ट्रपति पुटिनलाई आफ्नो ‘पुरानो मित्र’ भन्दै सम्बोधन गरेका छन्। सी र पुटिनले बिहीबार अमेरिकी राष्ट्रपति ट्रम्पसँग ऐतिहासिक वार्ता गर्ने कार्यक्रम रहेको छ।