काठमाडौं - दक्षिणी चीनको झुहाईस्थित एक रङ्गशालामा व्यायाम गरिरहेका मानिसहरूको भीडलाई एक कारले ठक्कर दिँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।अन्य ४३ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
झुहाई स्पोर्टस सेन्टरको ब्यारियरमा ६२ वर्षीय एक पुरुष चालकले गाडी चलाएका थिए।
घाइते हुनेमा धेरै वृद्धवृद्धा, किशोर किशोरी र बालबालिका रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।भाग्न खोजेका चालकलाई प्रहरिले पक्राउ गरेको छ ।
प्रत्यक्षदर्शीहरूले शेयर गरेका घटनाका अधिकांश भिडियोहरू चिनियाँ सामाजिक सञ्जालबाट हटाईएको छ भने दर्जनौं व्यक्तिहरू भुइँमा सुतेको र पारामेडिक्स र दर्शकहरूले हेरिरहेका केही फुटेजहरू अझै पनि अनलाइनमा देखिन्छन्।
चीनका राष्ट्रपति सी चिनफिङले घाइतेको उपचारमा कसर बाँकी नराख्न र दोषीलाई कडा भन्दा कडा सजाय दिन आह्वान गरेका छन्।
झुहाईमा कडा सुरक्षा बीच यो घटना भएको हो, जहाँ यसै हप्ता एक प्रमुख अन्तर्राष्ट्रिय सैन्य एयर शो को आयोजना गरिएको छ।
प्रारम्भिक अनुसन्धानले सम्बन्ध विच्छेदको सम्पत्तिको सम्झौतालाई लिएर असन्तुष्टिका कारण आक्रमण भएको अनुमान गरिएको छ । सो रङ्गशालालाई स्थानीयले नियमित व्यायामस्थलका रूपमा प्रयोग गर्ने गर्दछन् ।
0 comment