(कार्तिक २९) काठमाडौं, 
बाइडनले ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि बुधबार साँझ भेटवार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडन र नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच ह्वाइटहाउसमा कुराकानी भएको हो । भेटमा बाइडनले हात मिलाएर ट्रम्पलाई बधाई दिएका थिए । दुवैजना शान्तिपूर्ण सत्ता हस्तान्तरणमा सहमत भएको बीबीसीले जनाएको छ । बाइडनले कुराकानीको क्रममा ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने बताएका भने ट्रम्पले राजनीति कठिन तर धेरै कुरामा राम्रो पनि भएको बताउँदै पछि पनि राम्रो हुने बताए । साथै आतिथ्यताको निम्तो दिएको भन्दै बाइडेनको सह्राना गरेका थिए । 
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले ह्वाइटहाउसमा निम्तो पठाएका थिए । तर सन् २०२० मा बाइडनले जित्दा ट्रम्पले ह्वाइटहाउसमा बोलाएका थिएनन् । ट्रम्पले बाइडनको शपथ ग्रहण समारोह नै बहिस्कार गरेका थिए । त्यतिमात्रै होइन निर्वाचन परिणाम अस्वीकार गर्दै उनका समर्थकहरुले संसद भवनमा तोडफोड समेत गरेका थिए   । ट्रम्पको शपथ ग्रहण समारोहमा भने बाइडन सहभागी हुने बीबीसीले जनाएको छ । ट्रम्पले २० जनवरी २०२५ मा राष्ट्रपति पदको शपथ ग्रहण गर्दैछन् । अमेरिकी राष्ट्रपति निर्वाचनमा कमला ह्यारिसलाई पराजित गर्दै भारी मतले ट्रम्पले जितेका छन । 

(एजेन्सी )