सेन्ट निकोलाई चर्च हेरी त्यसको परिसर एक घण्टा जति बिताइ म लागे स्टकहोममा रहेको डोर्टिंगघम राजदरवार र त्यसको बगैचा हेर्न तर्फ ।

डोर्र्टिनिंगहोल्म दरवार र वगैंचा 

यो दरवार स्वेडेनको राजपरिवारको निजि निवाश रहेछ । यो स्वेडेनको राजधानी स्टकहोमको डोर्टनिंगहोल्म भन्ने स्थानमा रहेको हुँदा यसलाइ डोर्टनिंगहोल्म दरवार भन्दा रहेछन् । स्टकहोल्मको लोभोयन टापुमा रहेको यो दरवार पर्यटक आकर्षणस्थल पनि रहेछ ।  यो दरवार पुनरजागरणकालिन शैलीमा बनेको र भिल्लेम वोयले यसको डिजाइन गरेका रहेछन् । ढुंगै ढुंगाले वनेका यस दरवार स्वेडेनका राजा जोन तृतियले  सन १५८० मा शनाउन लगाएका रहेछन् । पछि विधवा रानी हेडविग एलेओनोराले सन् १६६१ यो दरवार खरिद गरेकी रहिछन् र त्यही वर्षको डिसेम्वर महिनामा आगलागी भएर यस दरवार जग देखिनै खरानी भएको रहेछ । त्यसपछि विधवा रानीले आर्किटेक्क्ट निकोडेमसलाई पुरानै शैलीमा यस दरवार पुनरनिर्माण गर्न अराएकि रहिछन् । 

सन् १६६२ मा दरवार पुनरनिर्माण गर्ने कार्य शुरु भएको रहेछ तर १६८१ मा निकोडेमसको मृत्यु भएको कारण उनका छोरा निकोडेमस टेस्सिनले भित्रिभाग र साजसज्जा समेतको निर्माण सम्पन्न गराएका रहेछन् । राजा वालक भएको हुदा विधवा रानीको नायवीमा देशको शासन चलिरहेको अवस्थामा दरवारको पुनरनिर्माण भएको र त्यतिखेर स्वेडेन ज्यादै शक्तिशाली राष्ट्र पनि बनेको अवस्था रहेको कारण दरवारको निर्माण निकै प्रभावशाली रुपमा अगाडि वढाइएको रहेछ । पछि राजा चाल्र्स एघारौंको पालामा यस दरवारलाई शिकार खेल्ने निकुञ्ज बनाइएका पनि विधवा रानी एलेओनोरा भने सन् १७१५ मा आफ्नो मृत्यु नहोञ्जेलसम्म यही दरवारमा वसेकी रहेछिन् र शाही सर्वोच्च अदालतपनि यही दरवारमा रहेछ ।  

उनको मृत्युपछि केही समय यो दरवार स्वेडेनको राजपरिवारको ग्रिष्मकालीन निवाश वन्न पुगेको रहेछ । पछि सन् १७४४ मा स्वेडनका तत्कालिन राजा फ्रेडेरिक प्रथमले यस दरवार तत्कालिन युवराज्ञी लुइसा उल्रिकालाई उपहार दिएका रहेछन् । यी उल्रिका प्रशियाको राजकुमारी रहिछन र उन्ले स्वेडेनका राजकुमार एडोल्फ फ्रेडेरिकसंग विवाह गरेकी रहिछन । पछि सन १७५१ म एडोल्फ स्वेडेनको राजा भएपछि यिनी रानी बन्न पुगेकी रहिछन् र यिनैको पालमा यस दरवारको भित्री भाग फ्रेन्च रोकोको शैलीमा सजाइएको रहेछ ।  तिनले यस दरवार भित्रै नाचघरपनि वनाउन लगाएकी रहिछन् । 
यी दुवै राजा रानी  सन १७७१ सम्म यसै दरवारमा बसेका रहेछन पछि सन् १७७७ मा यो दरवार स्वेडिस सरकारलाई विक्री गरिएको रहेछ र त्यतिखेर स्वेडनका राजा गुस्ताभ तृतिय रहेछन् र उनले फेरि यो दरवारलाई ग्रिष्मकालिन दरवारको रुपमा प्रयोग गरेका रहेछन् । उनको पालामा दरवारको बगैचामा ठूला ठूला नाट्यसंगीत कार्यक्रमहरु सम्पन्न भएका रहेछन् । 

सन् १८०९ मा सफल विद्रोहको कारण राजा गुस्ताभलाई गद्यिच्यूत गरी ११ दिन सम्म यसै दरवार भित्रको चाइनिज कक्षमा नजरवन्द गरिएको रहेछ र राजा चाल्र्स चौधौंको शासनकाल भरी सन १८१८ देखि १८४४ सम्म यो दरवार विना प्रयोग वन्द भएको रहेछ । पुरानो दरवार भएको कारण भत्केपनि भत्कोस भन्ने दृस्टिकोण रहेको कारण यसको मर्मत संभार पनि नगरिएको र यस दरवार भित्रका वहुमूल्य वस्तुहरु लिलाम हुन पुगेका रहेछन् । तर दरवारको वंगैचा भने जनसाधारणलाई पिकनिक गर्न खुला गरिएको रहेछ र विदेशी उच्चस्तरका पाहुनाहरुलाई यही बगैचामा स्वागत गर्ने परिपाटी शुरु गरिएको रहेछ जसमा रसियाका जार निकोलोस प्रथम पनि रहेछन् ।

पछि राजा ओस्कार प्रथमले यो दरवारलाई मर्मत गर्न चाख देखाए अनुसार सन १८४६ मा यस दरवारको मर्मत र जिर्णोध्दार गर्ने कार्य भई यहा सार्वजनिक समारोहहरु धेरै आयोजना हुन थालेछन् । यही दरवारमा ग्रिष्मकाल मनाउने क्रममानै राजा गुस्ताभ पाचौंको जन्म यस दरवारमा भएको रहेछ । पछि राजा ओस्कार द्धितियले दरवारको मर्मतकार्यलाई निरन्तरता दिएका रहेछन् । गुस्ताभ पाचौं राजा वने र आफनो जन्म त्यही भएको कारणले गर्दा उन्ले फेरी यो दरवारलाई मध्यकालिन पुरानो शैलीमानै चारवर्ष लगाई मर्मत कार्य गरेपश्चात पुन शाही सर्वोच्च अदालतले आफनो काम नियमित रुपमा यहीबाट संचालन गर्न थालेको रहेछ र दरवारले पूर्णरुपमा पुनरजीवन पाएको रहेछ । 

सन १९८१ देखि राजपरिवारले यो दरवारलाई आफनो प्रारंभिक निवाश वनाएकै कारण यस दरवारको सुरक्षामा सैनिक तैनाथ गर्न शुरु गरिएको रहेछ । यस दरवार र यसको परिशरमा भएका पर्यटकीय स्थलहरुमा दरवारको चर्च, दरवार भित्रको नाचघर, चाइनिज पभेलियन र वारोक शैलीमा वनाइएको दरवारको वंगैचा पर्दो रहेछ जहा इटलीबाट आयातित सिंहमरमरका मूर्तिहरु सजाइएका रहेछन् ।