सामुद्रिक कन्या र कोपनहेगनको दरवार क्षेत्र अवलोकन गरिसक्दा दिनको १ः३० बजेको थियो । अव कोपनहेगेनमा हेर्न पर्ने महत्वपूर्ण कुरा केही नभएको हुँदा म कोपनहेगन शहर पैदलै घुम्दै दिनको दुई बजे कोपनहेगनको मुख्य रेलस्टेसन आइपुगे । त्यहाँबाट २ः३० स्वेडेनको राजधानी स्टकहोम जाने रेल छुट्दो रहेछ । त्यही रेल लिई म स्टकहोम तर्फलागे । म स्टकहोम आइपुग्दा वेलुकाको ७ः४० भएको थियो । जुलाइ महिना अनि उत्तरी ध्रुव नजिकैको यूरोपेली शहर के चाहियो घाम लागिरहेको थियो ।
रेलबाट स्टकहोममा ओर्लने वित्तिकै मैले आन्ना स्कोगलुण्डो भन्ने महिला मित्रलाइ फोन गरे । उनीसँग मेरो मित्रता इटलीको रेज्जो कालाव्रियामा इटालियन भाषाको एडभान्सकोर्स गर्दा परिचय भएको थियो । उनीसँग पत्राचार भइरहन्थ्यो र उनले मलाई जहिले पनि स्वेडेन आउ भन्थिन् । उनको घर स्टकहोमको टिरोस भन्ने स्थानमा थियो । रेलवे स्टेशनमा करिव १ घण्टा कुरेपछि उनी मलाई लिन स्टेसन आइपुगिन् । अनि हामी दुवै जना ट्राम चढेर उनको घरतर्फ लाग्यौ ।
ट्रामबाट बाहिर सा–साना टापु नै टापुको शहर स्टकहोम देख्दा म निकै रोमान्चित भएको थिए । बेलुका नौ बजे तिर हामी घरपुग्यौ । हल्का स्वेडिस डिनर गरी हामी आ–आफ्नो कोठा तर्फ लाग्यौ । बिहान उठ्दा आठ बजेको थियो । दुवैजना मिली व्रेकफास्ट बनायौ, खायौ अनि अघिल्लो दिन जस्तै उनले मलाई ट्रामबाट स्टकहोम शहरको मुख्यभागमा लगेर छोडी उनी आफ्नो कार्यालय तिर लागिन् अनि म चाहि लागे स्टकहोम सेन्ट निकोलाई चर्च अवलोकन गर्न तर्फ लागे ।
सेन्ट निकोलाई चर्च
यस चर्च स्वेडनेको सबैभन्दा पुरानो र ठूलो चर्च मानिदो रहेछ । यसलाई अनौपचारिक रुपमा स्टकहोम क्याथेड्रल पनि भनिदो रहेछ । स्टकहोमको पुरानो शहरको मध्यभागमा यो चर्च अवस्थित रहेछ । मौलिक रुपमा यसले स्टकहोमको मुख्य पेरिश चर्चको कार्य गर्ने र स्टकहोमको लुथेरान विशपको निवाश र कार्यालय पनि सन १९४२ देखि त्यही रहेछ । यो चर्चको विशेषता भनेको इटाले गोथिक (Brick Gothic) वास्तु शैलीमा यो चर्चको निर्माण गरिएको रहेछ । स्वेडनेको राजदरवारसँगै रहेको यो चर्च स्वेडनेको उत्तर र पश्चिम जाने मुख्य मार्ग मै पर्दो रहेछ । चर्च नजिकका अरु भवनहरुमा स्वेडिस एकेडेमी, विश्व प्रशिद्ध पुरस्कार नोवेलको पुस्तकालय र म्यूजियम पर्दा रहेछन् ।
यो चर्चको प्रमाणिक इतिहास खोतल्दा सन् १२७९ सम्म पुग्दो रहेछ । जुनवेला विरगर जार्ल भन्ने मान्छेले यो चर्च वनाएका रहेछन । शुरुमा पेरिश चर्च, त्यसपछि १५२७ मा गएर लुथेरान चर्चमा परिणत भएको यस चर्चमा सन् १८७३ मा राजा ओस्कार द्धितियको राज्यारोहण भएको रहेछ । यस चर्चमा हेर्नलायक कुरा भनेको यस चर्च वास्तुशैलीको अतिरिक्त सन् १४८९ मा वनाएको सेन्ट जर्ज र ड्रागनको काठेमूर्ति रहेछ । यी मूर्तिहरु सन् १४७१ मा भएको ब्रुन्केवर्गको युद्ध स्मरण गर्ने उद्देश्यले बनाइएको रहेछ ।
यसै चर्च भित्र पुरानो स्टकहोम शहरको ठूलो पेन्टिंग (The Sun Dog) पनि राखिएको रहेछ । यो पेन्टिंग स्वेडनका विध्दान तथा सुधारक ओलाउस पेट्रीले राख्न लगाएका रहेछन् । चर्चभित्र रहेको पादरीले प्रार्थना गर्दा वोल्ने ठाउँ जसलाई पल्पीट भनिन्छ । त्यसको निर्माण सन् १६९८ मा शुरु गरी १७०२ मा चारवर्ष लगाइ सम्पन्न गरिएको रहेछ । स्वेडनमा पछि बनाइएका चर्चहरुमा भएका पल्पिटहरु यसैको नककल गरी वनाइने गरिएका रहेछन । पल्पिट जाने ढोकामा क्राइष्टको टाउकोले सिगारिएको रहेछ भने पल्पीटकै मुन्तिर फलामको रेलिंगले घेरेर ओलाउस प्रट्रीको चिहान राखिएको रहेछ । चर्चको मुख्य प्रार्थनाहलको दुवै किनारमा राजखलक वस्ने कलात्मक वेन्च राखिएको रहेछ जसको डिजाइन विख्यात आर्किटेक्ट निकोडेमस टेस्सिनले गरेका रहेछन् र यसलाई बनाउने वुट्चार्ड प्रेख्ट नामक विश्यात सिकर्मीले गरेका रहेछन् ।
यी वेन्च मध्य एक जुनमा राजा बस्ने हो त्यसलाइ भने मंहगो जरी टासेको निलो भेल्भेटले मोरिएको रहेछ । चर्चका् अगाडिको चादिले मोरेको भित्ता जस्लाई अल्टार भनिन्छ । त्यहाँ क्राइष्टलाई झुण्डाइएको मूर्ति र अन्तिम रात्रीभोज (Last Supper) झल्काउने मूर्तिहरु राखिएका रहेछन । त्यसको दुवै तिर सेन्ट निकोलस र सेन्ट पिटरले महिन बत्ति समातिरहेको मूर्ति रहेछ । यसको माथि रहेको रोज विण्डो (शिशाको झ्याल) १८५० को दशकमा फ्रान्सको राजधानी पेरिशमा बनाएर ल्याइएको रहेछ ।
0 comment