कोपेनहेगनको समुद्रीतट लान्गेलिनीमा रहेको धातुको सामुद्रिक कन्या हेरीसक्दा दिनको १२ बजिसकेको थियो । युरोपका विभिन्न शहरहरु जहा गएपनि उस्तै लाग्ने कारण कोपनहेगेन शहर हेर्नै भनेर त्यहाँ बस्ने मेरो उद्देश्य रहेन । शहरको केन्द्रको एक फनको लगाएपछि बेलुकी पानी जहाज चढेर स्वेडेन तर्फ लाग्ने विचार गरी बाँकी समय डेनिस राजदरवार अमालिएनवोर्ग हेरौन त भनेर म त्यता तिर हानिए । रोकोको बास्तुशैली मा बनेको उस्तै देखिने चारवटा दरवारहरु त्यहाँ रहेछन् । त्यसको बीचमा आठकुने विशाल चोक रहेछ र त्यसको पनि बिचमा डेनमार्कका राजा फ्रेडरिक पाँचौको घोडा चढेको मुर्ति रहेछ । यी दरवारहरु वनाउदा राजपरिवारको लागि वनाएको नभै दरवारका सामन्त र भारदारहरुको लागि बनाएको भएतापनि सन् १७९४ को आगलागिमा परी तत्कालिन क्रिश्चियान वर्ग राजदरवार ध्वस्त भएको कारण राजपरिवार यस दरवारमा सरेका रहेछन् । अमालियनवोर्ग दरवार कोपेनहेगनको मुटु फ्रेडरिकस्टाडनमा ठडिएका रहेछन् । 

चार दरवार मध्ये पहिलो दरवार राजा फ्रेडरिक तेश्रोकी रानी सोफी अमेलीले वनाएको हँुदा यो दरवारको नाम पनि सोफी अमालियनवोर्ग राखिएको रहेछ । दरवारक्षेत्रमा एक वगैचा पनि रहेछ त्यो बगैचा पहिले स्वेडिस हमलाबाट सन १६५९ मा ध्वस्त भएको रानी वगैचा (क्वीन्स गार्डेन) जस्तै गरी वनाइएको रहेछ । सन् १६६४ मा वगैंचा वनाइसकी सन ११६९ देखि १६७३ को बीच दरवार बनाइ राजपरिवार त्यहा वस्न थालेका रहेछन । 

सन् १६७० मा राजाको मृत्युपछि विधवा रानीले आफनो मृत्यु सन् १६८५ मा नहोउञ्जेलसम्म त्यही दरवारमा बसेकी रहिछन । उनको मृत्युको चार वर्षपछि सन् १८८९ १५ अप्रिलका दिन रानी सोफीका छोरा राजा क्रिश्चियान पाचौंले आफनो ४४औ जन्मदीवस त्यहा मनाएका रहेछन र त्यस अवशरमा जर्मन टोलीलाई वोलाइ सांगितिक नाट्य कार्यक्रम गरिएको रहेछ जस्को लागि अस्थायी नाचघरको समेत निर्माण गर्न लगाइएको रहेछ । सांगितिक नाट्यकार्यक्रम ज्यादै सफल भइ सबैले रुचाएको कारण १९ अप्रिलमा उक्त कार्यक्रम दोहराइ देखाउने निधो गरी कार्यक्रम के शुरु भएको थियो अकस्मात आगलागी भई नाचघर सहित पुरै दरवार जगसम्मै खरानी हुन पुगी १८० मानिसहरुले आफ्नो ज्यान गुमाएका रहेछन् । 

राजाले दरवार पुन त्यही ठाउमा बनाउने योजना वनाएका किनकी त्यहा रहेको वगैचा, चर्च र राजकीय घरकाज विभाग रहेका भवनहरुलाई आगलागिले छोएको थिएन । योजना मुताविक उन्ले स्वेडिस इञ्जिनियरलाई दरवारको डिजाइन तयार गर्न समेत लगाएका थिए तर डिजाइन धेरै महत्वाकांक्षी भएको कारण सो योजना खारेज गरी त्यहाँ भएका भवनहरु समेत भत्काइएका रहेछन् र भत्काएर आएको काम लाग्ने इटा, काठ जस्ता कुरा प्रयोग गरी चर्च वनाइएको रहेछ । अमालिएनवोर्ग दरवार पछि राजा फ्रेडरिक चौथौंले आफनो शासनकालमा बनाउन लगाएका रहेछन् । 

जहाँ गीष्मकालिन छुट्टै भवन, सुन्तलाको बगैचा (ओरान्जेरी), फ्रेन्चशैलीको फुल तथा अन्य वनस्पतीको वगैंचा, भुइतलामा रात्री भोज गर्न मिल्ने पभेलियन र माथिल्लो तलाको हलबाट पुरै बगैचा अवलोकन गर्न मिल्ने गरी वनाइएको रहेछ । कालान्तरमा त्यहा उस्तै देखिने चार दरवार बन्दै गएका रहेछन् । पहिलो दरवारको नाम मोल्टके दरवार रहेछ जुन राजा क्रिश्चियन सातौंले वनाउन लगाएका रहेछन् । दोश्रो दरवारको नाम लेभेत्च्जाउ रहेछ सो दरवार क्रिश्चियन आठौले वनाउन लगाएका रहेछ । त्यसै गरी तेश्रो दरवार ब्रोकडोर्फ राजा फ्रेडरिक आठौ र चौथौं दरवार स्याक राजा क्रिश्चियन नवौंले वनाउन लगाएका रहेछन् ।