काठमाडौं - बंगलादेशमा प्रहरी र सरकार विरोधी प्रदर्शनकारीबीच आज दिनभर झडप भएको छ छ ।
प्रधानमन्त्री सेख हसिनाको राजिनामा माग्दै विद्यार्थीहरुले गरेको विरोध प्रदर्शनमा झडप हुँदा ५९ जना भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ ।
वंगलादेशमा विद्यार्थी नेताहरुले सरकार विरुद्ध नागरिक अबज्ञाको आव्हान गरेसँगै भएको देशव्यापी प्रदर्शनमा २०० भन्दा बढी प्रदर्शनकारी घाइते भएको बिविसीले जनाएको छ ।
हिंसा भड्किएपछि बंगलादेश सरकारले आज राति कर्फ्यु लगाउने घोषणा गरेको छ ।
यसअघि हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरू प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै सामुहिक विरोध प्रदर्शनका लागि आइतबार मध्य ढाकामा भेला भएका थिए ।
प्रधानमन्त्री हसिनाको राजीनामाको माग गर्दै प्रदर्शनमा उत्रिएका हजारौं प्रदर्शनकारी र सरकारबीच आइतबार झडप हुँदा थप आठ जनाको मृत्यु भएको छ । सरकारी सेवामा आरक्षण प्रणालीविरुद्धको ¥यालीका क्रममा जुलाईदेखि शनिबारसम्म भएका हुलदङ्गामा २०० भन्दा बढी व्यक्तिको ज्यान गएको छ ।।
0 comment