टुडोर हाउस र वंगैचा हेरी सकेपछि हामी पुनः डोभर फर्कने क्रममा ज्ःक् भिक्ट्री जहाज अवलोकन गर्न बेलायतको एटलाण्टिक महासागरको पोर्टस्माउथको पश्चिम तटमा पुग्यौ । १०४ वटा तोप आकारको वन्दुक जडित काठैकाठले वनेको यो जहाज वनाउने आज्ञा सन् १७५८ बेलायती प्रधानमन्त्री पिट द एल्डरले दिएका रहेछन् । १२ वटा युद्धपोत बनाउने आज्ञा दिएकोमा सबैभन्दा ठूलो चाहि यही HMS भिक्ट्री जहाज रहेछ र एक वर्ष लगाई १७५९ मा यो जहाज बनाउने कार्य सम्पन्न भएको रहेछ । १५० जना कामदार निरन्तर एक वर्ष लगाएर काठले वनाएको यो जहाजको लागि ६ हजार रुख ढाल्नु परेको रहेछ । जस्मा ओक, सल्ला जातका काठहरु वढी प्रयोग भएका रहेछन् । काठहरु जोडनको लागि भने ६ फिट लामा लामा तामाका किलाहरु प्रयोग भएका रहेछन् । तत्पश्चात् सन् १७६५ देखि यो जहाज संचालनमा आएको रहेछ । यो जहाज उसान्टको पहिलो युद्ध, दोश्रो युद्ध, जिव्राल्टर माथिको विजयको युद्ध, केप सेन्ट भिन्सेन्टको युद्धमा प्रयोग भएको रहेछ ।
यो मध्यकालिन यद्धपोत जहाजको डिजाइन सर थोमस स्लेडले गरेका रहेछन् जो त्यतिखेर बेलायती जलसेनाका सर्भेएर रहेछन् । यो जहाज वनाउनकोलागि त्यही वेलामानै ६३ हजार १७६ बेलायती पाउण्ड खर्च भएको रहेछ र त्यसलाई अहिलेको मूल्यमा भन्ने हो भने ८० लाख पाउण्ड हुंदो रहेछ ।
बेलायतले लडेको क्यूवेक, मिण्डेन, लागोस, क्यूवेरोन खाडी आदिको सात वर्षे युध्दमा आश्र्चयजनक जीत हात पारेको कारण यस जहाजको नामनै HMS भिक्ट्री जहाज राखिएको रहेछ । त्यसपछि यस्को राम्रो मर्मत संभार गरी सन १८०५ मा भएको ट्राफल्गारको युद्धमा सेनापती लर्ड नेल्शनको नेतृत्वमा प्रयोगमा आएको रहेछ । यस युद्धमा सेनापती नेल्शन लगायत ५७ जनाको मृत्यु १०२ जना घाइते भएका रहेछन् । त्यसैगरी जहाजपनि क्षतिग्रस्त भई आफै चल्ने अवस्थामा नभएकोले अर्को जहाज HMS नेप्चुनले यसलाई तानेर जिव्राल्टरको वन्दरगाहमा ल्याएको रहेछ । त्यहाँ यस जहाजको मर्मत कार्यगरी नेल्शन लगायतका युध्दमा मारिएका लाश बेलायत फर्काइएको रहेछ ।
सन् १८३१ म यो जहाज पुरानो भएको कारण यसलाई विगारी यसका काठहरु अरु जहाज वनाउन प्रयोग गर्ने निर्णय भएतापनि यसको ऐतिहासिक महत्वलाई मर्न दिन हुदैन र विगार्न पाइदैन भन्ने जनदवाव परेको कारण यो जहाज थन्केर वसेको रहेछ । पछि सन् १८३३ मा तत्कालिन राजकुमारी भिक्टोरिया र उनकी आमा डचेस अफ केन्ट आएर यस जहाज अवलोकन गरी ट्राफल्गार युध्दका नायकहरुबारे जानकारी लिएर गएपछि सर्वसाधारण बेलायती जनतामा यो जहाज प्रतिको आर्कषण वढन गएको रहेछ र वर्षमा १२ हजार पर्यटकहरु यो जहाज हेर्न आउने गर्न थालेका रहेछन । यो कुरा थाहपाई सन् १८४४ मा राजकुमारी भिक्टोरियाले दोश्रो पटक यो जहाज हेर्न आइछन तत्पश्चात् वार्षिक पर्यटकको संख्या झण्डै दोब्बर भएर २२ हजार पुगेको रहेछ ।
पछि १९२२ देखि यस जहाजलाई पोर्टस्माउथको सुख्खा वन्दरगाहमा ल्याइ राखी पानी जहाज म्यूजियम वनाइएको रहेछ । यस जहाज संसारको सबैभन्दा पुरानो सामुद्रिक जहाजीबेडामा गनिदो रहेछ ।
0 comment