सुखिम–सिक्कम र इष्ट इण्डिया कम्पनीको १० धाराका सन्धिमध्ये सम्वद्ध ३ धारा (शाके १७३८, संवत् १९७३ फागुन ९ गते बङ्गसंवत् १९२३ माघ ३० सन् १८१७) (ट्रिटिज, एङ्गजमेण्टस् एण्ड सनदस् भोलम एक्स आइ आइ १२, १९२९ सी. यूं एट्किसन)
धारा १ – माननीय इष्ट इण्डिया कम्पनीले सिक्किमपति राजा अथवा उन्का उत्तराधिकारीहरुलाई पूर्ण प्भुसत्ता सहितको मेची नदी पूर्व तिष्टा नदी पश्चिममा रहेका समस्त पर्वतीय देश सांैपि दिन्छ । पहिले यो देश गोर्खाका राजाका अधिकार र कब्जामा थियो जुन सुगौलीमा भएको शान्तिसन्धिद्वारा माननीय इष्ट इण्डिया कम्पनीमा गाभिएको थियो ।
धारा २ – गोर्खाहरु अथवा कुनै अन्य राष्ट्रमा विरोध अथवा आक्रमण गर्ने कामवाट सिक्किम पति राजा र उनका उत्तराधिकारीहरु निवृत्त हुन्छन् ।
धारा ३ – गोर्खाका प्रजा अथवा अन्य कुनै छिमेकी राष्ट्रका प्रजा र सिक्किमका प्रजाहरुका बीचमा कुनै झगडा तकरार प¥यो भन्या उन्ले –सिक्कमपति राजाले) मध्यस्थताको लागि वृटिश सकर्रालाई सूचना गर्नेछन् र वृटिश सरकारको निर्णय वमोजिम गर्नेछन् ।
(नेपाल–भारत र चीन सन्धीबाट )
0 comment