श्री निर्गुणानन्द स्वामी अर्थात् पिता महाराजा रणबहादुर शाहको निर्वाहको लागि भएको आर्थिक व्यवसबारे भएको लिखतअनुरुप नेपालका श्री ५ महाराजाधिराजबाट कम्पनी सरकारका महामहिम तथा सम्माननीय गभर्नर जनरल समक्ष निम्न सम्झौतामा सहमति बक्सेको छ ।
स्वामीजीलाई वार्षिक रुपमा बुझाउने बयासी हजार पटना सिक्का बराबरको रुपैयाँमध्ये बहत्तर हजार नगदमा नै भुक्तानी गरिनेछ र बाँकी दश हजार रुपैयाँ वापत दिइने हात्तीहरुमध्ये आधा मत्ता र आधा ढोई गरेर दिइनेछ । हात्तीको भाउ कायम गर्दा प्रत्येक एक हातको लागि एक सय पच्च्ीस रुपैयाँ तोकिनेछ । १८५८ को (अगस्त) महिनादेखि स्वामीजीले निर्वाह तथा अन्य घरायसी खर्चका लागि प्राप्त गरिबक्सने उक्त रुपैयाँका लागि मौसूफलाई विजापुर प्रगन्नाअन्तर्गतको विर्ता, गुठी र अन्य विशेषीकृत जमिन बाहेकका जमिन निम्न शर्तहरुमा तोकिएको छ ।
स्वामीजीबाट बनारस या कम्पनी सरकारको कातहतको जमिनमा राजगरिबक्सेमा र विजापुरको मौसूफका लागि छुट्याइएको जमिन नेपाल सरकारका कर्मचारीहरुको जिम्मामा भूमिकर स.कलन गर्ने काम सुम्पिबक्सेमा र विजापुरको मौसूफका लागि छुट््याइएको जमिन नेपाल सरकारका कर्मचारीहरुकै जिम्मामा भूमिकर संकलन गर्ने काम सुम्पिबक्सेमा बहत्तर हजार रुपैयाँ नगदमा र दश हजार रुपैँयाँ बराबरको हात्ती तोकिएको किस्ता अनुसार वर्षेनी बिनाविलम्ब नियमित रुपमा आवश्यक खर्च वर्चश्वका लािग मौसूफमा चढाइनेछ । यसबाट वर्तमान महाराजाधिराजको पक्षमा मौसूफबाट स्वामी महाराजबाट राजगद्दी परित्याग गरिबक्सदा ताम्रपत्रमा घोषणा बक्सेअनुसार भगवत् भक्तिमा लीन रहन मौसुफलाई सघाउन पुग्नेछ । मौसुफबाट आफ्नै जागिरस्वरुप प्राप्त गरिब्कसेको जमिनमा नै राजहुन र आफ्नै मातहतका व्यक्तिहरुबाट भूमिकर संकलन गर्न सकिबक्सन्छ तर मौसुप्mबाट नेपाल सरकार विरुद्धको विद्रोही गतिविधिमा संलगन र नेपालको शान्ति, व्यवसथा र अमनचयनका विरोधीहरुलाई भने आफ्नो निजी सेवामा राख्न सकिबक्सने छैन । स्वामी महाराजबाट य जनाभन्दा बढी पुरुष र महिला सेवक सेविकाहरु तथा कुनै पनि किसिमका सैनिक या समान प्रकृतिका सशस्त्र व्यक्तिहरुलाई पनि आफ्नो निजी प्रयोगका लागि राख्न सकिबक्सने छैन । विजापुरको उक्त प्रगन्ना भूमिकर उठाउन र मौसुप्mको निजी सुरक्षाका लागि अवाश्यक भएमा स्वामी महाराजबाट नेपालका सरकारी सेनाका दुई सय जवान सैनिकहरुलाई राख्न सकिबक्सनेछ र त्यसको आर्थिक दायित्व श्री ५ महाराजाधिराजबाट नै व्यहोरिबक्सेनछ । स्वामी महाराजाबाट बोलेर या लेखेर सामँन्य नेपाली नागरिकहरुमा उत्तजेना र विद्रोह भड्काउने, नेपालबाट भागेर गएका विद्रोही व्यक्तिहरुलाई शरण दिने र नेपाली नगारिकहरु विरुद्ध ह्रिसा र लुटपाट मच्चाउने कार्य हर हालतमा हुने छैन ।
यदि मौसूफ माथि निषेध गरिएको क्रियाकलापहरुमा संलग्न होइबक्सेकोमा सम्झौताकारी दुवै पक्षलाई चित्त बुझ्ने कारण र प्रमाण प्राप्त भएमा स्वामीजीलाई कम्पनी सरकारबाट प्राप्त हुने सहयोग र संरक्षण जारी रहेन छैन र श्री ५ महाराजाधिराजबाट पनि मौसूफलाई (स्वामीजीलाई) प्रदान गरिएको जमिन जफत गर्न सकिब्क्सेनछ ।
श्री ५ महाराजाधिराजबाट यस विषयमा पनि सहमति व्यक्त गरिबक्सेको छ कि यदि स्वामी महाराज कम्पनी सरकार अन्तर्गतकै भूभागमा राज भएर नेपाल सरकारका अधिकृतहरुलाई नै विजायपुर प्रगन्नाको भूमिकर उठाउन मौसुफबाट तोकिबक्सेको अवस्थामा माथि उल्लेखित शर्तअनुरुप मौसूफलाई नियमित किस्तामा रकम नबुझाइएमा अथवा मौसूफ आफ्नै निम्ति तोकिएको जागिरको जमिनमा राज होइबक्सेको अवस्थामा नेपाल अधिराज्यका प्रजा या उक्त प्रगन्नाका रैतीहरुले स्वामी महाराजालाई कुनै दुःख पिराउ दिए गरेमा गभर्नर जनरल या इष्ट इन्डिया कम्पनीलाई नेपाल सरकारसँग त्यस्ता क्रियाकलापविरुद्ध रैतीहरुले स्वामी महाराजलाई कुनै दुः पिराउ दिए गरेमा गभर्नर जनरल या इष्ट इन्डिया कम्पनीलाई नेपाल सरकारसँग त्यस्ता क्रियाकलापविरुद्ध क्षतिपूर्तिको माग गर्ने हक रहनेछ । नेपालका श्री ५ महाराजाधिराजबाट यो शर्तको पालना गराउने जिम्मेवारी गभर्नर जनरलले स्वीकार गरेका छन् । गभर्नर जनरलले पनि माथि उल्लेखित सर्तहरुप्रतिको आफ्नो बचतवद्धतालाई पुष्टि गर्न औपचारिक लिखत श्री ५ समक्ष पठाउनु हुनेछ । श्री ५ महाराजाधिराज समक्ष गर्भनर जनरलको तर्फबाट पठाएको त्यस्तो लिखत प्राप्त भएपछि अविलम्व माथि उल्लेख गरिउका दायित्वहरुको पालना गरिबक्सनेछ । स्वामीजीका निजी सहायकहरुको उचित व्यवस्थापनअन्तर्गत भूमिकर संकलन गर्दा त्यसमा हुने वृद्धि र हेलचेक्र्याइँद्वारा सो काम गर्दा हुने हानीमा नेपालका श्री ५ महाराजाधिराजको कुनै जिम्मेवारी रहने छैन । विजापुरको प्रगन्ना स्वामीजीका निजी सहायकहरुलाई हस्तान्तरण गर्दा त्यस्तो वार्षिक भूमिकर बहत्तरहजारभन्दा बढी भएमा नेपाल सरकारबाट त्यसको शोधभर्ना हुने बढी भएमा सो बढी भएको रकममा पनि स्वामीजीकै हक कायम रहनेमा श्री ५ महाराजाधिराजको स्वीकृति रहेको छ ।
(नेपाल–भारत र चीन सन्धीबाट)
0 comment