काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको पूर्ण साथ रहने बताएका छन्।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ग्रीन टेबल कार्यक्रममा सभापति थापाले सुशासनका लागि नै भाद्र २३ र २४ गते युवाहरुले आन्दोलन गरेको भन्दै सुशासन स्थापना गर्न सरकारले गर्ने संविधानसम्मत र कानुनसम्मत सबै प्रयासहरूमा कांग्रेसको शतप्रतिशत सहयोग रहने बताएका हुन् ।
वर्तमान सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्पतिको छानबिनन गर्न आयोग बनाएकाले आफू र कांग्रेसका सबै सदस्यहको विवरण बुझाउने उनले बताए । उनले न्यायालयमा काम गरेका केही पूर्वन्यायमूर्ती र केही राजनीतिक दलका नेताहरूले विवरणहरू नबुझाउने भनेकोमा यसमा कांग्रेसको कुनै टिप्पणी नरहेको बताए । हिजोमात्रै नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सम्पत्ति विवरण नबुझाउने बताएका थिए । आफ्नो सम्पति खरानी बनाएको भन्दै ओलीले त्यही खरानी उठाएर लैजान सरकारलाई भनेका थिए ।
उनले सम्पतिको छानबिन गर्न आयोगले अब सम्पत्ति छानबिनको प्रक्रियालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सभापति थापाले सरकारले गठन गरेको आयोगले गर्ने कामहरुको स्वच्छता र पारदर्शितामाथि भने प्रश्न उठ्न नहुने तर्क गरे ।


0 comment