अर्जि–उप्रान्त मार्ग वदि आमावास्याको कृपापत्र आइपुग्यो। सिरचढाई विस्तारै वुझ्यौ पैले कुरा गन्र्यालाई पनी कंपनीवहादुरसित कदमी दोसती थियो। दम्र्यान्मा थोरो तक्रार लाग्न गयो। यो रफैत गर्नालाई कर्नेल वराट साहेव आयात बहुत दाना अदमी छन् दोहरै दोस्ती रफा गर्नन। भन्या हामीलाई षातीर्जाम थियो। यो जानयाको थियेन की थोरै वातमा ञाहाँसम्म होला। सो भैगयो। त पनी अझ कदमी दोस्तीमा नजर रईछ भन्या हाम्रा दिलमा सिवाय दोस्ती दोश्रो घात छैन । कर्नेल साहेवका दिलमा दोस्ती औ डङ् कौन वात मंजुर छ।
तिमिले विन्ति लेष्याछौ जर्नेल भीमसेन थापालाई पहाडतक मर्जिम भया केही कुरा हुनन् भनी सो कति अर्थले लेष्यााको हो इनले आया कति कुरा हुनन्। साहेवको चित्त वुझी लेष र जर्नल भीमसेन थापालाइ पठाउन्यै काम भया मुजाका छैन हुकुम वक्सौंला वुझि लेष भनी मर्जि आयाछ एस कुरामा थोरो वातमा ठूलो तक्रार लाग्याको र ञहाँको सव वातको तयारि देखता सेवकले चित्तले देष्याको ष्वामीदका हजुरमा विन्ति पुर्याउन्या मुनासीव हो भनी विंति लेषयाको हो कर्नेल साहेवको बुझ राम्रो गरी वुझी लेष भनी मर्जी आयाका अर्थलाई इन्का पेटका कुराको वुझ हिन्दुस्थानी लोग केही पाउदैनन् सो मा दोहरै सम्झाई दोस्ती कायम राषन सकन्या माफीकका मानिस हाली वात चीत गरीयाको भया ञाहासम्म हुन्या रहे(न) छ।
दम्र्यानका मानीसले न समझदा मुलुकमा वहुत हुल हुन गयो २/४ जगा लोह पनि भयो अझ दिन पर दिन यी यो तक्रार वढ्न्यै देषींछ। घटन्या देषीदैन मुकदमा जति तुल होला तती वातचीत पनी तुले हुन जवाला तसर्थ गन्र्या कुरा अझ चाँडो गर्या बढीया होला। भंन्या कुर चित्तले देषछ मैले कुरा भन्या गर्दैछु। माहाराजासाहव सलुक चाहन्या भया पैले वुटवलमा षुन गन्र्या वढीरहेछ उ जमीनमा इनैको इलाका समझनन् तेस्रो एस फोजकसीमा इन्को जो खर्च भयो तेस्को गर्नन्। चौथा पहाडको कोही वडो आदमी यहाँ आइ कंपनीवहादुरको पनाह पक्र्याको छ।
उसलाई कंपनीलार्य कोही कौल करावर दिया को भयो सो कौले दोस्ती भयापछि थाम्नामा पसनन् पाचौं आजसम्म जाहाँतक कंपनीवहादुरको फोज पुगीरहेछ उत्ती सम्म जिमीको आफ्नु इलाका छोड्नामा पसनन् भंन्या वुझ इनवटा पाइन्छ। इकुरा भन्या इनले वढाई गर्या जस्ता लागदैनन्। साहेवकाहाँ भया भयाका वात हुनन् भन्या जस्तो लाग्छ। एश्मा अझपनी एक वन्दोवस्त न भया तक्रार वढ्दै जाला षजाना और तेग वहुत नोकसान हुनन्।
तस निमित्त तहाँ ञाहाँ दोहरै समझदाउन सक्न्या इन्का निमिमा प्रतीत पार्ना माफीकको मानिस आइ वात गर्न लाग्या इ माथीका कुरा आज सुनाउछन् त पनी कुराका वेलामा हुन्यै कुरा हुनन् न हुन्या कुरा होवैनन्। ञाहाको वुझ वुझनाको र आफ्ना चित्तले देषयाको कृपापत्र र उमाकान्तले लेष्याको चिठी हिन्दुस्थानी जुबानमा उतारन भनी कर्नेल साहेवले भन्य वुझनामा आउँछकी सदरमा रमाना भयो हो विज्ञवरप्रभुचणेषु किमधीकं विज्ञप्ती मिति पौषवदि ११ रोज ६ मुकार सहरवा साधमालु वेतिया शुभं भूयात् इतः शुभचिन्तक सदा सेवक चन्द्रशेषर उपाध्यायको वेदोक्र शुभ आशीर्वाद सहस्रम् शुभम् ।
(नेपाल–भारत र चीन सन्धिबाट)
0 comment