स्यालिसवरीको क्याथेड्रल अवलोकन गरेपछि हामी साउदम्पटन तर्फ लाग्यौ । त्यहाँ पुगेपछि हामीलाई थाहा लाग्यो की त्यहाँ अवलोकन गर्न लायकमा विश्व प्रसिद्ध टुडोर हाउस र बगैचा रहेछ भन्ने कुरा । साउदम्पटनको गाडी पार्किगमा आफ्नो गाडी थन्काई हामी लग्यो टुडोर हाउस तर्फ ।  

टुडोर हाउस र बगैचा

टुडोर हाउस एक ऐतिहासिक भवन, म्यूजियम र साउदम्पटनमा भएको पर्यटक आर्कषणको केन्द्र रहेछ । यस भवन सन् १९१२ देखि म्यूजियम पनि राखिएको रहेछ । साउदम्पटनको पुरानो शहरको वगल स्ट्रिटमा रहेको सेन्ट माइकल स्क्वायरको ठीक अगाडि यो भवन ठडिएको रहेछ । यस भवन र यहाँको वरीपरी सन् ११८० तिर नोरमानहरुको वस्ती रहेछ । यस भवनलाई राजा जोनको दरवार भनिएतापनि राजा जोन त्यो घरमा गएर वसेको कुनै प्रमाण भने रहेनछ । १४ आंै शताब्दिमा जोन ब्हाइटगोड नामका साउदम्पटनका एक ब्यपारी जो पछि त्यहाको मेयर पनि भएका थिए उनी त्यस घरमा वसेका रहेछन । सन १३३८ मा फ्रेन्चहरुले साउदम्पटन माथि आक्रमण गर्दा यस घरलाई सुरक्षा दिन भनी घरको चारैतिर पर्खाल वनाइएको रहेछ । प्राचीनकालको नोरमानहरुको मौलिक र उत्कृष्ट वास्तुशैलीको नमुना भएको यो घर यसको शैलीको कारण पुरै बेलायत र विश्व भरीनै चिनिदो रहेछ । 

पछि सन १५१८ तिर सन जोन डट्रि भन्ने ठूलो जमिन्दारले यस घरको मुख्य भागलाई तन्काउने र फैलाउने कार्य गरेका रहेछन् ।  यसको लागि उन्लाई राजा हेनरी आठौले ठूलै धनराशी दिएका रहेछन् । उन्ले यो पैशाबाट मेरी रोज नामक जहाजी वेडा संचालनमा पनि खर्च गरेका रहेछन । पछि सन् १४८० र १५५० को समय वीच यहा शाही प्रधान न्यायाधीस सर लिचार्ड लिस्टर पनि वसेका रहेछन् ।

१६ औं शताब्दिमा यो घर कपडा उत्पादक तथा कपडा रंगाउने ब्यवशायीहरुले प्रयोग गरेका रहेछन त्यसपछि पानी जहाज चलाउनेहरुले पनि यो घर प्रयोग गरेका रहेछन भन्ने कुरा घरको भित्तामा गरिएको पानी जहाज, सामूद्रिक जनावरहरुको पेन्टिंगले बताउदो रहेछ । यही प्रारंभिक मध्यकालीन पेन्टिगकै कारण पनी यो घर विश्व प्रशिध्द हुन पुगेको कारण यी पेन्टींगहरुको राम्रो संरक्षण हुन पुगेको रहेछ । पछि १८औं शताब्दिमा यो घर जर्ज रोजर भन्ने एक कालाकारले खरिद गरेका रहेछन र उन्ले यस घरको संरचनामा परिवर्तन गरी यस घरमा जर्जियन मोहोडा थप गरेका रहेछन् र त्यही वेला उन्ले ओक वृक्षको काठले वनेको अगाडिका मोहडाका भित्तासंग रहेको ठाडो दलिनलाई रंगरोगन पनि गरेका रहेछन् । पछि १९औं शताब्दिमा गएर विभिन्न व्यवसायीहरुले यस घरलाई लिजमा (दिर्घकालीन भाडा) लिइ यहा भित्र कपडा रंगाउने, पुस्तकहरु वाइण्ड गर्ने कार्य गर्दा रहेछज् ।

स्थिति विग्रदै जादा १९औ शताब्दिको अन्तमा पुग्दा यस घर वरिपरीको क्षेत्र साउदम्पटन शहरको फोहर फाल्ने स्थल पनि वनेको रहेछ र यो घरलाई भत्काउने मनस्थितीमा सरकार र जनता पुगीसकेका रहेछन । तर सन १८८६ मा विलियम स्प्रांगर नामक स्थानीय समाजसेवीले यस घरको विश्वब्यापी महत्वलाई वुझेर १२ वर्ष लगाइ यस घरको जिणोध्दार गरेका रहेछन । त्यस क्रममा उन्ले घर भित्र ठूलो हल, ग्यालरी, भित्ता फोडेर थुप्रै ढोकाहरु वनाउन लगाएका रहेछन । तत्पश्चात यो घर सदाको लागि म्यूजियममा परिणत भएको रहेछ ।

दोश्रो युद्ध ताका शत्रुको वम आक्रमणबाट वच्न यस घरको छिडीलाई आश्रयस्थल वनाइएको रहेछ र वम आक्रमणबाट धेरै ठूलो क्षति नपुगेको रहेछ । यसको घरको बगैचा १६औ शताब्दिमा नै वनाइएको रहेछ जस्को डिजाइन डा. सिल्भिया लाण्ड्स्वर्गले गरेकी रहिछन् । यस बंगैचामा टुडोर कालिन विरुवा, वनस्पती र जडिवुटीहरु लगाइएका रहेछन ।