आरुण्डेलको दरवार अवलोकन गरे पछि हामी प्राग ऐतिहासिक महत्वको स्थल स्टोन हेन्ज अवलोकन गर्ने उद्देश्य राखी त्यतातिर हानियौं ।
स्टोन हेन्ज
स्टोन हेन्ज बेलायतको विल्टसायरमा रहेको प्रागऐतिहासिक महत्वको वस्तु रहेछ । इंगलैण्डको आमेसवरीबाट २ किलोमिटर पश्चिममा रहेको स्टोनहेन्ज भनिने यस ठाउमा प्राकृतिक चट्टानहरु गोलाकार रुपमा धरातलमा उभिएको पाइन्छ । चार मिटर अग्ला दुइ मिटर चौडा र २५ टन तौल भएका यी चट्टानहरु निओलिथिक युग याने दश हजार इशापूर्वको रहेको र उत्खनन गर्दा धेरै मानव अस्थिपंजर भेटिएको कारण यो चिहानस्थल पनि रहेको प्रमाणित भएको छ ।
पुरातत्वविदको विश्वास अनुसार ३ हजार देखि २ हजार इशापूर्वमानै यी ढुंगाहरु उभिएको अवस्थामा थिए । रेडियो कार्वन डेटिंग जस्तो आधुनिक प्रविधिबाट जाच्दा यी चट्टानहरु २४०० देखि २२०० इशापूर्वमा नै ठडिएको मानिन्छ । जे होस आम मानिसको धारणा अनुसार पनि स्टोन हेन्ज ३००० इशापूर्व देखिनै रहदै आएको मानिदो रहेछ । स्टोन हेन्जलाई बेलायतको अतुलनीय सास्कृतिक निधीको रुपमा लिइदो रहेछ ।
सन् १८८२ देखिनै यसको संरक्षण गर्न कानून वनाइ कार्यान्वयन गरिएको रहेछ । सन १९८६ मा यो यूनेस्कोको विश्व सम्पदामा सूचीकृत भएको रहेछ । बेलायत सरकारले एक राष्ट्रिय गुठी वनाइ यसको संरक्षण र ब्यवस्थपन गर्दै आएको रहेछ । पुरानो अंग्रेजी शब्दार्थबाट बुझ्ने हो भने स्टोन भनेको ढुंगा र हेन्ज भनेको झुण्डिरहेको अवस्थालाइ जनाउने हुंदा यसैबाट यस ठाउको नाम स्टोनहेन्ज रहन गएको रहेछ ।
स्टोन हेन्जमा भएको उत्खननले त्यहा चिहानमात्रै नभै अन्य निर्माण पनि भएको र त्यो १५०० देखि ६५०० वर्ष सम्म कायम रहेको बताएको आधारमा यस क्षेत्र हिमनदी प्रभावित क्षेत्र भएको र त्यसैलै विशाल चट्टानहरु त्यस ठाउँसम्म ल्याएको मानिदो रहेछ अन्यथा २५ टन तौल भएका त्यस्ता चट्टानलाई त्यस ठाउँमा ल्याई मिलाएर राख्न दशौ हजार मानिसको वलले पनि नभ्याउने हुंदा कसरी त्यो गोलाकार संरचना वन्न पुग्यो भन्ने कुराको अहिलेसम्म पूर्ण वैज्ञानिक पुष्टी हुन सकेको छैन । यही कारण संसारभरीका मानिसहरुले यसलाई कुनै प्राकृतिक वा दैविक शक्तिले पो वनाएको हो कि भन्ने ठान्दै यस ठाउको भ्रमण गर्न जादा रहेछन ।
पुरातत्वविदहरुले के पनि भनेका रहेछन भने यस ठाउमा ८००० इशापूर्व अघि घना सल्लाको वन रहेको र त्यहा त्यतिवेलाका मानिसहरुले चिहान खनी लाश गाडने गर्दा रहेछन । अनि विस्तारै जंगल फाडदै ठूला ठूला चट्टानहरुलाई एक ठाउमा लगि थुपार्दे कृषि योग्य जमिन वनाउदै वस्ती शुरु गरेको पनि उनीहरु बताउँछन् ।
बंकिगघम विश्वविद्यालयको अनुसन्धान विभागले त्यहा १० औ हजार वर्ष अघि मानव वस्ति वसिसकेको बताएको रहेछ । जेहोस यो स्टोन हेन्ज मानिसले वनाएको हो कि आइरिस हिमनदिले वनाएको भन्ने कुरा अहिलेसम्म एकिन नभएकै कारण संसारभरीका पर्यटकहरुको जिज्ञासा केन्द्र वन्न पुगेको रहेछ ।
यस स्टोन हेन्जको विचको घोडाको टाप आकारको ५ वटा ट्रीलथनबाट खासगरी मध्य ग्रिष्मकालको सुर्योदय र मध्य शिशिरकालको सुर्यास्त हेर्न ठुलो भिड लाग्ने गर्दो रहेछ । पछिल्ला दिनहरुमा अतिनै गरुंगो ढुंगाहरु पनि बोकेर ल्याउन मिल्ने प्रविधिको विकाश संगै नजिकैको ढुंगा खानीबाट ठूला टूला चट्टान ल्याई थप्ने कार्य पनि गरिएको रहेछ । यहा जाने पर्यटकहरु कतिले त त्यहा पुगेर ध्यान गर्दा मात्रै शरिरका सबै रोग निको हुन्छ भन्दै स्टोन हेन्ज लाई ज्भबष्लिन ःभअअब पनि भन्दा रहेछन् ।
स्टोनहेन्ज किन र कसरी बन्यो र यो ठाउँको ज्योतिष महत्व के छ भन्ने विषयमा ठुलो विवाद भएको कारण भूगर्भशास्त्रि, खगोलविद र पुरातत्वविदहरु केही नया कुरा पत्ता लागिहाल्छ कि भनेर अझै निरन्तर रुपमा यस ठाउको अध्ययन र अनुसन्धानमा लागिरहेको बताइदो रहेछ । हामी आरुण्डेलबाट स्टोनहेन्ज पुग्दा दिउसोको एक वजेको थियो । दुइ घन्टा सम्म हामी त्यहाँ वसी तत्पश्चात् नजिकै रहेको बेलायतको अर्को शहर सेलेसवरी तर्फ लाग्यौ ।
0 comment