श्री निर्गुणानन्द स्वामी अर्थात् पिता महाराज रणबहादुर शाहको निर्वाहको लागि भएको आर्थिक व्यवस्थाबारे भएको लिखतअनुरुप नेपालका श्री ५ महाराजाधिराजबाट कम्पनी सरकारका महामहिम तथा सम्माननीय गभर्नर जनरलसमक्ष निम्न सम्झौतामा सहमति बक्सेको छ ।

स्वामीजीलाई वार्षिक रुपमा बुझाउने बयासरी हजार पटना सिक्का बराबरको रुपैयाँमध्ये बहत्तर हजार नगदमा नै भुक्तानी गरिनेछ र बाँकी दश हजार रुपैयाँ वापत दिइने हात्तीहरुमध्ये आधा मत्ता र आधा ढोई गरेर दिइनेछ । हात्तीको भाउ कायम गर्दा प्रत्येक एक सय पच्चीस रुपैयाँ तोकिनेछ । १८५८ को (अगस्त) महिनादेखि स्वामीजीले निर्वाह तथा अन्य घरायसी खर्चका लागि प्राप्त गरिबक्सने उक्त रुपैयाँका लागि मौसूफलाई विजापुर प्रगन्ना अन्तर्गतको विर्ता, गुठी र अन्य विशेषीकृत जमिन बाहेकका जमिन निम्न शर्तहरुमा तोकिएको छ ।

स्वामीजीबाट बनारस या कम्पनी सरकारको मातहतको जमिनमा राजगरिबक्सेमा र विजापुरको मौसुफका लागि छुट्याइएको जमिन नेपाल सरकारका कर्मचारीहरुकै जिम्मामा भूमिकर संकलन गर्ने काम सुम्पिबक्सेमा बहत्तर हजार रुपैयाँ नगदमा र दश हजार रुपैयाँ बराबरको हात्ती तोकिएको किस्ता अनुसार वर्षेनी विनाविलम्ब नियमित रुपमा आवश्यक खर्च बर्चका लागि मौसूफमा चढाइनेछ । यसबाट वर्तमान महाराजाधिराजको पक्षमा मौसफूबाट स्वामी महाराजबाट राजगघी परित्याग गरिबक्सँदा ताम्रपत्रमा घोषणा बक्से अनुसार भगवद् भक्तिमा लीन रहन मौसूफलाई सघाउ पुग्नेछ । मौसुफबाट आफ्नै जागीरस्वरुप प्राप्त गरिबक्सेको जमिनमा नै राज हुन र आफ्नै मातहतका व्यक्तिहरुबाट भूमिकर संकलन गर्न सकिबक्सन्छ तर मौसुफबाट नेपाल सरकार विरुद्धको विद्रोही गतिविधिमा संलग्न र नेपालको शान्ति, व्यवस्था र अमनचयनका विरोधीहरुलाई भने आफ्नो निजी सेवामा राख्न सकिबक्सने छैन । 

स्वामीमहाराजबाट सय जनाभन्दा बढी पुरुष र महिला सेवकसेविकाहरु तथा कुनै पनि किसिमका सैनिक या समान प्रकृतिका सशस्त्र व्यक्तिहरुलाई पनि आफ्नो निजी प्रयोगका लागि राख्न सकिबक्सने छैन । विजापुरको उक्त प्रगन्ना भूमिकर उठाउन र मौसफको निजी सुरक्षाका लागि आवश्यक भएमा स्वामी महाराजबाट नेपलाका सरकारी सेनाका दुई सय जवान सैनिकहरुलाई राख्न सकिबक्सनेछ र त्यसको आर्थिक दायित्व श्री ५ महाराजाधिराजबाट नै व्यहोरिबक्सनेछ । स्वामी महाराजबाट बोलेर या लेखेर सामान्य नेपाली नागरिकहरुमा उत्तेजना र विद्रोह भड्काउने, नेपालबाट भागेर गएका विद्रोही व्यक्तिहरुलाई शरण दिने र नेपाली नागरिकहरु विरुद्ध हिंसा र लुटपाट मचउने कार्य हर हालतमा हुने नागरिकहरु विरद्ध हिंसा र लुटपाट मच्चाउने कार्य हर हालतमा हुने छैन । यदि मौसुफमाथि निषेध गरिएको क्रियाकलापहरुमा सलग्न होइबक्सेकोमा सम्झौताकारी दुवै पक्षलाई चित्त बुझ्ने कारण र प्रमाण प्राप्त भएमा स्वामीजीलाई कम्पनी सरकारबाट प्राप्त हुने सहयोग र संरक्षण जारी रहेन छैन र श्री ५ महाराजाधिराजबाट पनि मौसुफलाई(स्वामिजीलाई) प्रदान गरिएको जमिन जफत गर्न सकिबक्सनेछ ।

श्री ५ महाराजाधिराजबाट यस विषयमा पनि सहमति व्यक्त गरिबक्सेको छ कि यदि स्वामी महाराज कम्पनी सरकारअन्र्तगतकै भूभागमा राज भएर नेपाल सरकारका अधिकृतहरुलाई नै विजापुर प्रगन्नाको भूमिकर उठाउन मौसुफबाट तोकिबक्सेको अवस्थामा माथि उल्लेखित शर्तअनुरुप मौसूफलाई नियमित किस्तामा रकम नबुझाइएमा अथवा मौसूफ आफ्नै निम्ति तोकिएको जागिरको जमिनमा राज होइबक्सेको अवस्थामा नेपाल अधिराज्यका प्रज्ञा या उक्त प्रगन्नाको रैतीहरुले स्वामी महाराजलाई कुनै दुःख पिराउ दिए गरेमा गर्भनर जनरल या इष्ट इन्डिया कम्पनीलाई नेपाल सरकारँग त्यस्ता क्रियाकलापविरुद्ध क्षतिपूर्तिको माग गर्ने हक रहनेछ । नेपालका श्री ५ महाराजाधिराजबाट यो शर्तको पालना गराउने जिम्मेवारी गभर्नर जनरलले स्वीकार गरेका छन् । गभर्नर जनरलले पनि माथि उल्लेखित सर्तहरुप्रतिको आफ्नो वचनवद्धतालाई पुष्टि गर्न औपचारिक लिखित श्री ५ समक्ष पठाउनु हुनेछ ।

श्री ५ महाराजाधिराज समक्ष गभर्नर जनरलको तर्फबाट पठाएको त्यस्तो लिखित प्राप्त भएपछि अविलम्व माथि उल्लेख गरिएका दायित्वहरुको पलना गरिबक्सनेछ । स्वामीजीका निजी सहायकहरुको उचित व्यवस्थापन अन्तर्गत भूमिकर संकलन गर्दा त्यसमा हुने वृद्धि र हेलचेक्र्याइँद्वारा सो काम गर्दा हुने हानिमा नेपालका श्री ५ महाराजाधिराजको कुनै जिम्मेवारी रहने छैन । विजापुरको प्रगन्ना स्वामीजीका निजी सहायकहरुलाई हस्तान्तरण गर्दा त्यस्तो वार्षिक भूमिकर बहत्तरहजारभन्दा बढी भएमा नेपाल सरकारबाट त्यसको शोधभर्ना हुने र बढी भएमा सो बढी भएको रकममा पनि स्वामीजीकै हक कायम रहनेमा श्री ५ महाराजाधिराजको स्वीकृति रहेको छ ।