(मिति फेब्रुअरी १९, १९०८) 

मेरा सम्माननीय मित्र,

पत्र समापत गर्नुपूर्व मेरा मित्र मेजर जे म्यानर्स स्मिथले हालसालै मलाई दिएको जानकारी अनुसार महामहिमबाट प्रसन्नतापूर्वक नेपाल सरकारलाई २५०० मार्टिन हेनरी राइफलको थप उपहार अनुग्रहस्वरुप प्रदान गर्ने हुनुभएकोमा महामहिमप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । प्रदान गर्ने हुनुभएकोमा महामहिमप्रति म हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । महामहिमले उदारतापूर्वक गर्नुभएको यस उपहारको लागि म अत्यन्त श्रद्धाभावयुक्त भई तपाईप्रति अनुगृहित छु र म मेरो यो भावनलाई पूर्ण रुपमा अभिव्यक्त पनि गर्न क्दिन । यसलाई मैले भारत सरकारसँगको उत्तरोत्तर सुदृढ हुँदै गइरहेको मेरो निष्ठायुक्र मित्रता र भक्तिभावको प्रतीकको रुपमा लिइएको छु। हाम्रा लागि यस कारण नि यो अत्यन्त मूल्यवान् र उदार सहयोग हुन गएको छ कि हाम्रा कम गुण र सतरका स्थानीय उत्पादनको बदलामा यो आपूर्तिले हाम्रो सैन्य अभ्यासका लागि साह्रै आवश्यक राम्रा युद्धास्तहरुको खाँचो टार्ने छ । यस किसिमको राइफलको लागि अनुरोध गर्नु पछाडि मेरो एउटै लक्ष्य यहाँको सैन्यक्तिका दक्षता र क्षमतामा ठोस रुपले वृद्धि गर्नु नै थियो । यसो भन्नु अतिशयोक्तिपूर्ण नहोला कि हामी हाम्रा सैनिकहरुलाई व्रिटिश सरकारका शत्रुहरुविरुद्ध कुनै पनि क्षण मोर्चा सम्हाल्न तम्तयार भएर रहुन् भन्ने चाहन्छौँ ।

महामहिमको यस सहयोगबाट हाम्रा सैनिकहरुलाई त्यस्तो प्रशिक्षण दिन सम्भव भएको छ जसबाट उनीहरु आफ्नो ज्यूँज्यानको माया मारेर पनि भारतका आफ्ना भाइबन्धुहरुको तर्फबाट व्रिटिशसहितका लागि मरन् मिटुन् र आफ्नो जातीय गौरवको रक्षा गरिरहुन् । म निश्यपूर्वक यो अपेक्षा गर्छु कि महामहिले आफ्नै नजरासामु मेरा साथमा हाम्रो सेनाले कायम राख्ने उच्च सैनिक दक्षताको उपयोगिता देख्नुहुनेछ र भोलिका कुनै दिनहरुमा उपरोक्त उद्देश्य प्राप्तिका लागि महामहिमको उचित र कृपापूर्ण सम्मतिद्वारा म थप राइफलको लागि निवेदन गर्न सक्नेछु । म महामहिम समक्ष तपाइको कार्यकालमा नेपालप्रति देखाउनुभएको यो र यस्ता अन्य सद्भावहरुका लागि आप्नो विनम्र र कृतज्ञतापूर्ण धन्यावाद ज्ञापन गर्दछु ।

महामहिमको विश्वस्त मित्र,
चन्द्र शमशेर