श्री दुर्गा सहायः १

स्वस्ति श्रीमन् महाराजाधिराजकस्य रुक्का..

आगे रामदास पंथ नारायण अज्र्याल इच्छानन्द वराकोटि दसरथ वानिञां दल्याथापा रामचन्द्र वस्न्यात् रामचन्द्र राना प्रभूति सिंधुनालदुम पुर्व दूधकोसी पश्चिम महाभारतका डांडादेषि उत्तर लिस्ति र भोटको सांध देषि दषिन यति भित्रको जग्गा जिमि तप्सिल माफिक जाच्न तिमिहरु लाइ भार लाञ्यूं षातिज्यर्मासित जाचका सवला बमोजिम गर्‍याका काज थामि वक्सौंला–

तप्सील

प्रजाका किपट राजाले दियाका तावापत्र र तावापत्र र तारपत्र भोजपत्र मोहर जाचनु जाँचदा पक्का ठहरिया सलामि ली थामि दिनु – १
औल मुरि २० के रुपैया ४, दोयम मुरि २० के रुपैञा ३, सिम् मुरि २० के रुपैञा २, जसमा पत्र छैन सिकिया प्रजाके मिझार्‍याके मुरी ४० वेठ वेगार डोको वोको गन्र्या कुन्र्या कुरियाके मुरी ३० थामी छुट्याइ दिनु गाउँको सेवा विर्ताको मोहर गराइ दिनु मोहरको सलामी वीसको आठ आना दर्लै दर्सन भेट लिनु बढता झिकि लिनु–२ औलिया प्रजाके मिझार्‍याका मुरि ६० वेठ वेगार डोको वोको गन्र्या कुरियाके मुरि ४० थामि छुट्याइ दिनु गाउको सेवा विर्ताको मोहोर गराइ दिनु मोहोरको सलामी वीसको आठ आनाका दर्ले दर्सन भेट लीनु बढता भिकि लिुन– ३

हाम्रा मोहोर भया माँहाकाजका जोरले कच्चा पक्का न बुझी कट्टै भयाको भया आज जाची बुझी गर्नु– ४

नेपाल्या राजाले मयावि दियामा घड्यारी वारी चाहिदो पाषा थामि दिनु बढता पाषा र षेत भिकि लिनु–५

मोहरियाा छाप जोग्य अजोग्य पर्‍याको हुर्नु मोहोरमा नलेषियााको षेत झिकि लिनु–६

इति सम्वत् १८४८ साल मिति श्रावण सुदि २ रोज २ शुभम्–