वाथको रोयल क्रेसेन्ट र त्यहाँ भित्र रहेको प्राकृतिक तातोपानीको पोखरी हेरिसकेपछि हामी पश्चिम दक्षिण तर्फ लाग्यौ र आरुण्डेलको दरवार हेर्न तर्फ लाग्यौ । 

आरुण्डेलको दरवार

यो इंगलैण्डको वेष्ट ससेक्समा रहेको मध्यकालीन दरवार रहेछ । यो दरवारको निर्माण सन १०६७ क्रिसमसको दिनमा रोजर डे मोन्टगोमेरीले शुरु गर्न लगाएका रहेछन् । विजेता विलियम महानले आरुण्डेलको जिम्मा आफ्ना भतिजा रोजरलाई आफ्नो अनुपस्थितिमा इंगलैण्डमा शान्ती कायम गर्न सकेकोमा पुरस्कार स्वरुप दिएका रहेछन् र यसैको कारण उन्ले दरवारको निर्माण कार्य अगाडि वढाएका रहेछन् । यस दरवारमा भएका किल्ला जस्तो देखिने क्तयलभ क्जभिि विलियम आफैले दरवारको सुरक्षाको लागि बनाउन लगाएका रहेछन ।  ११औ शताब्दिमा यो दरवारलाई ड््युक अफ नोरफल्कको परिवारले ४०० वर्षसम्म आफनो सम्पत्ती वनाएका रहेछन । त्यस समयमा यो दरवार इंगलैण्डको ुकु वर्गको दरवारमा पर्दोरहेछ । रोजरको मृत्युपछि राजा हेनरी प्रथमले यस दरवारलाई आफनो सम्पत्ती वनाइ आफनी दोश्री महारानी आडेलिजालाई दिएका रहेछन् । पछि यो दरवारको जिम्मा आउविग्नी परिवारले लिएपछि यस दरवार भित्रको संरचनालाई परिवर्तन गरी सामन्तहरुको शौखी जिवन ब्यतित गर्न मिल्ने वनाइएको रहेछ । 

सन् ११३९ मा वेलायतकी महारानी माटिल्दालाई यस दरवारमा केही समय बस्नको लागि आमन्त्रण गरिएको रहेछ । उनको वसाइलाई आनन्दमय बनाउनको लागि दरवार भित्रै छुट्टै शयन कक्ष सिंगारिएको रहेछ । सन् ११७६ मा विलियम डे आउविग्नी मृत्यु पछि राजा हेनरी द्धितियले पुन यस दरवारलाइ आफ्नो जिम्मामा लिएछन् र थुप्रै पैशा खर्चगरी सिगार्ने काम गरेका रहेछन् । पछि हेनरी द्धितियको मृत्यु पश्चात् पुन यो दरवार आउविग्नी परिवारकै जिम्मामा आएको रहेछ । यस परिवारका अन्तिम पुरुष ह्युगको मृत्यु पछि उन्की वहिनी इशावेलले जोनफिच्ज्लानसंग विवाह गरेपछि यो दरवार सन् १५८० सम्म फिच्ज्लान परिवारको सम्पत्ती वन्न पुगेको रहेछ । यही परिवारका एक जना ब्यक्तिले आफ्नो मृत्युपश्चात दरवार भित्र कलात्मक गजुर (शापेल) वनाउन लगाएका रहेछन । 

सन् १८४६ मा महारानी भिक्टोरिया र उनका पति राजकुमार अल्वर्ट यस दरवारमा आइ तिन दिन वसेका रहेछन त्यस्को लागि १३ औ ड्युक अफ नरफल्कले ठूलै धनराशी खर्च गरी यस दरवारलाई सिंगारेर पुरै नया जस्तै बनाएका रहेछन भने महारानीको शयनकक्ष ठूलो मेहनतका साथ वनाउन लगाएका रहेछन् । यही मौकामा यस दरवार भित्र भिक्टोरिया कालिन महंगा फर्निचरहरु पनि भित्रिएका रहेछन् । 

सन् १९७५मा १६औ ड्यूकको मृत्यु पछि यस दरवारको जिम्मा राष्ट्रिय कोष खडा गरी त्यसलाई दिने भनिएता पनि सो कार्य सम्पन्न हुन नसक्दा दरवार ड्यूककै सम्पत्तीको रुपमा रहेको पछि यसलाई सार्वजनिक दर्शनिय स्थलको रुपमा विकाश गरी देश विदेशका पर्यटकहरुको लागि खुला गरिएको रहेछ ।