लण्डन टावर, दरवार र किल्ला हेरिसक्दा दिनको एक मात्र वजेको कारण सोही दिनमानै बकिंगघम दरवार, दरवार संगैको वगैंचा  र भिक्टोरिया मेमोरियल हेर्ने उध्देश्यले हामी त्यतातिर लाग्यौ ।

बकिगंघम दरवार 

बकिंगघम दरवार लण्डन स्थित वेष्ट मिन्ष्टिरमा रहेको बेलायतको राजदरवार रहेछ । राष्ट्रिय महोत्सव तथा शोक दुवै अवस्थामा बेलायती जनताको आस्थाको केन्द्रविन्दुको रुपमा यस दरवारलाई लिइदो रहेछ । यो दरवार मौलिकरुपमा ड्यूक अफ बकिंगघमको लागि भनेर सन १७०३ मा बनाइएको रहेछ र बनाएको १५० वर्षसम्म यो निजी सम्पत्तीको रुपमा रहेको रहेछ । राजा जर्ज तेश्रोको पालामा सन १७६१ मा उन्ले रानी सारलोटको लागि भनेर यो दरवार खरिद गरेका रहेछन् तत्पश्चात यसलाई रानीको दरवार भनिदो रहेछ ।

सन १८३७ मा भिक्टोरिया बेलायतकी महारानी भएपछि मात्रै यो लण्डन स्थित वेलायती रानीको निवाश वन्न पुगेको रहेछ । तत्पश्चात यस दरवारको अगाडि एक वार्दली वनाइएको रहेछ जस्को उध्देश्य आम बेलायती जनतालाई राजा वा रानीले वार्दलीमा आएर जनतालाई दर्शन दिने रहेछ । यस दरवारको गजुर भएको स्थान दोश्रो विश्व युध्द ताका जर्मन फौजले खसालेको बमको कारण ध्वस्त भएको कारण त्यस ठाउमा रानीको ग्यालेरी वनाइएको रहेछ र दरवारले गरेको संग्रह प्रदर्शनमा राखिएको रहेछ ।

रानी भिक्टोरियाको राजकुमार अल्वर्टसंग सन १८४० मा विवाह भएपछि उनीहरुले परिवारको संख्या वढदै गएको कारण दरवार आफनो लागि निकै साघुरो भएको महसुस गरी दरवारको केन्द्रीय भाग, पूर्विभाग विस्तार गर्न लगाएका रहेछन र नाच्ने कोठा (वालरुम) त्यतिखेरै वनाउन लगाइएको रहेछ जस्को शाही भोज र शुसोभन समारोहमा ब्यापक रुपमा गरिने रहेछ । रानीका पति राजकुमारको मृत्युसंगै रानी दिक्दार वनी रानीले आफुलाई सार्वजनिक भेटघाटबाट टाढा राख्न चाहेको कारण उनी यो दरवार छोडि विन्डसर, वालमोरल दरवार ओसवर्न गृहमा वस्न थालिछन् ।

यस दरवार भित्र शयन कक्ष, स्नानकक्ष र हलको अतिरिक्त सिनेमाहल, पौडी खेल्ने पोखरी, स्वास्थ्य उपचार कक्ष र जवाहरातका गहना वनाउने कारखाना पनि छन भन्ने हामीले थाहा पायौ  । ग्रिष्म ऋतुमा एक पटक वाहेब भित्र जान निषेध गरिएको हुदा बेलायतका आम जनता र पर्यटकहरुले वाहिरबाटै यस दरवारलाई हेरेर चित्त बुझाउनु पर्ने रहेछ । यस दरवारको ग्यालेरी विश्वविश्यात चित्रकार रेम्व्राण्टका कलाकृतिले सजिएको र राजशिंहासन पनि त्यही दरवार भित्र रहेको हामीले थाहा पायौ । यसै दरवारमा रानी भिक्टोरियाले फ्रेञ्च वादशाह नेपोलियन तेश्रोलाई स्वागत गरेको पनि हामीलाई थाहा लाग्यौ ।

वंकिगघम दरवारको वगैचा

बकिंगघम दरवारलाई आधा घण्टा वसी अगाडि, पछाडि र वरिपरिबाट अवलोकन गरेपछि दरवारको पछाडि पश्चिम पट्टि रहेको शाही उद्यान गार्डेन हेर्न तर्फ हामी लाग्यौ । यस बगैंचा राजा जर्ज चौथौंको लागि भनेर विलियम टाउनसेण्डले यस बंगैचाको डिजाइन गरेका रहेछन । यस बगैंचालाई लण्डन, बेलायत र विश्वकै उत्कृष्ट निजी वंगैचाको रुपमा लिइदो रहेछ । यस बंगैचामा भने सर्वसाधारण र पर्यटकहरुलाई पनि प्रवेश दिइदो रहेछ । हरेक ग्रिष्ममा यस वगैचामा दरवारकै आयोजनामा महोत्सव हुने जस्मा बेलायतीकी रानीले पनि सहभागिता जनाउने गर्दछिन भन्ने थाहा लाग्यो । १७ हेक्टर क्षेत्रफलमा यो वगैंचा फैलिएको रहेछ । यहा विभिन्न किसिमका वहुमूल्य वोट विरुवा लगाइएका रहेछन । यी बोट विरुवा हेर्नको लागि भनेर साढे दुइ माइलको ग्राभल गोरेटो वनाइएको रहेछ ।  

धेरैजसो रुखहरु राजा जेम्स प्रथमको पालाका पुराना विभिन्न जातका किम्वुहरुका रहेछन् । यसै वगैचाको उत्तर तर्फ रोकोको डिजाइनमा वनेको र जिवि क्रिपियानीले पेन्ट गरेको एउटा गोल्ड स्टेट कोच भन्ने एक महल रहेछ जस्मा १७६२ मा राजा जर्ज तेश्रोले बेलायतको संसदको अधिवेशन वोलाएका रहेछन् र उनी पछिका हरेक बेलायती राजाको राज्याभिषेक यही महलमा गरिदो रहेछ । पश्चिम तर्फ प्रख्यात हाइड पार्क, दक्षिण पश्चिम तर्फ दरवारको तवेला (म्यूज), रानीको ग्यालेरी र दक्षिणपूर्व तर्फ बकिंगघम दरवार पर्दो रहेछ । हामी वगैचामा पुग्दा हासको एक वथानसंग हाम्रो जम्का भेट भयो तिनीहरु भर्खरै नजिकैको तालमा पौडेर फर्केका रहेछन । बगैचालाई चारैतिरबाट हेर्न हामीलाई दुइ घण्टा जति लाग्यो त्यसपछि हामी भिक्टोरिया मेमोरियल हेर्न तर्फ लाग्यौं ।

भिक्टोरिया मेमोरियल

यो रानी भिक्टोरियाको संझनामा वनाइएको स्मारक रहेछ । यसको मूर्तिकार थोमस ब्रोक रहेछन, १९०१ म यसको डिजाइन तयार भएको रहेछ र त्यस्को १० वर्ष पछि मूर्ति वनाउने कार्य सम्पन्न भएता पनि स्मारकको पूर्ण निर्माण भने सन १९२४ पछि मात्रै सम्पन्न भएको रहेछ । यही स्मारकको ठीक पछाडि बकिंगघम दरवार भएको कारणले पनि यस स्मारक क्षेत्रलाई लण्डन महत्त्वाकांक्षी शहरी योजनाको केन्द्रविन्दु मानिदो रहेछ ।

विश्वको अति महंगो र दुर्लभ मानिने पेन्टेलिक सिंहमरमरबाट वनेको यस स्मारकमा रहेका मूर्तिहरु ढलोट र वहुमूल्य लासा सिंहमरमरले वनेका रहेछन् । रानी भिक्टोरियाको मृत्युपश्चात राजा एडवर्ड सातौंले संसदीय समितिलाई महारानीको स्मारक वनाउन पर्यो भनेर निर्देशन गरे बमोजिम लण्डनको मेयरले यस स्मारक वनाइ छाडने भनी सार्वजनिक घोषणा गरेका रहेछन् । पछि मार्च १९०१ मा यो स्मारक बकिंगघम दरवारकै अगाडि २ लाख ५० हजार पाउण्डको लागतमा वनाउने निर्णय भएको रहेछ र यसको लागि तत्कालिन बेलायती उपनिवेष अष्ट्रेलियाबाट २५ हजार पाउण्ड, न्यूजिलैण्डबाट १५ हजार पाउण्ड र बेलायत भित्रैबाट १५४ हजार पाउण्ड जम्मा गरी यस स्मारक वनाउने कार्य गरिएको रहेछ ।

यस स्मारकको उद्घाटन १६ मे १९११ मा राजा जर्ज पाचौंले गरेका रहेछन जस्मा उनैको काकाकबा छोरा जर्मन सम्राट विलियम दोश्रोले भाग लिएका रहेछन् । यस स्मारकक्षेत्रमा महारानी भिक्टोरियाको २५ मटिर अग्लो मूर्तिको अतिरिक्त बेलायतले आफु सामुद्रिक युध्द शक्तिमा विश्व विख्यात भनेर चिनाउन मानिसको रुपका सामुद्रिक प्राणीको शरिर भएका  जिवहरुको मूर्ति पनि राखिएको रहेछ ।