फोन्टेन ब्लोको दरवार र वगैचा हेदौ हेर्दे अपरान्हको ४ बजिसकेको थियो । अब हाम्रो ध्यान भनेको क्याम्पीङ्ग साइट पत्ता लगाई त्यहा पुगी बेलुकीको खानाको जोह गर्ने र मोटरमा नै रात बिताउने कुरामा केन्द्रित थियो । फोन्टेन ब्लो हेरी सकेर हामी त्यसक्रममा राजमार्ग पहिल्याई उत्तर तिर हानियौ । करिव दुइ घन्टाको हकाइ पछि क्याम्पिग साइट पुगी हामी आफुलाई ब्यवस्थित गर्यौं । भोली पल्ट विहान हल्का खाना खाई हामी आफ्नो गन्तब्य तिर हानियौ । त्यस दिनको हाम्रो लक्ष्य भनेको विश्व विख्यात भर्साइको दरवार र त्यहाँको बगैचा हेर्नु थियो । करिव ११ वजे तिर हामी भर्साइको दरवार आइपुग्यौ अनि त्यहाँको दरवार बगैचा अवलोकन गर्न तर्फ लाग्यौं । 

भर्साइको दरवार र वगैंचा

यो दरवार पहिले फ्रान्सको सम्राटको दरवार रहेछ तर वर्तमानमा भने खुला म्युजियम र विश्व पर्यटकको आर्कषणको केन्द्र विन्दु रहेछ । ११औं शताब्दिमा जुनवेला यो दरवारको निर्माण भयो त्यतिखेर भर्साइ एक सानो गाउँ रहेछ । पेरिसको बहिरी इलाकाबाट २० किलोमिटरको दुरीमा रहेको यो दरवार र यस्को बगैंचा सन् १६८२ देखि राजनीतिक शक्ति केन्द्रस्थल पनि भएको रहेछ । सम्राट लुइ १४ औं ले राजदरवारलाई पेरिशबाट यहाँ सारेका रहेछन् । त्यसकारण भर्साइको दरवार फ्रेन्च सम्राटहरुको निरंकूशतन्त्रको प्रतिक मानिदो रहेछ ।

त्यसैले होला सन् १७८९ को फ्रान्सको राज्यक्रान्तीको बेला सम्राटहरुलाई यहाँबाट पुन पेरिस फर्कन बाध्य पारिएको रहेछ । यस दरवार र वगैचालाई हेदा फ्रेन्च सम्राटहरुले आफ्नो विलाशिताको लागि कति धन र समय खर्च गर्दा रहेछन भन्ने प्रष्ट हुन्छ । त्यतिमात्रै होइन यो विलाशिताको संस्कार यही भर्साइबाट पुरै यूरोप भरी फैलिएको हो भनिदो रहेछ । लुइ १४ औं ले आफ्नो राज्यकालमा यस दरवारलाई विस्तार गर्ने भनेर निर्माण कार्य अघि वढाएका रहेछन जुन सन १७१० सम्म पुग्दा पनि सम्पन्न भएको रहेनछ ।

दरवार र बगैचालाई विस्तार गर्ने जिम्मा विश्व विख्यात आर्किटेक्ट लुइस ले फाओ, फ्रास्वां दोर्वे लगायत चाल्र्स ले व्रुन आदिले पाएका रहेछन् । ढुंगा र इटाले बनेको यो दरवार र यसको बगैचामा ठूला ठूला ऐना लगायत केही कुरा पनि विदेशी प्रयोग भएको रहेनछ । यो दरवार र बगैचा विश्वकै लागि एक सो केश हुनु पर्दछ भन्ने मान्यता राखी सम्राटको आफनो खर्च, फ्रेन्च उपनिवेष क्यानडामा जम्मा गरिएका पैशा र फ्रान्समा उठाइएको राजश्वले वनेको भनिएता पनि यसको कूल खर्च वारे अझैपनि कसैले भन्न नसकेको कुरा पर्यटकहरुलाई बताइदो रहेछ ।

यस दरवार भित्र रहेका चाँदीका फर्निचरको मूल्यमात्रै पनि एकिन गर्ने गाह्रो हुन्छ भन्दा रहेछन । दरवार र वगैचाको लागत खर्च भन्दापनि ठूलो खर्च शुद्ध रेशम प्रयोग गरी बनाइएका साज सज्जा र सजावटको लागि गरिएको रहेछ । सन् १७३८ मा आएर सम्राट लुइ १५ औं ले आफनो लागि भनेर दरवार भित्रै उत्तर तर्फ सानो सयनकक्ष बनाउन लगाएका रहेछन जसको डिजाइन विश्वविख्यात आर्किटेक्ट ज्याक्स गाव्रियलले गरेका रहेछन । पछि लुइ १६ औं ले अष्ट्रियाकी राजकुमारी मेरी आन्टोनीसंग विवाह गरी उन्लाई महारानी वनाए पछि दरवार भित्रका सजावटमा ब्यापक परिवर्तन गरिएको रहेछ र उनको लागि विशेष शयनकक्ष बनाइएको रहेछ ।

फ्रेन्च क्रान्ती पछि राजसंस्थाको पतनसंगै केहि वर्ष भर्साइको दरवार र वगैंचा ओझेलमा पर्नपुगी साधारण मर्मत र सम्भार पनि नभएको र महंगा महंगा फर्निचरहरु विक्रि हुन पुगेका रहेछन् । तर पछि नेपोलियन र लुइ नेपोलियन आफ्नो शासनकालमा वृहतरुपमा यस दरवारको जिणोध्दार गर्न लगाएका रहेछन् । सन् १८३३ मा शुरु भई १८३७ मा सम्पन्न जिर्णोद्धार पश्चात यस दरवारले म्यूजियमको स्वरुप ग्रहण गरेको रहेछ जस्मा युध्द ग्यालेरी नामक वृहत हल वनाई युद्धकालिन विश्व विख्यात पेन्टिङ्ग र अन्य युद्धसंग सम्वन्धित बस्तुहरु सजाइएको रहेछ ।

दोश्रो विश्व युद्ध पछि भएका जिणोद्धार कार्यहरुले दरवार भित्रका पानीका फोहराहरुलाई प्राथमिकता दिए तापनि दरवार भित्र भएर वग्ने नहर कानाल देल्यूरो पर्याप्त पानीको अभाव जिणोद्धार सम्पन्न हुन नसकेको रहेछ । पछि पाचौं गणतन्त्रकालमा भएका जिणोद्धार कार्यको कारण दरवार र बगैचाले आफ्नो पुरानो रुप संरक्षण गर्न  सफल भएको रहेछ । विश्व सम्पदा सूचीमा रहेको यस दरवार हरेक वर्ष ५० लाख पर्यटकले अवलोकन गर्ने र  बगैचा अवलोकन गर्दै हिडने पर्यटकको वार्षिक संख्या ८० लाख देखि १ करोड सम्म पुग्ने रहेछ ।

 यसै दरवारमा सन् १८७१ को भर्साइको सन्धी सम्पन्न भई यहीबाटै जर्मन साम्राज्यको घोषणा भएको रहेछ । त्यसै गरी यसै दरवारमा सन् १७८३ मा सम्पन्न भएको पेरिश शान्ती सम्झौता अनुरुप संयुक्त अधिराज्य बेलायतको उपनिवेषबाट संयुक्त अधिराज्य अमेरिका स्वतन्त्र भएको रहेछ । यस दरवार भित्र रहेको नहेरी नहुने कुरामा सम्राटको शयन कक्ष, साम्राज्ञीको सयन कक्ष, विशाल ऐनाको ग्यालेरी, शाही नाचघर (ओपेरा), दरवारको गजुरामा रहेको कलाकारिता र युद्ध स्मरण गर्ने ग्यालेरीहरु पर्दछन् । बगैचामा भने हेर्न लायकका कुराहरुमा पानीका फोहराहरु, सुन्तला बगैचा (ओरान्जेरी) आदि पर्दा रहेछन् । 

अवको जनक्रान्ती ः राष्ट्रघात विरुद्ध 

नेपाली जनताको प्रतिनिधिको प्रचण्ड वहुमतले संविधानसभाले वनाएको संविधान पूर्णरुपमा कार्यान्वयनमा आएको छ । यस संविधानसंग विमति राख्नेहरुले संसदमा दुइ तिहाइ पुराई यसको संसोधन गर्न सक्ने ब्यवस्था भएको हुंदा अव विवाद गर्ने दिन गएको छ । अवको कार्य भनेको राष्ट्रघातीहरुलाई गिंडदै पर्यावरण मैत्री आर्थिक समृद्धि हासिल गर्नु हो । तसर्थ अव हुने क्रान्ती राजनीतिक हुनेवाला छैन वल्की राष्ट्रघात विरुद्ध लक्षित हुने छ । 

२००७ सालमा राणाशाही विरुद्ध भनिएको क्रान्तीको सबैभन्दा ठूलो फाइदा भारत, राजा अनि कांग्रेसहरुले उठाए । यसले भारतसंग विशेष सम्वन्ध स्थापित गर्यो जसको नाममा राजाको प्रमुख सल्लाहकार भारतीय रहने र नेपाल सरकारको क्याविनेटको बैठकमा भारतीय राजदुत रहने ब्यवस्था भयो । 

२०१७ सालमा कू गरेर राजा महेन्द्रले पंचायत ब्यवस्था लागु गरे । त्यसवेला दुबै छिमेकी भारत र चीन युद्धमा होमिएका थिए । राजा महेन्द्रको कदमको विरोध गर्दा चिनिया सेना नेपाल हुंदै भारत पस्ला भन्ने डरले पंचायत ब्यवस्थालाई भारतले मान्यो । राजा महेन्द्रले त्यही  मौकामा कोदारी राजमार्ग खोली चिनसँग प्रत्यक्ष यातायातको सम्बन्ध जोडेपछि त हो न हो राजा महेन्द्र साच्चैको राष्ट्रवादी रहेछन भन्ने पर्यो । तर पंचायतलाई स्थायीत्व दिन दीर्धकालीनरुपमै भारतसंग सम्वन्ध राम्रो हुनुपर्ने बुझेर होला उनले सन् १९६५ मा सरदार यदुनाथ खनाललाई सुटुक्क भारत पठाइ भारतसंग राष्ट्रघाती सैनिक सम्झौता गरेका रहेछन् जसनुरुप नेपालले हातहतियार, सैनिक पोशाक टोपी, पेटी जुत्ता सबै चिज भारतबाट मात्रै किन्नपर्ने ब्यवस्था भई नेपालको हैसियतलाई भुटानको हैसियतमा झारेका रहेछन् । यही कारण पंचायत ३० वर्ष टिकेको रहेछ । भनाइको मतलव राजा महेन्द्रको १७ सालको कदमबाट पनि ठूलो फाइदा भारतले नै उठाएको रहेछ ।

पाकिस्तानलाई विखण्डन गरी स्वतन्त्र वाग्लादेश वनाउन र सिक्किमलाई भारतमा विलय गराउन इन्दिरा गान्धी सफल भएपछि सन् १९६५ को गोप्य सैनिक सम्वन्ध वारे अनभिज्ञ युवराज वीरेन्द्र राजा भएपछि उन्ले अन्तराष्ट्रिय जगतमा भारतलाई एक्लाउने उद्देश्यले नेपालको शान्तीक्षेत्र प्रस्ताव अघि सारे जस्लाई भारत र सोभियत संघ वाहेक विश्वका ११६ राष्ट्रहरुले समर्थन गरेपछि राजा वीरेन्द्र भारतको आँखामा कसिंगर बन्न पुगे । जसको फलस्वरुप २०४६ मा भारतले नेपालमाथि आर्थिक नाकावन्दी लगायो ।

राजा वीरेन्द्र र उनका प्रधानमंत्री मरिचमान सिंहले त्यसको डटेर सामना गरेपछि भारत अत्तालियो र नेपालका प्रतिवन्धित राजनीतिक दलहरुलाई उचालेर उसले आन्दोलन गर्न लगायो । भारतका अगाडि घुडा नटेक्ने राजा वीरेन्द्रले शाही घोषणा गरी जनतालाई वहुदलिय ब्यवस्था दिए । यस परिवर्तनबाट पनि भारतले नै फाइदा उठायो । विश्वका ११६ राष्ट्रले मानेको शान्तीक्षेत्रको प्रस्ताव एकाएक गायव भयो भने आन्दोलन पछि प्रधानमंत्री बनेका कृष्ण प्रसाद भट्टराइले भारत गई नेपालका सबै नदिनालाहरु साझा हुन भन्दै त्यस्तो विज्ञप्तिमा हस्ताक्षर ठोकिदिए । 

२०४७ सालमा नेपालमा बहुदलीय ब्यवस्था कायम भई राजा संवैधानिक भएपछि भारतले नेपालमा रहेका १ करोड आप्रवाशी भारतीयहरुलाई  नेपाली नागरिकता दिन दवाव दिन थाल्यो । भारतका कठपुतली  कांग्रेस एमाले जस्ता दलहरुले तिनीहरुलाई नागरिकता दिने विधेएक पास गरी लालमोहर लगाउन राजा समक्ष पुराए तर राजा वीरेन्द्रले नेपाललाई फिजी बनाउनसक्ने त्यस्तो विधेएकमा लालमोहर नलगाई रायको लागि भन्दै सर्वोच्च अदालत पठाइ दिन थालेपछि भारत राजा वीरेन्द्रसँग झनै चिढियो । अनि उस्ले नेपालबाट राजसंस्थालाई सदाको लागि विदा दिने उद्देश्य राखी नेपालको माओवादी आन्दोलनलाई मलजल गर्न थाल्यो ।

आफ्नै देशको माओवादी आन्दोलन दवाउन नसक्ने भारतले नेपालका माओवादीको उत्थान गर्न लाग्नुको पछाडि स्वार्थ भनेकै नेपालबाट राजतन्त्र खतम गर्नु थियो । माओवादी आन्दोलन उत्कर्षमा पुगेकै अवस्थामा भारतले षड्यन्त्र गरी राजा वीरेन्द्रको वंश विनाश गरी नया भएका राजा ज्ञानेन्द्रलाई पनि नागरिकता विधेएकमा लालमोहर लगाउन दवाव दिन थाल्यो । तर दाजुले जस्तै ज्ञानेन्द्रले पनि नागरिकता विधेएकमा हस्ताक्षर गर्न नमानी बरु ठीक त्यसको विपरित नेपालमा भएको दलाइ लामाको कार्यालय वन्द गराउने र चीनलाई सार्कमा ल्याउनुपर्ने अडान राख्न थालेपछि भारतले माओवादी लगायत सबैदलहरुलाई दिल्ली बोलाइ १२ वुँदे सम्झौतामा हस्ताक्षर गर्न लगायो जसको फलस्वरुप नेपालमा राजतन्त्रको अन्त्य भयो र १२ वुँदेमा हस्ताक्षर गर्ने माओवादी, एमाले र नेपाली कांग्रेसले नागरिकता विधेएक पाश गरी १ करोड मध्य ६३ लाख भारतीयहरुलाई पहिलो चरणमा नागरिकता दिन भ्याए । यसप्रकार २०६३ को आन्दोलनबाट पनि सबैभन्दावढी भारतले फाइदा उठायो र यही कारण नेपाल अव फिजी हुने वा नेपालबाट तराइ विखण्डन हुने समस्याबाट गुज्रदै छ । 

नेपाली जनताले भने हरेक पटकको आन्दोलनमा सहभागिता जनाए तर हरेक आन्दोलनबाट एकलौटि    रुपमा भारतले फाइदा लिएपछि अव नेपाल भने राष्ट्र रहने कि नरहने भन्ने दोसांधमा आइपुगेको छ । तसर्थ अव नेपाललाई जोगाउने हो भने विगतका आन्दोलनको विपरित शुद्ध राष्ट्रवादी आन्दोलनको खांचो छ जस्ले नेपाललाई विखण्डन गर्दै भारतमा लगेर विलय गराउने कुत्सित भारतीय इरादालाई भण्डाफोर गर्न र नेपालको स्वतन्त्रतालाई अक्षुण राख्न सकोस । तसर्थ अवको जनक्रान्ती भनेकै राष्ट्रघात विरुद्धको हो जस्को शतप्रतिसत फाइदा नेपाल राष्ट्र र नेपाली जनताले पाउन ।