केही वर्ष अघि भारतका प्रमुख सैनिक जनरल विपिन रावतले भारतले दुइ मोर्चामा एकैपटक युद्ध गर्न पर्ने दिन नजिकिदै आएको बताएका थिए । त्यो दुइ मोर्चामा एक पाकिस्तान र अर्को चीन विरुद्ध हुने उनले स्पष्टै गरे । यस कुरालाई पश्चिमी पृतनाका कमाण्डर सुरिन्दर सिंहले भने एकै पटक दुइ फ्रन्टमा लडने कुरा सहज नहुने भन्दै रावतको विचार त्यति परिपक्व नभएको वताए् । आफ्नो कुरालाई वल पुराउदै सैनिक जनरल रावतले पाकिस्तान खुलारुपमा भारतसंग लडन समर्थ नभएको कारण उसले कास्मिरीहरुलाई उठाएर प्रोक्सी युद्ध गरिरहेको र चीनले वारम्वार अलिअलि गर्दै भारतको सीमा मिचीरहेको भन्दै यसको दीर्घकालिन समाधान भनेको युद्ध नै हो भने । 

सन् १९६२ को युद्धमा भारतको शर्मनाक हार भएपछि भारतले चीनसंग वदला लिने उपयुक्त मौका खोजिरहेको छ । उता आफ्नो देशलाई विखण्डन गरी वाग्लादेश वनाउने भारतको विरुद्ध सफलरुपमा जाइलाग्न पाकिस्तानले पनि भारत विरुद्ध लडने उपयुक्त मौका खोजी नै रहेको छ । यस परिप्रेक्ष्यमा हुने भनेको अवको युद्ध भारत विरुद्धको क्षेत्रिय युद्ध हो जसमा चाहेर होस वा नचाहेर होस वाग्लादेश, नेपाल, श्रीलंका र माल्दिभ्स सम्म तानिने छन् । माल्दीभ्सको भारतसंगको शत्रुता अहिले चुलिएको अवस्थामा छ ।

सन् १९६२ को चीनसगको यद्ध हारेपछि त्यसबाट विग्रेको आफ्नो छवि सुधार्न तत्कालिन सोभियतसंघसंग २० वर्षे सैनिक सन्धी गरी त्यसको वलमा पाकिस्तानलाई टुक्राइ वाग्लादेश वनाउने र सिक्किमलाई आफुमा विलय गर्न भारत सफल भएको थियो । त्यस अवस्थामा भर्खरै भियतनाम यद्धमा अमेरिकालाई पछारेको चीनले त्यति ध्यान दिन सकेन ।  चीनले ध्यान नदिएकै कारण दक्षिण एसियाको दादा भनेको आफैमात्र हु भन्ने घमण्डले भारतलाई ग्रस्त वनाउदै ल्याएको छ ।

दार्जिलिंगमा भएको गोर्खालैण्डको आन्दोलनको निर्मम दमन, नेपालको सीमाको निरन्तर अतिक्रमण, टिष्टा कागडाको नेपाली भूमीको औपनिवेषीकरण, श्रीलंका अनि माल्दिभ्समा ठाडो हस्तक्षेप जस्ता कुराहरुले अव दक्षिण एसियाको मात्रै नभै संम्पूर्ण विश्वकै ध्यान खिच्न लागेको छ । यस्तो अवस्थामा माओको कट्टर चेला सि जिन पिंगको चीनमा स्थायीरुपबाट शक्तिशाली उदय हुनजानुले पनि अव भारत चीनद्धन्द्ध प्रत्यक्षरुपमा सतहमा आउने देखिन्छ । त्यस्को आभाष सि जिन पिंगले केहि वर्ष अघि माल्दिभ्सको सुरक्षार्थ हिन्द महासागरमा चिनिया जलयुद्धपोत पठाउनु, दोक्लाम चीनसंग भएको विवादमा भारत डराएर आफ्नो हात झिक्नुले पनि भारत अव शक्तिसंचय अन्तराष्ट्रिय रुपमा गर्नु पर्दछ भन्ने निश्कर्षमा पुगेको छ जस्को कारण हिजो सोभियतसंघको छहारी खोज्ने भारत अव अमेरिकाको छहारि खोज्न तर्फ लागेको छ भन्ने स्वतः वुझिन्छ ।

अमेरिकाको चीनसंग ब्यापारघाटा कहाली लाग्दो तरिकाले वढिरहेको अवस्थामा एकातिर चिन विरुद्ध जाइलाग्दा भारतलाई हतियार वेच्न पाइने र अर्को तर्फ युद्धमा चीनलाइ पराजित गर्न सके तिब्बत, ताइवान, मकाव र हंगकंगलाई मुख्यभूमी चीनबाट विखण्डन पनि गर्न पाइने अनि अन्तःत आफ्नो सुपरपावरको ताज कायमै रहने देखि अमेरिका मरिहत्ते गरेर भारतलाई उकास्न लागी परेको छ ।

सन् २०१४ मा भएको भारत अमेरिका परमाणिक सन्धी  र राष्ट्रपति ट्रम्पको पालामा उस्को प्रशासनले जारी गरेको नयाँ अमेरिकी सुरक्षा नीतिले पनि चीन विरुद्ध भारतलाई प्रयोग गर्ने कुत्सित अभिलाषा देखिन्छ । त्यसो भएमा अव हुने युद्ध भनेको क्षेत्रिय मात्रै नभै कतै विश्व युद्ध नै हुन त होइन भन्ने संभावना अगाडि आएको छ  । उत्तर कोरियाको सामरिक शक्तिलाई ठेगानमा ल्याउन अमेरिका जसरी जापान, ताइवान र दक्षिण कोरियालाई उचालीरहेको छ चीनलाई ठेगान लगाउन उस्को लागि भारत वाहेक अरु कुनै विकल्प छैन । त्यसैकारणले गर्दा पनि अव अमेरिका र पश्चिम यूरोपेली देशहरुलाइ आफनो पक्षमा पारी चीनसंग वदला लिने उपयुक्त अवशरको पर्खाइमा भारत रहेको छ  र जनरल रावतले गरेको दुइ फ्रन्टको युद्धको विगुल फुकाइ त्यसैको नतिजा हो भन्न सकिन्छ ।

यस कुराले भारत अव क्षेत्रिय युध्दको भुमरीमा पर्दै छ भन्ने स्पष्टै वुझिन्छ । यो विशाल नेपालको लागि शुभ संकेत हो । यसै मौकामा विशाल नेपाल मुक्तिसेनाले नेपाली भूमी अतिक्रमण गरि वसी राखेको भारतीय सेनालाई टिष्टा कांगडाको भूमीबाट लखेटनेछ । नेपाल वाग्लादेश वीचको सिलगुडि करिडर (चिकेन नेक) विशाल नेपाल मुक्तिसेनाको नियन्त्रणमा आउना साथ भारत विखण्डन भई उत्तर पूर्वी प्रदेशमामात्रै अरुणांचल, आसाम, मणिपुर, त्रिुपरा, मेघालय, मिजोरम र नागालैण्ड गरी ७ नयाँ स्वतन्त्र राष्ट्र वन्ने छन् ।