सुरेन्द्र ढकाल,

म्यूनिखको  मेरियन डोम अवलोकन गरेपछि  हामी सबै फेरी स्पायर फक्र्यौ । म आफ्नो स्नातकोत्तर अध्ययनको प्रि सेमेष्टरमा ब्यस्त हुन थाले ।  जर्मन होष्ट फेमेलीहरुसंगको सम्बन्ध निकै राम्रो हुँदै गएको थियो । यसै बीच मेरो होष्ट फादर भाल्टरलाई आफ्नो नातेदारको घर उत्तर जर्मनी तिर जानुपर्ने भयो । आफ्नै भ्यानमा जाने र उक्त भ्यानमा भान्सापनि भएकोले पकाएर खाने, सुत्ने अनि घुम्ने कुरा उनले मलाइ सुनाए ।

संयोगवस उक्त कार्यक्रम सप्ताहको अन्तमा परेको कारण शुक्रवार वेलुका गई सोमवार विहान फर्कदा क्लासपनि निवग्रने कारण मैले हिरामणीजीलाई पनि जाने अनुरोघ गरे वमोजिम उहाँपनि तयार हुनु भयो र हामी पनि भाल्टर संगै उत्तर जर्मनी तर्फ लाग्ने निधो ग¥यौ । त्यतिखेर मेरी आमा रमा र सानीमा रुमन काठमाण्डौ फर्किसकेका थिए । होष्ट फादर भाल्टर, मदर एडिट अनि हिरामणीजी र म गरी चारजना शुक्रवार ३ वजे तिरै लाग्यौ उत्तर जर्मनी तिर । यही क्रममा भाल्टरका नातेदार भेटेर स्पायर फर्कदा उहाले हामीलाई जर्मनीको विश्व विश्यात कोलोनको क्याथेड्रल (डोम) अवलोकन गर्ने मौका दिनु भयो ।

कोलोनको डोम

कोलोनको डोम खासमा रोमन क्याथोलिक सेन्ट पिटर क्याथड्रल चर्च हो । यहा कोलोनका आर्कविशप रहन्छन । गोथिक वास्तुशैलीमा निर्माण गरिएको यो डोम जर्मनीको ठूला चर्चहरु मध्ये एक हो । यस चर्चलाई सन १९९६ मा यूनेस्कोले विश्व सम्पदामा सूचीकृत गरेको थियो । एकै दिनमा २० हजार पर्यटकले अवलोकन गर्ने यो चर्च पश्चिम जर्मनीको तत्कालिक राजधानी वोन नजिकै रहेको छ । १५७ मिटर अग्लो जुम्ल्याहा चुच्चो शैलीको टावर भएका यो चर्चको निर्माण सन् १२४८ देखिनै शुरु भएको थियो ।

सन् १४७३ सम्म आइपुग्दा पनि यस डोमको निर्माण पुरा हुन नसकी रोकिन गएको थियो । पछि १९औ शताब्दीमा गएर निर्माण कार्य पुनः शुरु भइ सम्पन्न हुन पुग्यो र यो उत्तरी यूरोपकै सबैभन्दा ठूलो गोथिक वास्तुशैलीमा वनेको चर्च बन्न पुग्यो । यस डोमको टावरको अग्लाई संसारकै दोश्रो ठूलो र गजुरको गोलाई भने मध्यकालीन समयको सबैभन्दा फराकिलो मानिन्छ । यो डोमको निर्माण शुरु हुनु अघि यस ठाउँमा मेरकुरियस आगुस्टुसले वनाएको प्राचीन रोमन मन्दिर थियो भन्ने कथन रहेको छ पछि चारौ शताब्दिबाट कोलोनको पहिलो विसप माटेरनुसले वनाएको प्राचीन क्याथड्रल पनि यहीनै रहेको थियो जुन १२४८ को ठूलो आगलागीमा परी खरानी भएपछि हालको डोम वनाउन शुरु गरिएको रहेछ ।

सन् ११६४ मा कोलोनका आर्कविसप राइनाल्डले पवित्र रोमन सम्राट वारवारोसाले मिलान इटलीको सेन्ट एउस्टोर्जो चर्चबाट ल्याएको तीन राजाहरुले प्रयोग गरेका वस्तुहरु भेट्टाइ सजाउन भनेरनै यस डोमको निर्माणको शुरुवात गरेका रहेछन र यही वस्तुहरुको ठूलो धार्मिक महत्व भएको कारणनै पछि यो गएर यो डोम विश्वकै क्रिश्चियनहरुको वीच लोकप्रिय हुन पुगेको रहेछ । ६३२ वर्ष लगाइ निर्माण सम्पन्न भएको यो डोमकोे १४ अगष्ट १८८० मा राष्ट्रिय पर्वको रुपमा सम्राट विलियम प्रथमले औपचारिक रुपमा उदघाटन गरेका थिए ।

दोश्रो विश्वयुद्ध ताका यस डोमलाइ ध्वस्त गर्न भनेर जर्मनहरुका शत्रु एलाइड फोर्सले १४ वटा वम डोम रहेको क्षेत्रमा खसालेको थियो जस्कोकारण डोम नराम्ररी भग्नावशेषमा परिणत हुन गएको रहेछ । दोश्रो युद्धपश्चातनै यसको पुनःनिर्माण शुरुभै सन् १९५६ मा सम्पन्न भएतापनि पुनःनिर्माणको क्रममा कम गु्णस्तरीय इटा प्रयोग भएको कारण यसको मौलिक स्वरुप लोप भएको ठान्दै पछि गएर यी इटाहरु निकाली मौलिकता कायम गरिएको रहेछ ।

यस डोमका वरीपरी अग्ला अग्ला आधुनिक भवन निर्माण गर्न दिएको कारण सन २००६ सम्म यस डोमलाई खतरासूचीमा रहेको विश्वसम्पदा भनिएको रहेछ । तर जर्मन अधिकारीहरुले डोमको वरीपरीका घरहरुको उचाई नियन्त्रण गर्ने कार्य गरेका रहेछन । पछि सन २००७ मा गएर यस डोमका झ्यालहरुबाट साधारण शिशाहरु हटाइ कलापुर्ण रंगिन शिशा राख्ने कार्य गरिए पछि यस डोमको मौलिक सौन्दर्यता थप योगदान पुग्न गएको रहेछ । यो डोमका डिजाइन फ्रान्सको आमिएन्स रहेको चर्चको दुरुस्त छ भनिदो रहेछ ।