काठमाडौं - बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा माइक्रो बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।
झापाबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८४५९ नम्बरको हायस माइक्रो बस गएराति करिब २ बजे सडकबाट अन्दाजी २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक इलाम नगरपालिका ६ बस्ने ३७ वर्षीय लोक बहादुर सेन्चुरी, काभ्रेको भुम्लु –७ बस्ने २६ वर्षीया रिता आपागाई र उनका छोरा ९ वर्षीय रितिक घाइते भएका छन् ।
गाडीमा सवार चालकसहित तीन जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेर धुलिखेल अस्पताल ल्याइएको छ । अहिले उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।


0 comment