प्रभातराज पाण्डे,

अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा प्रणय दिवस मनाइन्छ प्रेम के हो ? नव यौवनावीच हुने आपसी आकर्षण, माया हामीले यस्तै बुझेका छौं हुन प्रेमको आयमिक अर्थ महत्व आमा छोरा, भाई बहिनी, आफन्त, नातागोताबीच पनि प्रेम हुन्छ तर, नवयौवनावीच खासगरी बिपरित-लिंगीमा हुने मानसिक आकर्षण समपर्णभावलाई प्रेम भनेर बुझिएको यस्तो प्रेममा त्याग हुन्छ नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ त्यसैले भनिन्छ, प्रेम अन्धो हुन्छ

प्रेम अन्धो हुन्छ भन्नुको अर्थ हो, सच्चा प्रेममा बाह्य व्यवधानहरु गौंण बन्छन् त्यहाँ जातले छेक्छ, भूगोलले रोक्छ धनले अड्चन ल्याउँछ, रुपले तगारो लगाउँछ तर, प्रेमको यो विन्दुसम्म आइपुग्नका लागि नव-यौवनाबीच आकर्षण हुनुपर्छ त्यही आकर्षणले तानेर उनीहरुलाई यस्तो मिलनविन्दुमा पुर्याउँछ, जहाँ उनीहरु आत्मिक रुपले जोडिन पुग्छन् भनिन्छ, प्रेम स्वत हुने कुरा हो तर, कुनै कुनै रुपमा प्रेम व्यक्त हुनुपर्छ प्रेम पोखिनुपर्छ प्रेम पग्लिनुपर्छ तब प्रेम हुन्छ एउटा अंग्रेजी भनाई , ‘वेल बिगन इज हाफ डन अर्थात कुनै कामको सुरुवात यदि राम्रो ढंगले हुन्छ भने, सम्झनुहोस् आधा बाजी जित्नुभयो प्रेमको सन्दर्भमा पनि यो लागु हुन्छ प्रेमको सुरुवात प्रस्तावबाट सुरु हुन्छ तर, प्रस्ताव राख्ने भन्दैमा सोझैआइ लभ युभन्न सुहाउँछ ? निश्चय पनि यो सुहाउने कुरा होइन कसैलाई प्रेम प्रस्ताव राख्नुअघि उनको मनोभावना बुझ्नुपर्छ यदि आफुले मन पराएको व्यक्ति आफुप्रति सकारात्मक भने प्रस्ताव राख्न सकिन्छ प्रेम प्रस्ताव भनेको प्रेम व्यक्त गर्ने हो यसका विभिन्न माध्याम हुन्छन् फूल दिएर हुनसक्छ, उपहार दिएर हुनसक्छ वा कुनै रमाइलो शैली अपनाएर हुनसक्छ

तर्क गर्नेहरुले भन्छन्, यो पश्चिमा संस्कृति हो आयतित संस्कृति हो तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको कुनै भूगोल हुँदैन प्रेमको कुनै सीमा हुँदैन प्रेम सर्वव्यापी हुन्छ संभवत यस्तै मान्यताले नेपालमा पनि प्रणय दिवस धुमधाम मनाइने गरिन्छ किन मनाइयो प्रणय दिवस ? यसको सूत्रपात कसरी भयो ? खासमा तेस्रो सताब्दीमा एक रोममा एक शासक थिए, जसको नाम क्लोडियस उनको मान्यता थियो, जब बिहे गरिन्छ पुरुषको शक्ति बुद्धि नष्ट हुन्छ त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए, ‘आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउनेछैन तर, सन्त भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन उनले फरमानको विरेध गरे सन्त भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए जागरुक गराए यहि क्रममा केहि अधिकारी सैनिकले बिवाह गरे

जब क्लोडियसलाई सन्त भ्यालेनटाइनले आफ्नो मान्यता विपरित प्रेम बिवाहका लागि अरुलाई प्रेरित गरे, भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश जारी भयो उनलाई कालकोठरीमा बन्दी बनाइयो आखिरमा सन्त भ्यालेनटाइनलाई फाँसी दिने भइयो फाँसीको आदेश सुनेर सन्त भ्यालेनटाइनले जेलरकी दृष्टिविहिन छोरीको नाममा एक प्रेम पत्र लेखे त्यसको मुनी लेखे, ‘फ्रम योर भ्यालेनटाइन यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए मृत्युअघि उनले जेलरलाई भने, ‘ मरेपछि मेरो आँखा तपाईकी आफ्नी दृष्टिबिहिन छोरीलाई दिनु राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए यहि दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरुले प्रणय दिवस मनाउन सुरु गरे सुरुवाती दिनमा विधिवत् रुपमा प्रणय दिवस मनाइन्थ्यो त्यसबेला प्रेमी-प्रेमिकाको हातले बनाइएको मुटु आकारको कार्ड आदनप्रदान गरिन्थ्यो त्यसमा आफ्नो भावना व्यक्त गरिएको हुन्थ्यो अहिले त्यस स्थानमा रेडिमेड कार्ड छाएको पश्चिमा देशमा क्रिसमसपछि सबैभन्दा एक आपसमा कार्ड आदनप्रदान गर्ने भनेकै प्रणय दिवस हो

प्रेम सप्ताह

पहिला एक दिन अर्थात फेब्रुअरी १४ लाई प्रणय दिवस भनिन्थ्यो अहिले साताव्यापी रुपमा यो पर्व मनाइन्छ यसको सुरुवात रोज डेबाट सुरु हुन्छ गुलाब दिने, त्यसपछि प्रस्ताव राख्ने, त्यसपछि चकलेट दिने, त्यसपछि टेडी दिने, त्यसपछि प्रमिस गर्ने, त्यसपछि हग गर्ने आखिरमा प्रणय दिवस मनाउने यो सिलसिला फेब्रुअरी बाट सुरु हुन्छ फेब्रुअरी लाई रोज डे, फेब्रुअरी लाई प्रपोज डे अन्य दिन एवं रितले मनाउने गरिन्छ

, प्रेम दिवस सुरु भइसकेको अतः फेबुअरी देखि १४ दिनसम्मको अवधीलाई प्रेम सप्ताहको रुपमा मनाइन्छ अर्थात यसरी बुझौं, फेबु्रअरी १४ को उत्कर्षमा पुग्नका लागि गरिनेवार्मअपसात दिनअघि नै सुरु हुन्छ अतः सुरुको दिनदेखि हरेक दिन कुनै कुनै दिवस मनाइन्छ

फेब्रुअरी : यो दिनलाई रोज डे भनिन्छ अर्थात उपहार स्वरुप गुलाबको फूल दिन दिने आफ्नो प्रेम भावना व्यक्त गर्ने माध्याम हो, गुलाब खासगरी रातो गाढा रंगको गुलाब उपहारमा दिइन्छ

फेब्रुअरी : प्रपोज डे अर्थात प्रेम प्रस्ताव राख्ने दिन आफुले मन पराएको व्यक्तिलाई प्रेमका लागि खुलेर प्रस्ताव राख्ने दिन हो यो

फेब्रुअरी : यसलाई चकलेट डेको रुपमा मनाइन्छ यस दिन आफ्ना प्रेमी-प्रेमिकालाई चकलेट दिएर सम्बन्धमा मिठास ल्याइन्छ

फेब्रुअरी १०: टेडी डे भनिन्छ डेटी टोयज दिएर प्रेमलाई थप गहिराइमा पुर्याउन सकिन्छ

फेब्रुअरी ११: यस दिनलाई प्रमिस डे भनिन्छ अर्थात बाचा गर्ने दिन एक अर्काको प्रेम पक्का हो भनेर वाचा गर्ने मेसो हो यो

फेब्रुअरी १२: अब पालो आयो चुम्बनको प्रेम व्यक्त गरेको पाँच दिनपछि एकआपसमा चुम्बन गर्न सकिन्छ यसले सच्चा प्रेमको संकेत गर्छ

फेब्रुअरी १३: यस दिनलाई हग डे भनिन्छ अंकमाल गर्ने दिन आफ्ना प्रेमिका वा प्रेमीलाई अंकमाल गरेर प्रेमलाई थप कसिलो बनाउने दिन हो यो

फेब्रुअरी १४: यो प्रेम उत्कर्षमा पुग्ने दिन हो यसलाई प्रणय दिवस अर्थात प्रणय दिवस भनिन्छ प्रेम गर्नेहरुका लागि सबैभन्दा ठूलो उत्सव यस दिन कुनै पनि गिफ्ट दिएर प्रेम सम्बन्धलाई अझ उचाईमा पुर्याउन सकिन्छ