सानुबाबु सिलवाल,
अमेरिकाको बिभिन्न राज्य भित्रै वा एउटै राज्य भित्रका बिभिन्न शहर, काउण्टि वा सिटि वा एउटै शहर वा काउन्टि भित्रै पनि बसाइ सराइ, मुभ आउट, स्थानान्तरण जे भनेपनि बसिरहेको ठाउ परिबर्तन गर्ने बित्तिकै अर्को महत्वपुर्ण कुरा नबिर्सनु। त्यो के होला? थुप्रै नेपालि दाजु भाइ दिदिबहिनिहरुले बसाइ सरेपछि के के कुराहरुमा ध्यान दिनुपर्छ? के के कुराहरु परिबर्तन गर्न जरुरि छ? सोधिरहनु भएको छ।
सबैलाइ काम लागोस, दुख हन्डर र क्षति एबम अन्य नोक्सानि नब्यहरुन भन्ने हेतुले एपार्टमेन्ट वा बसेको घर वा ट्रेलर पार्क वा मोबाइल होम वा जुनसुकै तबरको बसाइबाट अर्को बसाइ वा अर्को ठाउमा सरेपछि थुप्रै कुराहरु पनि परिबर्तन गर्नुपर्ने हुन्छ। के के मुख्य कुराहरु परिबर्तन वा सम्बन्धित निकायलाइ जानकारि दिनु पर्ला त्यसको बारेमा बुँदागत रुपमा यहा उल्लेख गरिदिएको छु। बिश्वास छ सबैले यसबाट फाइदा र जानकारि हासिल गर्नेछन।
के के हुन त ति जान्नै पर्ने कुराहरु? के के हुन ति परिबर्तन गर्नुपर्ने कुराहरु ?
१) पोष्ट हुलाक कार्यालयमा गै नया ठेगाना परिबर्तन गर्न लगाउनु। यसको लागि फर्म भर्नुपर्ने हुन्छ। ताकि सरिसकेपछि पुरानो ठेगानामा आउने कुनै पनि चिट्ठीपत्र कागजात मेलहरु नया ठेगानामा फर्डवार्ड हुनेछन।
२) तपाइ ग्रिन कार्ड वा एसाइलम वा कुनै टेम्पोररि वा लिमिटेड प्रिभिलेज सहितको कानुनि कागजात अन्तर्गत हुनुहुन्छ भने ठाउ सरेको तुरुन्तै केहि दिनभित्रै एक हप्ता वा १० दिन भित्रै यु एस सि आइ एस होमल्यान्ड सेक्युरिटिमा ठेगाना परिबर्तनको फर्म भरि तुरुन्तै मेल वा अनलाइन मार्फत नया ठेगाना अपडेट गरिहाल्नु।
३) ठाउ सर्नु पुर्ब वा सर्ने बित्तिकै आफ्ना नाममा रहेको युटिलिटि बत्ति, बिजुलि, पानिको सेवा बन्द गरिहाल्नु।
४) राज्य वा सिटि भित्रै ठाउ सर्दा सर्भिस स्थानान्तरण वा ट्रान्सफर गर्न पनि सक्नुहुन्छ यहि त्यहि सेवामा रहन चाहेमा तर राज्य र टाढा सर्दा भने भएको बत्ति बिजुलि, पानि, केबल, फोहोरमैला, इन्टरनेट सबै आफ्नो नाममा भए बन्द गराइ, कस्टुमर सर्भिसमा फोन गरि बन्द गराउनु नत्र उनिहरुले निरन्तर चार्ज गरिरहन सक्छन।
५) अटोमेटिक ड्राफ्ट अर्न्तरगत नियमित भुक्तानि भए बैङ्कमा फोन गरि वा अनलाइन मार्फत ड्राफ्ट रोक्नु। आफुले सेट अप गरेको पेमेन्ट भए आफैले अनलाइन मार्फत बन्द गर्न सकिनेछ तर सेवाप्रादायक कम्पनि मार्फत अटो बैङ्क ड्राफ्ट भए कम्पनि वा बैङ्कले मात्र उक्त ड्राफ्ट रोक्न सक्छन। त्यसका लागि बैङ्कमा फोन गर्नु।
६) क्रेडीट कार्ड मार्फत भुक्तानि भए क्रेडिट कार्डमा सम्पर्क गरि रोक्न लगाउनु।
७) सेल फोन अर्थात मोबाइल फोन भए अमेरिकाको जुन जुन भुमिमा सरे पनि त्यहि सर्भिस वा कम्पनि प्रयोगमा ल्याउन सकिन्छ। यसका लागि चिन्ता लिनु परेन तर उक्त फोन कम्पनिमा फोन गरि बिलिङ्ग ठेगाना चाहि तुरुन्त परिबर्तन गर्न लगाउनु।
८) आफ्नो बैङ्क खाता र क्रेडीट कार्ड कम्पनिहरुलाइ आफ्नो नया ठेगाना अपडेट गर्न लगाउनु।
९) स्वास्थ्य बिमा वा सोसियल सर्भिस बेनेफिट राज्य अन्तर्गत फरक हुने हुदा मार्केट प्लेस भए मार्केट प्लेस वा अन्य कम्पनि मार्फत भए तिनैसङ्ग र सोसियल सर्भिस मेडिकेड भए सरेको राज्यमै गै त्यहि सम्पर्क गर्नु। तर, एउटै राज्यभित्र भएमा चिन्ता लिनु परेन यस मामलामा।
१०) गाडी हुनेले सोहि गाडी अर्को राज्यमा लैजान पाउनेछन तर जुन राज्यमा सरेको हो त्यहि राज्यको डिएमभि कार्यालयमा गै सम्पर्क राख्नु। गाडि बिमा, गाडीको ट्याग र ड्राइभर लाइसेन्स परिबर्तनका लागि सरेकै राज्यको नियम मुताबिक गर्नु।
११) गाडि ड्राइभिङ्ग बाटै नया ठाउबाट लैजान नसकिए क्यारियर ट्रान्सपोर्टेसन वा कुरिएर वा मुभर मार्फत सार्न सकिन्छ।
१२) अन्य सरसामानको हकमा भने मुभर मार्फत चाहिने सामान सार्न सकिने वा कुनै युहल वा रेन्टिङ्ग ट्रक मार्फत आफैले लोड गरि स्थानान्तरण गर्न सकिन्छ पनि।
१३) घर पेड अफ भए घर बिक्रि गर्ने वा राख्न सकिन्छ। भाडा लिन, ऊठाउन कुनै समस्या भएन किनभने उक्त राज्यको आम्दानि वा खर्च कर दाखिलामा देखाउनु पर्ने हुन्छ नै।
१४) एपार्टमेन्ट भए सर्नु पुर्ब लिज सकिएको नसकिएको, सकिएको भए लिज कम्पनि वा प्रपर्टि साहुलाइ जानकारि दिएर साचो ताल्चा बुझाएर वा देखाएर मात्र सर्नु।
१५) लिज नसकिएको भए ३० दिन वा ६० दिन वा ९० दिन हेरि हेरि थप महिना वा तिन महिना वा कुनै ६ महिनासम्मको मासिक भाडाको दरमा जरिवाना वा अतिरिक्त रकम तिरि जानकारि दिएर, साचो ताल्चा बुझाएर सबै क्लियर गराएर मात्र सर्नु नत्र भोलि ल्यान्डलर्ड वा लिलिङ्ग कम्पनिले समस्या पार्न सकिनेछ।
१६) पुर्बबत ठेगाना, एपार्टमेन्ट वा घरमा रहदा कुनै फाइनान्सियल लायाबिलिटि, तिरनतारन भए चुक्ता गरेर मात्र हिड्नु। नत्र भोलि जहा जहा सरे पनि कलेक्सन प्रसेर चल्ने, क्रेडीट ब्युरोमा रिपोर्टिङ्ग हुने र क्रेडीटमा धक्का लाग्ने हुन्छ।
१७) एपार्टमेन्ट वा त्यहि ठेगाना वा प्रपर्टिसङ्ग सम्बन्धित कुनै बस्तु, सामान वा चिज बोकेर नहिड्नु कथमकदाचित नियतबस वा बिना नियतले बोकेर हिडेमा क्रिमिनल चार्ज लाग्न सक्छ।
१८) नया ठेगाना अनलाइनमा राख्ने वा जथाभावि शेयर गर्दा फ्रड भिक्टिमको शिकार हुनसक्छ त्यसैले आफ्ना प्राइभेसि पुराना ठेगाना नछोड्नु।
१९) पुरानि ठेगाना वा ठाउमा रहदाको काम वा ज्याला वा कुनै आर्थिक हिसाबकिताब, आय आम्दानि डब्लु टु र १०९९ कहि कतै सरे पनि कर दाखिलामा उल्लेख गर्न सकिन्छ र गर्नु पर्छ।
२०) गतसालको कर दाखिला पुरानो राज्यबाट नया राज्यमा सर्दा नया राज्यबाटै ट्याक्स फाइलिङ्ग गर्न सकिन्छ।
२१) बच्चाहरुको बेनेफिट र बच्चाहरुको स्कुल नया राज्यकै जुन ठाउमा सरेको हो त्यहि राज्य अन्तर्गत र सोहि मुताबिक नै गर्नुपर्ने र हुनेहुन्छ।
२२) बच्चाहरुको स्कुल स्थानान्तरणका लागि फाइनल स्कुल अबधि नै कुर्न जरुरि छैन। जुनसुकै समयमा पनि स्कुल स्थानान्तरण गर्न सकिनेछ।
२३) आइडि ड्राइभर लाइसेन्स (पासपोर्ट अमेरिकन नागरिकका हकमा), जुन राज्यमा सरेको हो त्यहि राज्यबाटै नया ठेगानाबाटै लिनु पर्ने तर सोसियल सेक्युरिटी कार्ड र नम्बर भने परिबर्तन गर्नु पर्दैन।
२४) जिवन बिमा, रिटायर्डमेन्ट बेनेफिटको हकमा राज्य परिबर्तनले खासै फरक पार्दैन।
२५) सरकारि निकाय, ल इनफोर्समेन्ट, कानुनि निकाय वा कुनै पनि अड्डा अदालत र कार्यालयमा ठेगाना लुकाउनु र ढाट्नै हुदैन। यस्तो गल्ति कहिल्लै नगर्नु।
तर, एसाइलम फाइल गरेको, एप्रुभ भै नसकेको, केस अझै पेन्डिङ्ग रहेको हकमा भने केसलाइ अन्य राज्यमा सारि ठाउ स्थानान्तरण गर्न सकिन्छ तर केस त्यहि राज्यबाटै निकासा खोजेको भए त्यहि राज्यकै ठेगाना नै कायम राख्नु।
यस महत्वपुर्ण जानकारि सबैका लागि उपयोगि हुने हुदा आफ्ना भाइसाथि, वरिपरिका र आफन्तहरु सबैलाइ शेयर गर्न नभुल्नु होला। बाकि थप जानकारि चाहिए म त छैदै छु तपाइहरुका लागि।



0 comment