प्रभातराज पाण्डे,

अधिकांश नेपालीको घरआँगन माघ अर्थात् माघे सङ्क्रान्तिको स्वागत गर्न तत्पर कतिलाई यसको मेसोलेझ्याप्पैछोएको सङ्क्रान्ति बाह्रै महिनाको आउँछ तर माघे सङ्क्रान्तिको महिमा भने भिन्न विशेषखालको मूलतः कण्दमुल खाने पर्व हो माघे सङ्क्रान्ति मकर सङ्क्रान्ति, तरुल खाने दिन अर्थात् माघी पुसको कठ्याग्रिँदो जाडो, छोटा दिन छोटो महिना पुस मसान्तको राति तरुल पकाउने माघे सङ्क्रान्तिका दिन खाइने भएकाले यस पर्वलाईपुसमा पकाउने, माघमा खानेभन्ने चलनै कतिपय ठाउँमा स्थानीय लबजमा यसलाईपुषको पाके माघमा जाकेसमेत भन्ने गरिन्छ यसको अर्थ पुसमा पकाएको परिकार माघमा जाक्नु अर्थात् खानु भन्ने हुन्छ जे भएता पनि माघे सङ्क्रान्ति यस्तो पर्व हो, यसले सबै समुदायलाई छुन्छ, ठाउँ विशेषसँगै समुदायअनुसार फरकफरक शैलीमा मनाउने प्रचलन

माघे सङ्क्रान्तिबाट सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्छ जसको प्रभावले दिन लम्बिँदै रात छोटिँदै जान्छ खगोलीय शास्त्रलाई आधार मान्दा उत्तरायणको अवधिले दिन लम्बिँदै जाँदा तापक्रमको तापमान पनि उकालो लाग्छ माघे सङ्क्रान्तिपछि गर्मी मौसमको प्रारम्भ हुने भएकाले दुई सङ्क्रान्तिको संयोग जुराएर भन्ने गरिन्छ, ‘बाँचौला भनेर साउने सङ्क्रान्ति बाँचियो भनेर माघे सङ्क्रान्ति माइन्छ माघे सङ्क्रान्तिको जुन ढंगको परम्परागत महत्व , त्यसै हिसाबले वैज्ञानिकता पनि माघे सङ्क्रान्ति पर्वमा परापूर्वकालदेखि चल्दै आएको संस्कारले बढी जीवन्त तुल्याउँछ स्नान गरेपछि सरसफाइ हुने चिसो कटाउन पोषिला खानपिनले स्वास्थ्य जीवन रहने मान्यता बढी वैज्ञानिक देखिन्छ जसका लागि वन तरुलसँगै विभिन्न तरुल उपयोगी मानिन्छ

माघे सङ्क्रान्तिको महिमाबारे ज्योतिष शास्त्रले भन्छसौरमासको हिसाबले माघे सङ्क्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाईमकर संक्रान्तिभनिएको हो सूर्यले बाह्रै राशिलाई प्रभावित पार्छ तर दुई सङ्सक्रान्तिको विशेष महत्व राख्दछ सूर्यको कर्कट राशिमा प्रभाव रहँदासाउने संक्रान्ति सूर्यको मकर राशिमा प्रभाव रहँदामाघे संक्रान्ति महाभारतका पात्रमध्ये भीष्मले माघे सङ्क्रान्तिकै दिन मृत्यु रोजेका थिए भगिरथले पनि यसैदिन गंगालाई पृथ्वीमा अवतरण गराइ महासागरमा मिलाएको कथन यी किमदन्तीलाई आधार मानेर माघे सङ्क्रान्तिका दिन प्रयाग गंगासागर गएर गरिएको स्नानलाई महास्नानका रूपमा पुकारिन्छ

भविष्य पुराण, विष्णुवचन धर्मसिन्धुजस्ता ग्रन्थमा माघे सङ्क्रान्तिको धेरै महिमा उल्लेख गरिएको बिहान स्नान गर्ने दिउँसो घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र पहिरिने जोगी सन्यासीहरूलाई सिदा दान गर्दा भाग्य वृद्धि हुने भनि ती ग्रन्थमा उल्लेख यद्यपि स्नान गरी उल्लेखित पोषिला पदार्थहरू सेवन गरेपछि निरोगी भइन्छ भन्ने मान्यता त्यससँगै सखरखन्ड, सख्खर, चिउरा, घिउसँगै उपत्यकामा चाकुको बढी महत्व हुन्छ महाभारतको कथा नसुन्ने कमै भेटिन्छन् महाभारतका पात्रमध्ये भीष्मले माघे सङ्क्रान्तिकै दिन मृत्यु रोजेका थिए भगिरथले पनि यसैदिन गंगालाई पृथ्वीमा अवतरण गराइ महासागरमा मिलाएको कथन यी किमदन्तीलाई आधार मानेर माघे सङ्क्रान्तिका दिन प्रयाग गंगासागर गएर गरिएकोस्नानलाई महास्नानका रूपमापुकारिन्छ। इलाम सदरमुकामबाट तीन किलोमिटर पूर्व, जहाँ माई जोगमाई खोलाको दोभान दोभानमा लाग्ने उक्त मेलामा हजारौं भक्तजनको घुँइचो हुन्छ मेलामा स्नानसँगै धाननाच, चण्डीनाच, बालन, संगिनी, मारूनी नाचजस्ता परम्परागत नृत्य गरिन्छ किराती सभ्यतामा माघे सङ्क्रान्तिलाईकक्फेक्वा तङ्नामभनिन्छ। लिम्बू भाषामा चाँपलाई कक्फुङभनिने भएकोले यो चाँप फुल्ने माघ महिनालाईकक्फेक्वाभनिन्छ भन्ने भनाइ तङ्नामको अर्थ चाड अर्थात पर्व हो

प्रकृतिपुजक समुदायले आदिमकालदेखि नै यो तङ्नाम मनाउँदै आएको बताउँछन् इलामकै माई, देउमाई मेवा (कन्काई नदीका शाखा मुहानहरू) खोलाका संगमस्थल खत्रक्पाफुलुङ्गीमा वर्षेनी माघे सङ्क्रान्ति मेला लाग्ने गर्छ खत्रक्पाफुलुङ्गी क्षेत्रलाई लिम्बू समुदायको धार्मिकस्थलको रूपमा पनि लिइन्छ त्यहाँ रहेको गुफालाई महागुरु फाल्गुनन्द लिङ्देन धर्मगुरु आत्मनन्द लिङ्देनको तपोभूमिका रुपमा चिनाइन्छ झापाको धार्मिक नदी कन्काईमा हिन्दू धर्मालम्बीले मकर स्नान गर्छन् जहाँ पाँचदिनसम्म नदी छेउको बगरमा मेला लाग्छ कन्काई नदीलाई भगवती माईदेवीका रूपमा लिइने हुँदा मनोकाङ्क्षा पूरा हुने विश्वासमा भाकलसमेत गरिन्छ स्नान भाकलका लागि भारतको सिलिगुडी, दार्जेलिङ सिक्किम क्षेत्रका नेपालीभाषी भारतीयहरूको पनि भी लाग्छ सुनसरीको तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन बिहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान् विष्णुको पूजाआराधना गर्ने चलन

नुवाकोटको तारुकामा बारीको ठूलो पाटोमा जुझारु बलिया गोरूहरू जुधाउने गरिन्छ तारुकाको गोरु जुधाएर माघे सङ्क्रान्ति मेला मनाउने नेपालको एक मात्रै ठाउँ हो तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले सुरु भएको भन्ने ठ्याक्कै तिथि, मितिहरू कतै भेटिएको छैन मल्ल कालदेखिको इतिहास बोकेको तारुकाको चन्दनी पाटोमा गोरु जुधाउने परम्परा रहेको भनाई छन् लिखित इतिहास छैन मल्लकालीन राजाहरूको बिर्ता रहेको तारुका क्षेत्रमा गोरु जुधाइको प्रचलन बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंहको पालामा सुरु भएको बताइन्छ कथन स्थानीयको गोरु जुधाएपछि जसको गोरुले जित्छ उसलाई पुस्कृत गर्ने चलन
बसाइँसराइका कारण सबै समुदायको साझा थलो बनेको , काठमाडौं उपत्यका तर यहाँका रैथाने नेवार समुदायको आफ्नै शैली नेवार समुदायले माघे सङ्क्रान्तिलाई खाद्यवस्तुको नामबाटघ्युचाकु सँल्हुभनेर मनाउँछन् बिहान स्नान गरी चाकुमा तिल मिसाएर बनाएको लड्डु खाने दान दिएपछिघ्युचाकु सँल्हुमनाउन शुरू हुन्छ

भक्तपुरको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिर जहाँदीपङ्कर बुद्धको पूजा शुरू हुन्छ तिलमाधव नारायणको मन्दिरमा चढाइएको घ्यु खाए सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ स्नान गरी शुद्ध बनेर भक्तजनले मन्दिरमा चढाएको घ्यु खानुपर्छ भन्ने चलन माघे सङ्क्रान्तिका दिन तिलमाधव नारायण मूर्तिलाई पुरै घिउ दलिन्छ घ्युसँगै चढाएको तिल चार दिनपछि मन्दिरमा आउने भक्तजनलाई प्रसादका रूपमा वितरण गरिन्छ लिच्छविकालीन राजा मानदेवको पालादेखि नै पनौतीमा मकर मेला लाग्ने गरेको किमदन्ती जुन मेलामा असंख्य भक्तजनको घुइँचो लाग्छ

गण्डकी लुम्बिनी प्रदेशको मध्यपहाडीले छोएको भूगोल वरपरका माघे सङ्क्रान्ति लगभग मिल्दा छन् भोटमा नुन व्यापारको सम्बन्ध सक्किएपछि बटौली (बुटवल) तिर सर्यो ३० वर्ष अघिसम्म माघे सङ्क्रान्तिको रनौक छुट्टै थियो निर्वाहमुखी खेतीकिसानीमा रमेका मध्यपहाडीबासी जीवनस्तर लगभग एउटैखालको हो नौ महिना काम, तीन महिना खान पुग्ने वर्षभरि जम्मा गरेको घ्यु बुटवलमा झार्ने चलन बुटवलबा घ्यु बेचेको पैसाले नुन, चिनी, चामल, सिद्रा, लाम्पाते सुर्ती सख्खर गाउँ पुग्थ्यो यी सरसामान गाउँ पुर्याएपछि माघे सङ्क्रान्ति पनि गाउँ छिर्यो

पुस १५ तिर घ्यु बोकेर बुटवल झर्ने चलन ओहोरदोहोर गर्न १३, १४ दिनसम्म लाग्ने भए आफ्नै बारीका तरुल, नभए पुस २० गते पछि वन तरुल खन्ने दिन हो औलसम्म झरी पर्यो भने लेकमा हिउँ पथ्र्यो झरी पर्यो भने वन तरुल खन्न सजिलो हुन्छ भन्ने मान्यता थियो जति झरी पर्यो, त्यति नै वन तरुल बाहिर निस्कन्छ अर्थात्, खन्न सजिलो हुन्छ भन्ने थियो रिडीबडिगाड कालीगण्डीको संगम त्यहाँदेखि ढोरपाटनसम्मै कम्तीमा १० वटा ठाँटीपौवा हुन्थे जहाँ ढाक्रेहरूले भारी बिसाउने बास बस्ने, गज्जबको चलन रिडीमा अहिलेसम्म त्यो चलन पूर्वी रुकुमको व्यापार भने फरक थियो पूर्वी रुकुमका गाउँबाट भेडाको ऊनबाट तयार पारिएको काम्लो (कम्मल), ओखरको घाँजी भारीका भारी हुन्थे बुकी चरणमा हुर्किएका भेडाको ऊन उसै न्यानो काम्लो बेचेपछि रुकुमेलीले तामाको रोँचे (ठूलो गाग्री) बोकेर लावालस्कर हिड्ने चलन थियो पूर्वी रुकुममा अहिले पनि घरैपिच्छे ती रोँचे राखेको देखिन्छ माघे संक्रान्तिमा भक्तजनहरू रिडीमा जेठी, माइली कान्छी नुहाएर पवित्र हुने चलन , माघे सङ्क्रान्तिको महिमा सोही क्रमले चल्दै आएको

रिडीको चर्चित माघे सङ्क्रान्ति मेला तीन दिनसम्म लाग्छ धेरै भक्तजनको उपस्थिति रहने उक्त मेला जेठी, माइली कान्छी सङ्क्रान्तिका रूपमा तीन दिन लाग्ने गरेको हो मेलाको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गरी हृषिकेश मन्दिरमा पूजाअर्चना गर्नेको घुइँचो लाग्छ कालीगण्डकी नदीमा स्नान गरी हृषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पुण्य प्राप्त हुन्छ भन्ने विश्वासले गण्डकी लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट भक्तजनहरूको घुँइचो लाग्छ चितवन, तनहुँ नवलपुरको संगत देवघाटमा हरेक वर्ष लाग्ने मकर सङ्क्रान्ति मेला बाँसको लिंगो गाडेर शुभारम्भ गरिन्छ भारतको इलाहावादको प्रयागभन्दा विशिष्ट हरिद्वार, ऋषिकेशको तुलनामा निकै मनोरम ठूलो महत्व बोकेको देवघाटमा माघे सङ्क्रान्तिमा स्नान गर्न स्वर्गबाट देवता आउने जनविश्वास रहेको कथा धार्मिक पर्यटकीय महत्व बोकेको देवघाटमा तीन दिन मेला लाग्छ मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ

मैथिली समुदायले यस पर्वलाईतिला सङ्क्रान्तिभनेर मनाउने चलन परिवारका अग्रज आमाबाबुले आफ्ना सन्ततिलाई सख्खर तिल खुवाउँछन् , उनीहरूबाट बूढेसकालमा सेवा गर्नुपर्ने बचनबद्धता लिने कार्य गरी मनाउँछन् बिहानै स्नानबाट चोखो बनी भगवती मन्दिरका प्रवेशद्वार तथा आफ्नो घरआँगनमा कमलको फूलको चित्र बनाइ श्रृङ्गार गर्छन् भगवान् भगवती भनेर श्रद्धाले पूजाआजा गरिन्छ भगवतीलाई सिन्दूर, चुरा, तिलको लड्डु, भगवानलाई मिठाइ, फलफूल तिलको लड्डु अनिवार्य रूपमा चढाई खिचडी चढाउने चलन तराईमा माघे सङ्क्रान्तिका दिन खिचडी अनिवार्य खाने भएकाले भएकालेखिचडी पर्वसमेत भनिन्छ अर्को खान्की हो ब्राह्मण भोजन जुन खान्की तिल सख्खरबाट लड्डु बनाइन्छ ब्राह्मणलाई दानका लागि लड्डुसँगै चामल, खिचडी बनाउन मासको दाल, अरवा चामल, नुन, बेसार, तरकारी, घिउ दही दान गरिन्छ आयवस्था राम्रा भएका दानीले हैसियतअनुसार जुत्ता, छाता कम्बललगायत दान गर्ने चलन

पितृहरूलाई सम्झिने माघे सङ्क्रान्ति तराईका महिलाका लागि झन् बढी महत्वपूर्ण मानिन्छ उमेर पुगेका कन्याहरूका लागि योग्य वर पाउनका लागि कामना गर्ने दिन पनि हो विवाहित महिला पृथ्वी पर्व मनाउने गर्छन् यदि घरमा नयाँ विवाह भएको भने झन् रमाइलो हुन्छ दुलहाको घरबाट दुलहीको माइतमा तिल वा चिउराको कोसेली जाडोमा लगाउने लुगा पुर्याउने चलन यो प्रथालाई मैथिलीमाजडाउरभन्ने गरिन्छ ।कर्णाली सुदूरपश्चिमका चेलीबेटी पुजेर माघे सङ्क्रान्ति मनाउने भएकाले चेलीत्यारभनिन्छ चेलीत्यारभन्नाले चेलीहरूको तिहारका रूपमा बुझिन्छ पुस मसान्तका दिनमा वन तरुल खनेर ल्याउने राती तरूल, सेलरोटी, पकाएर राख्ने बिहान स्नान गरेर बिहानै कागको लागि वन तरुल सेलरोटीका टुक्रा छुट्याएर बाहिर राखेपछि घरपरिवारले खान शुरू हुन्छ दिउँसो वन तरुल सेलरोटीका पोका बनाएर चेलीबेटीहरूलाई बाँड्ने चलन

साँझ परेपछि पानी पँधेरोका मुहाननजिक दाउरा थुपारेर बाल्ने चलन गाउँका बूढापाका युवायुवतीहरू आगो ताप्न भेला हुन्छन् आगोको तापसँगै रातभर देउडा, नाँचगान गाउने चलन कसैले गाउँ खाने कथा, दन्त्यकथा गरेर रात कटाउँछन् दिदीबहिनीको विवाह अलिक टाढा भए माघ महिनाभित्र तरुल रसेल रोटीको पोका पुर्याउने चलन माघीथारू समुदायको महत्वपूर्ण पर्व हो माघी यो समुदायको मौलिक संस्कृतिका रूपमा चिनिने ठूलो पर्व हो यसलाई उनीहरूले भव्य तरिकाले मनाउने गर्छन् पुस मसान्त अर्थात् अन्तिम दिन घरघरमा सुँगुर ढाल्छन् जुन दिनलाई उनीहरूजिता मरना दिनका रूपमा लिन्छन् पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँडरक्सीको साथ खानपिन गरेर रातभर माघी गीत गाउँदै नाचगानमा सामुहिक रूपले रमाउँछन्

माघीमा गाइने गीतलाईधमार नाचोलाईमघौटा नाचभनेर समुदायमा लोकप्रिय रातभरको खानपिन, नाँचगानपछि माघ गते बिहानै स्नान गर्ने चलन अन्य समुदायमा जस्तै नजिकका खोलानालामा नुहाउनुलाईमाघ लहानभन्ने चलन नुहाइसकेर घर फर्किएपछि दाल, चामल, नुन छुने गरिन्छ छोएपछि आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिने चलन निसराऊभन्दै आफ्ना चेलीबेटीहरूलाई उपहार दिने चलन माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दालसँगै पैसा थपेरनिसराऊस्वरूप चेलीबेटीलाई दिइन्छ खिचरहवाभनेर खिचडीलाई दोस्रो दिन पकाउने उनीहरूको चलन पुस मसान्तमा आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने माघ गतेदेखि नयाँ हिसाबकिताब शुरू गर्ने प्रचलन नयाँ हिसाबकिताब हुने दिन भएकाले माघीलाई नयाँ वर्ष पनि भनिन्छ

माघीमा थारू समुदायको धेरै शुभकार्य घर सल्लाह हुन्छ घर सल्लाहमा कसले के लिने भनेर जिम्मेवारी बाँडफाड हुन्छ आफ्नो समुदायभित्रको गाउँटोल सुधार कसरी गर्ने वार्षिक काम कार्यको समीक्षा माघको पहिलो साताभित्र गरिन्छ एक वर्षमा माघी पर्वको अवसर पारेर बस्ने गाउँ भेलालाईभुरा खेल (ख्याल)’ भनिन्छ अघिल्लो वर्ष चुनिएका गाउँ अगुवाको घरमा भेला बस्छ ठाउँअनुसार अगुवालाई बरघर, ककनदार, भल्मन्सा महटाँवा पदवादी दिइन्छ मुलतः गाउँटोलको कुलापानी, धार्मिक पूजापाठ विकासका लागि केकति प्रगति भए भनेर कामको समीक्षा हुन्छ आगामी एक वर्षका लागि अघिल्लो वर्ष चुनेको अगुवालाई निरन्तरता वा नयाँ चुन्नेबारे छलफल हुन्छ ।थारू समुदायको महत्वपूर्ण यो वार्षिक भेलाले सहायक बरघर, अघारी, सघारी, कुलापानी चौधरी, गाउँको चौकीदारदेखि फलामको काम गर्ने व्यक्तिलाई समेत चुन्छ रैथाने तथा प्रथाजन्य कानून अपुग वा बढी भए त्यसलाई थपघटको छिनोफानोसमेत यही भेलाले गर्छ

नेपालभर फैलिएका मगर समुदायले माघे सङ्क्रान्तिलाई तीन दिनसम्म धुमधामका साथ मनाउँछन् चेलीबेटी पुज्ने पितृ पूजा गर्ने पर्वका रूपमा मगरहरूले माघे सङ्क्रान्ति मनाउने गरेको पाइन्छ मगर युवाहरू धनुषबाँण (आजकल तारोआर्चरी खेल) खेलेर माघे सङ्क्रान्ति पर्वको शुरू गर्छन् वन तरुलबिना दिदी बहिनीलाई पूज्न नमिल्ने मान्यता पुस मसान्तका दिन दाजुभाइ वन तरुल खन्न वनतिर जान्छन् ठाउँ विशेषअनुसार राँगा बंगुर मासुका विभिन्न परिकार बनाएर खाने मगर समुदायमा चलन माघे सङ्क्रान्तिको दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल पुर्खापितृलाई पूजा गरेपछि दिदीबहिनीलाईनिस्रो’ (दक्षिणा) दिएर पुज्ने गर्छन् दिदीबहिनी पुज्दा हरियो पातको टपरी (ठाउँअनुसार साल, मयो पात) अलिकति चामल, पकाएको वन तरुल गच्छेनुसारको दक्षिणा (पैसा) राखेर दिने चलन विवाह गरेर अर्कै गाउँ गएका दिदीबहिनीको हकमा घरमै पुगेर दक्षिणानिस्राबाँड्नु पर्छ

दोस्रो दिन अर्थात् माघ गते युवतीहरू (माघ खान) समूहमा बाँडिएर गाउँभन्दा टाढा वनभोज खान जान्छन् दाजुभाइले दिएका चामल विभिन्न खानेकुरा खाएर उनीहरू वनभोजमा रमाउँछन् मध्यान्हमा नृत्यसँगै गाउँमा लाग्ने मेलामा भर्न आइपुग्छन् ठाउँअनुसार धनुषबाँण खेल्ने, मेलामा नाँचगान दोहोरी गाएर रमाइलो गर्ने चलन गण्डकी प्रदेशका खानी मध्ये २२ खानीमा मगर छन्त्याल समुदायको पकड थियो छन्त्याल जातिले यही बेला खानीको हिसाबकिताब राख्न नयाँ तमसुक बनाउने गर्थे छन्त्याल समुदायमा राँगा बंगुर बाहेकका मासुको परिकार बनाउने चलन उनीहरूको माघे सङ्क्रान्ति मनाउने अन्य प्रक्रिया भने मगर समुदायसँग मिल्दोजुल्दो हुन्छ

माघे सङ्क्रान्तिको अन्तिम दिन गाउँभरिका पुरुष भेला भएरधनुषबाँणको अन्तिम प्रतिस्पर्धा चल्छ परापूर्वकालमा भरुवा बन्दुकको गोलीले भित्तामा निशाना हान्ने चलन थियो जुन कार्य माघबाट शिकार खेल्न फुकुवा गरिएको मानिन्थ्यो शिकार खेल्न बन्देज गरिएपछि तारो खेल बढी लोकप्रिय भयो धनुषबाँण खेलमा सानो निसाना (फल्यागको बीचमा राखिएको गोलाकार रिङ्ग खोल) लगाउने, ठेलो हानेर माल (बलियो अर्थात् ठेलो टाढा फ्याँक्न सक्ने)लाई सेतो फेटाको पगरी, फूलमाला, पैसाको मालासमेत लगाएर काँधमा बोकेर सम्मान गर्ने चलन मगर समुदायमा अझै