काठमाण्डौं – राष्ट्रबादी जनतान्त्रिक मोर्चाले एक कार्यक्रमको बिच ३०२ औं पृथ्वीजयन्ती मनाएको छ । पुरानो बानेश्वर स्थित नेपाल सुशासन पार्टीको कार्यालयमा उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रम जनता दलका अध्यक्ष तथा राष्ट्रबादी जनतान्त्रिक मोर्चाका सभापती हरिचरण शाहको सभापतित्वमा भएको थियो । 

उक्त कार्यक्रममा राष्ट्रबादी जनतान्त्रिक मोर्चामा सहभागी नेता तथा कार्यकर्ताहरु उपस्थित भई पृथ्वीजयन्ती मनाइएको हो । कार्यक्रमको उद्घोषण नेपाल सुसासन पार्टीका महासचिब गोविन्द गिरीले गर्नु भएको थियो । 

कार्यक्रममा पृथ्वीनारायण शाहको फोटोमा माल्यार्पण गर्दै पृथ्वी नारायण शाहको दिव्य उपदेशको बारेमा सुसान पार्टीका अध्यक्ष रोमलाल गिरीले विभिन्न उक्तिहरु सुनाउनु भएको थियो । साथै सो कार्यक्रमलाई राष्ट्रबादी केन्द्रका अध्यक्ष चन्द्र बहादुर थापाले नेपालको एकिकरणमा पृथ्वी नारायण शाहको योगदानको बारेमा चर्चा गर्दै आज नेपाल संकट छ त्यसको निराकरणको लागि आम राष्ट्रबादीहरु एक कित्तामा उभिन अति आबश्यक भएको भन्दै सबैलाई सचेत गराएका थिए । 

पृथ्वी जयन्तीमा सहभागी विभिन्न नेताहरुले पृथ्वी नारायण शाहको योगदानको विवेचना गर्दै पृथ्वीनारायण शाहलाई सम्झनका कारणहरु उल्लेख गरेका थिए । नेपाल निर्माणमा पृथ्वी नारायणको योगदानको बारेमा चर्चा गर्दै अन्तमा रोमलाल गिरीको भान्सा औषधालय अन्र्तगत बनाइएका परिकारहरुका तथा चियापानको साथ कार्यक्रम सम्पन्न भएको थियो ।