नेपाल बचाऔ अभियानको कार्यक्रम आज काठमाडौंको जडीबुटीमा सम्पन्न भएको छ । नेपाल बचाऔ अभियानका अध्यक्ष श्री ईश्वरी प्रसाद भट्टराइको अध्यक्षतामा नेपालको वर्तमान स्थितिमा सकारात्मक रुपान्तरणका लागि 'के गर्ने' र 'कसरी गर्ने' भन्ने मुल उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका अध्यक्ष भट्टराईले जानकारी दिनु भयो । 

कार्यक्रममा पूर्व उपप्रधानमन्त्री सि.पी मैलानी, पुर्व संसद गंगा चौधरी लगायत, विभिन्न संघसंस्थाबाट पाल्नुभएका अभियान्ता, बुद्धिजिवी, राजनीतिज्ञहरुले आ–आफ्नो विचार प्रस्तुत गरेका थियो । कार्यक्रम विहान ११ बजेदेखि बेलुका ५ चलेको थियो ।