मुगु, छाँयानाथ रारा नगरपालिका-६ कोटिला गाउँस्थित बारीबाट एकनाले भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।