काठमाडौं - देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ ।

आज देशको पहाडी भू- भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने महाशाखाले पूर्वानुमान गरेको छ ।

आज मनसुनको सामान्य प्रभाव रहे पनि भोलि शुक्रबार वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

भोलि कोशी, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३१ डिग्रि सेल्सियस रहनेछ । उपत्यकामा हल्का वर्षाको पनि सम्भावना रहेको छ ।

मौसम बुलेटिनअनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली र बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा रहनेछ । 

कोशी र बागमती प्रदेशका पहाडी भू- भागका थोरै स्थान तथा बाँकी पहाडी भू- भागको एक- दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

रातिको समयमा कोशी र बागमती प्रदेशलगायत देशको पहाडी भू- भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । 

कोशी र बागमती प्रदेशका पहाडी भू- भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।