काठमाडौं - संविधान दिवसको अवसरमा आज विशेष समारोहको आयोजना गरियो । 

सैनिकमञ्च टुँडिखेलमा आयोजित संविधान दिवसको मूल समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

समारवहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।साथै  समारोहमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विशिष्ट अतिथिहरु पनि सहभागी हनुभएको थियो ।