काठमाडौं - दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल आज बिहान दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका- १८ का २२ वर्षीय श्रवणकुमार पुन र मोटरसाइकल पछाडि सवार घोराही- ४ का २१ वर्षीय विनोद केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले आज बिहान लमही नगरपालिका- ६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।