दीपा थपलिया - जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश अगरा कुडोल फतेहावादका वर्ष ४२ को गोपाल गिरी रहेका छ्न।

पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नंमबर २ डम्पिङ साइडतर्फ लागु औषध खरिद बिक्री कारोवारी भैरहेको छ, भन्ने बिशेष सुचनाको अधारमा यस कार्यालय र इलाका प्रहरी कार्यालय छपकैया पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले गिरिलाई पक्राउ गरेको हो । सो स्थानमा गिरि माथी संका लागि खानतलासी गर्दा गोपाल गिरीले बोकेको प्लाष्टिकको झोलामा लुकाइ राखेको लागु औषध चरेश २ के.जी. ९६० ग्राम फेला परेको हो ।

पक्राउ परेका गिरिलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख कुमोद ढुङ्गेलले जानकारी दिनु भयो।