दीपा थपलिया

बर्दिया जिल्ला प्रहरी कार्यालयको टोलिले कर्तब्यज्यान मुद्धामा एकजनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला बारबर्दिया नगरपालिका वडा नम्बर ११ जब्दी बस्ने बर्ष ४० को पप्पु नामले चिनिने शिव प्रसाद थारु रहेका छन ।

थारुले सोही स्थान ५ तर्कापुर बस्ने बर्ष अन्दाजी ३९ की मीना थारुलाई उस्कै घरमा गई धारिलो हतियार प्रहार गर्दा टाउको र घाँटीमा गहिरो चोट लागी घाईते भएका थिए। घाइते मिना थारुलाइ उपचारको लागी नगर अस्पताल जयनगर बर्दियामा लगिएको थियो। उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको थियो ।

फरार अभियुक्तको खोजतलाश गर्ने क्रममा जिल्ला बर्दिया बारबर्दिया नगरपालिका वडा नं.५ सिटीबरेली एरियामा भाग्दै गरेको अवस्थामा अभियुक्तलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रबक्ता प्रहरी उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनु भयो।