कास्की, २ असोज 
पोखरा महानगरपालिका-२७ रिठेपानीस्थित सडकमा ग.१ त ३३८४ नम्बरको ट्याक्टरले किचेर सोही ठाउँ बस्ने ९ वर्षीय बिपिन विकको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रिय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।