काठमाडौं । 
चन्द्रागिरि नगरपालिका वडा नं. ११ बालश्रम मुक्त वडा घोषणा भएको छ । वडाले एक भव्य समारोह गरी वडालाई बालश्रम मुक्त वडा घोषणा गरेको हो । नगरपालिकामा १५ वटा वडा मध्ये वडा ३, वडा ५ वडा ७ वडा ८ र वडा १४ यसअघि नै बालश्रम मुक्त वडा घोषणा भइसकेका छन । चन्द्रागिरि नगरपालिकाका नगरप्रमुख घनश्याम गिरीको प्रमुख अतिथ्यतामा भएको घोषणा समारोहमा नगर उपप्रमुख वसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल कार्यपालिका सदस्य तथा वडावासीहरुको बाक्लो उपस्थिती रहेको थियो । बालश्रम मुक्त वडा घोषणाको लागि २० वडा स्थानीय तह बालश्रम मुक्त घोषणा कार्यविधि २०७७ लाई अबलम्बन गर्नुका साथै कार्यविधिमा उल्लेखित सूचकहरु पूरा गरी वडाले बालश्रम मुक्त वडा बनाएको हो । वडा घोषणा कार्यक्रमको क्रममा वडावासीहरुको  ¥याली पूरै वडा परिक्रमा गरेका थियो । बालबालिकाहरुलाई श्रममा लगाउनु अपराध हो, बालअधिकारको सुनिश्चित गरौं, लगायतका प्लेकार्ड बोकी झाँकीसहितको ¥यालीले वडा परिक्रमा गरेको हो । बालश्रम मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै नगरप्रमुख घनश्याम गिरीले चालु आर्थिक वर्षमा यस नगरपालिकाका सबै वडालाई बालश्रम मुक्त वडा बनाइ सक्ने कुरा बताउनु भयो । बालबालिकाको अधिकार संरक्षण गर्नका लागि नगरपालिका सम्वेदनसिल रहेको नगर प्रमुख गिरीको भनाइ थियो । त्यसैगरी शुभकामना मन्तव्यको क्रममा उपप्रमुख वसन्ती श्रेष्ठले बालबालिकाका लागि चनद्रागिरि नगरपालिकाले लगानी गरिरहेको र पूरै नगरलाई नै बालमैत्री नगर बनाउने योजनामा नगरले काम गरिरहेको कुरा बताउनु भयो । बालबालिकाका लागि काम गर्ने संघ संस्थाहरुलाई हाम्रो नगरपालिकामा जहिले स्वागत गर्ने भन्दै सिंगो नगरवासीको साथ र हौसलाले हामी सफलतातिर गइरहेको उपप्रमुख श्रेष्ठको कथन थियो । 
कार्यक्रममा वडा नं. ११ का वडास्तरीय बालअधिकार समिति संयोजक तथा वडा सदस्य डिल्ली राज गिरीले यस वडामा बालश्रम प्रयोगको अवस्थाको बारेमा अनुगमन गर्दा जम्मा ६ जना बालकहरु श्रममा संलग्न भेटिएको र उनीहरुलाई उद्धार गरी परिवारमा पुर्नमिलन गराई जिविकोपार्जनमा सहयोग गरेको बताउनु भयो । त्यसैगरी नगरपालिकाको बालकोषबाट आर्थिक वर्ष २०८१ मा २४ जना बालबालिकालाई विभिन्न सहयोगसहित परिवारमा पुर्नस्थापना गरिएको बताउनु भयो । स्थानीय भन्दा पनि अन्य स्थानीय तहबाट आएका बालबालिका श्रममा भेटिएको र तिनलाई परिवारमा पुर्नमिलन गर्ने काम वडाले गरेको बताउनु भयो । कार्यक्रमको अन्त्यमा वडा नं. ११ का वडा अध्यक्ष नरेन्द्र राज श्रेष्ठले राष्ट्रिय बाल दिवसको दिनमा नै हाम्रो वडालाई बालश्रम मुक्त बनाउन बनाउन पाउदा खुशी लागेको र यस कार्यका लागि विभिन्न भूमिकामा रहेर सहयोग गर्ने सहयागी हातहरुलाई विशेष धन्यवाद दिनु भएको थियो । कार्यक्रमका लागि वल्र्ड भिजन ईन्टरनेसनल नेपाल बाल विकास समाजले सहयोग गरेको थियो भने यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविस्यको थालनी’ भन्ने नारासहित राष्ट्रिय बाल दिवस २०८१ मनाइएको थियो ।