काठमाडौं - बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । 

ढोरपाटन नगरपालिका- १ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलले पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी बिक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । 

विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो । 

घाइते हुनेमा रूपन्देहीको  बुटवल उपमहानगरपालिका- ९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका- १० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको  ढोरपाटन  -४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन- १ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका- १ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेक माया रसाइली छन् । 

घरले पुरिएका सबैको उद्धार गरी स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।