प्रभातराज पाण्डे,

रवि लामिछाने नेपालको वैकल्पिक राजनीतिका एक चर्चित अनुहार हुन् उनकै अनुहारलाई मूलधारका दलसँग झोँक्किएका मतदाताले मत दिएर उनको कान्छो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चौथो ठूलो दल बनाइदिए दुर्ई पूर्वप्रधानमन्त्रीहरू माधव नेपाल तथा झलनाथ खनाल भएको तथा सत्ताधारी गठबन्धनको साथ पाएको नेकपा एसले राष्ट्रिय दलको हैसियत नपाउँदा रास्वपालाई चौथो ठूलो दलको रूपमा ल्याउनमा लामिछानेकै नेतृत्व कारक जसरी स्थानीय चुनावबाट धरानमा हर्क काठमाडौँमा बालेन तथा धनगढीमा गोपी हमाल आदिलाई जनताले स्वतन्त्र उम्मेदवारको रूपमा दलतन्त्रविरुद्ध मत दिए, स्वतन्त्र नै फुर्को जोडिएको लामिछानेको दललाई पनि राम्रै मत दिए ०७९ असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको उनको दलले अहिले पनि नेपाली राजनीतिमा अर्थ बोकेको चुनाव ०८४ मा यो दललाई धेरैले हेरिरहेका छन्

लामिछानेले नेतृत्व लिएको रास्वपाको उडानजस्तो रोचक , उनले नेतृत्व लिएका सबै संस्थाको उडान भने त्यस्तै रोचक छैनन् त्यसको एक उदाहरण हो उनकै नाम अनुहार सारेर स्थापना गरिएको टेलिभिजन ग्यालेक्सी फोरके न्युज २४ मा चलाउँदै आएकोसिधा कुरा जनतासँगबाट धेरै मात्रामा चिनिएका उनले ग्यालेक्सीमा आएरसिधा कुराचलाए अहिले उनको नाम अनुहारमा खोलिएको टिभीको राष्ट्रिय बिजोग भएको संस्थाका प्रतिभाशाली अनुहारहरूले टिभी धमाधम छाडिरहेका छन् आधाभन्दा धेरैले छोडेर यत्रतत्र भए भएकाहरूले पनि तलब पाएका छैनन् आधा वर्षदेखि पूरा तलब नपाएका कैयौँ अनुहार त्यो टेलिभिजनमा छन्

०७७ फागुन ११ मा भव्य रूपमा कार्यक्रम गरेर नेपाली टेलिभिजनका हस्ती तथा सेलिब्रिटीहरू ल्याई खोलिएको टेलिभिजनले शुरुबाटै एक खाले मानक बनायो अनुसन्धानात्मक समाचार, फिचर, रिपोर्ट, बहसदेखि पृथक् शैलीका कार्यक्रमबाट टेलिभिजनले एक खालको नाम बनायो ब्राण्ड बनायो तर, जब-जब टेलिभिजन बजारमा चम्कियो तब नै उसले बजेट पाउन छोड्यो व्यवस्थापन बजेटबीच समस्या आउन थाल्यो त्यसको उच्चतम तह पुस बाट देखिएको टेलिभिजनका समाचार प्रकाशन तथा प्रशारण बन्द भएका छन् गीत बजाएर तथा पुराना रेकर्डेड सामग्रीको भरमा टेलिभिजन चलिरहेको

अहिले ग्यालेक्सीमा जुन समस्या त्यसको जसअपजसको एक मुख्य हिस्सा लामिछानेले लिनुपर्छ उनले सेयरहोल्डर होइन भन्न पाउँदैनन् उनले मैले टेलिभिजन छाडेकाले चासो राख्न मिलेन भन्न मिल्दैन रवि राजनीतिमा हुँदा पनि ग्यालेक्सी उनकै टिभी हो भन्ने आधार धेरै छन् जस्तो सामान्यतयाः कुनै नेताको सचिवालयमा बसेको मान्छेलाई टेलिभिजनले पुनः काममा ल्याउँदैन ग्यालेक्सीले भने लामिछाने गृहमन्त्री हुँदा सचिवालयमा बसेका अनुहारलाई पुनः जागिरमा ल्यायो राम्रो जिम्मेवारी दियो त्यसैले औपचारिक कागज वा लिखतमा जे भए पनि लामिछाने ग्यालेक्सी एकअर्काका पर्याय नै मान्ने आधार छन् अहिलेको ग्यालेक्सी संकटमा उनले नेतृत्व दिन आवश्यक

अरु दलका अरु नेताका व्यवसायदेखि कमजोरीमा हिजो तिखो प्रहार गर्ने लामिछानेले आज आफू जोडिएको संस्थाले गरेको खराबी देखाएको बिजोगमा आउने चोरी औँलाको सामना गर्न तयार हुनुपर्छ यो मुद्दामा प्रश्न उठाउनेहरूलाई उनले दलीय आँखा वा अरु पक्षधरको कोणमा व्याख्या गरेर भाग्न मिल्दैन ग्यालेक्सी संकट टार्न उनले देखिने नेतृत्व देखाउनुपर्छ त्यो ग्यालेक्सीका पीडित अनुहारहरू सबैको साझा सवाल हो हिजो लामिछानेको अनुहार हेरेर ग्यालेक्सीमै आएका पत्रकार उनको दलमा पनि प्रवेश गरे उनको सचिवालयमा छिरे आज टेलिभिजनमै हुने व्यावसायिक पत्रकार तथा अन्य जनशक्ति बिलखबन्दमा परेका छन्

लामिछानेले ग्यालेक्सीसँग जोडिएर आफ्नो दल औपचारिक रूपमा दर्ता गरेको भन्दा अगाडिको समयमा भनेको ०७७ फागुन ११ देखि ०७९ असार १७ सम्म हो यो अवधिमा भएका ग्यालेक्सीका जसअपजसमा उनको सतप्रतिशत भाग जान्छ त्यसपछिकामा पनि उनी जोडिन्छन् ग्यालेक्सी संकटमा लामिछानेले राम्रो निचोड दिन नसके उनको रास्वपा दलकै भविष्यमा पनि प्रश्न आउनेछ बजारमा माहोल हुँदा ग्यालेक्सी खोले बजार कमजोर भएपछि छाडे ठीक त्यसैगरी जनमत राम्रो हुँदा दल खोले तर कमजोर भएपछि ग्यालेक्सीजस्तै छोड्ने होइनन् ? यो गम्भीर सवाल लामिछानेतिर सोझिएको उनले यसलाई कसरी निकास दिन्छन् भन्नेमा उनीप्रतिको विश्वासदेखि भरोसाका आधार बन्ने वा भत्किने कुरा तय हुनेछन्

नेपालमा चलेका परम्परागत टेलिभिजनभन्दा भिन्न भएर आएको ग्यालेक्सीमा आममान्छेको जुन भरोसा थियो, त्यसमा छोटो समयमै संस्थागत हुन पुगेको थियो देशका शीर्ष च्यानलमा एक मुख्य च्यानल भनेर ग्यालेक्सी आएको थियो टेलिभिजनमा मात्रै होइन, राजनीतिमा पनि त्यस्तै भयो परम्परागत दलबाट हैरान नागरिकले रास्वपालाई मत दिए मूलधारको प्रमुख दल बनाए तर, अबको प्रश्न कतै लामिछानेले रास्वपालाई पनि ग्यालेक्सी बनाउँदैनन् ?