प्रभातराज पाण्डे,

 

पति-पत्नीको ओछ्यान एउटै हुन्छ भन्ने मान्यतामा हुर्किएका, देखेका अभ्यास गरिरहेकाहरूलाई राम्रो सम्बन्ध भए एउटै घरमा पति-पत्नी फरक कोठामा बस्छन् भन्ने सुन्यौँ भने हामीले सिधा अर्थ लगाउँछौँ- ‘पक्कै यिनीहरूको सम्बन्ध राम्रो छैन को यसरी बस्थ्यो ? भन्ने लाग्न सक्छ मनमुटाव हुँदाहुँदै पनि, झगडाकै बीचमा पनि, असाध्यै चित्त दुखेको समयमा, जतिबेला पनि मानिसले एकर्कालाई उस्तै ब्यवहार गर्न सक्छ भनेर परिकल्पना गरेका कारण हाम्रो समाजमा पति-पत्नीका सम्बन्धहरू एकर्कामा डर, त्रास जोखिमपूर्ण हुँदै गएका छन् पत्नीसँग पति डराएका जोकहरू विश्वब्यापीरूपमै चर्चित मानिन्छन् पत्नीसँग पति डराउँदा जोक बन्ने पतिसँग पत्नी डराउने अवस्था हुँदा  जिन्दगी नै नरहन सक्ने पनि देखिएको

विगत अहिलेको परिवेशमा हाम्रा मनमुटावका विषयहरू फरक हुँदै गएका छन् हिजो बसाइ सामूहिक थियो, भान्साहरू सामूहिक थिए, कुराकानी भेटघाटहरू पनि सामूहिक नै बढी हुन्थे अहिले मानिसहरू एक्लाएक्लै रहन थालेका छन् समूहमै रहेपनि मान्छेहरू आफ्नो मोबाइलमा घोप्टिएर बस्नु सामान्य झैँ बन्दै गएको झगडाका बिउहरू पनि फेरिँदैछन् हिजो घरायसी कामकाज लगायतका विषयहरू हुन्थे भने अहिले कसले कसलाई सामाजिक सञ्जालमालभ साइनपठायो, कसले कसलाई लाइक गऱ्यो, कसलाई के कमेन्ट गऱ्यो, फोन म्यासेन्जरमा कसले म्यासेज पठायो जस्ता कुराहरू मनमुटाव झैझमेलाका कारण बनिरहेका छन् सम्बन्धमा समस्या बिश्वब्यापी बन्दै गएको सन्दर्भमा पति-पत्नी, प्रेमी-प्रेमिका तथा परिवारका सदस्यबीचपर्सनल स्पेसअर्थात् ब्यक्तिगत स्थान महत्वपूर्ण हुँदै गएको

विवाहलाई बन्धन मान्दै आएको सन्दर्भमा वैवाहिक जीवनहरू साँच्चिकै बन्धनयुक्त बन्दै गएका छन् विवाह खासमा बन्धन नभएर मुक्ति बन्न सकेको भए पति-पत्नीका सम्बन्धहरू यति धेरै सकसपूर्ण हुने थिएनन् एकर्काको हस्तक्षेपले भरिएको बन्धन चुँडिदै गएको सन्दर्भमा सम्बन्ध जोगाउनका लागिपर्सनल स्पेसको खोजी हुन थालेको विवाह भएपछि अब हामी उस्तै हौँ भनेपनि वास्तविकतामा हरेक मानिस छुट्टै हो, आफै हो फरक हो फरक ब्यक्ति भएको हुनाले चाहनाहरू फरक हुन सक्छन् कसैलाई एक्लै बस्दा रमाइलो लाग्छ, कसैलाई भिडभाड मन पर्छ कसैलाई बोलिरहन मन लाग्छ, कसैलाई धेरै बोल्न मन लाग्दैन वरिपरिका मानिसहरू पनि धेरै नबोलिदिए हुन्थ्यो जस्तो लाग्छ फरक चाहना भावनाका बीच जतिबेला पनि सँगै हुँदा भन्दा एउटै घरमा भएपनि -आफ्नो स्पेस कायम गर्दा सम्बन्धहरू सौहार्द्धपूर्ण हुने गरेका देखिएका छन् विभिन्न देशमा एउटै घरमा तर अलग-अलग कोठामा बस्ने गरिएको अभ्यासले राम्रो परिणाम दिएपछि जापानमा विवाह गरेर अलग-अलग घरमा बस्ने अर्को नयाँ अभ्यास सुरु भएको

जापानमा युवाहरूले विवाह गर्ने दर घट्दै गएपछि विवाहमार्फत एकर्कामा सँगै रहेको प्रतिबद्धता जनाउँदै दुवै जनाको इच्छाअनुसार मनलागे सँगै बस्ने, नलागे -आफ्नै घरमा बस्ने गरेका छन् विवाहित जोडीले आफूहरू सँगै बस्दा भन्दा आफ्नो पर्सनल स्पेस प्रयोग गर्दा सम्बन्ध राम्रो भएको बताउने गरेका छन् एकार्काको हस्तक्षेपले करिबकरिब मृत्युको मुखमा पुगेका सम्बन्धहरूलाई पर्सनल स्पेसले बचाउने गरेका छन् जसका कारण सम्बन्ध बिच्छेद गर्ने बाबुआमाका सन्तानले जस्तो मूल्य यस्ता जोडीका सन्तानले चुकाउनु पर्दैन यस्ता सम्बन्धलाईलिभिङ टुगेदर बट अपार्टभन्ने गरिएको

पर्सनल स्पेसले रिसाएर धुम्म परेकी पत्नी या पतिको अनुहार हेर्नबाट आफूलाई मुक्त गरेको रिस मरेपछिको हँसिलो अनुहारले दुवैलाई खुशी दिने गरेको प्रयोगकर्ताहरूले बताउने गरेको भनी यो विषयमा प्रकाशित लेख, फिचरहरूमा उल्लेख गरिएको कसलाई कस्तो गीत मनपर्छ, कसलाई कस्तो आवाज मनपर्छ कसैलाई खेल मनपर्छ, कसैलाई सिनेमा मनपर्छ, कसैलाई ध्यान गर्न मन लाग्छ, -आफ्नो इच्छाअनुसारको जीवन बाँच्न पाउनु ब्यक्तिको अधिकारको कुरा हो तर विवाह गरेकै कारणले ध्यान गर्न नपाएका, नाँच्न या निर्धक्क हाँस्न नपाएका, आफूले चाहेको कार्यक्रम हेर्न नपाएका या मान्छे भेट्न नपाएकाहरूको सङ्ख्या ठुलो खुशी हुनका लागि गरिएको विवाह पछि आफ्ना पुराना साथीहरू, आफ्नै बाबुआमा दाजुभाइ दिदीबहिनीहरू भेट्न नपाएर दुःखी हुनेहरू पनि त्यत्तिकै छन् साथीहरूसँगै रमाउने हो भने मलाई किन विवाह गरेको ? भन्ने प्रश्नको सामना गर्नेहरू धेरै छन् तर विवाह गर्नुको अर्थ वर्षौंदेखिका आफ्ना साथीहरूको साथ छोड्नु कदापि होइन

अहिले झगडाका बिउहरू पनि फेरिँदैछन् हिजो घरायसी कामकाज लगायतका विषयहरू हुन्थे भने अहिले कसले कसलाई सामाजिक सञ्जालमालभ साइनपठायो, कसले कसलाई लाइक गऱ्यो, कसलाई के कमेन्ट गऱ्यो, फोन म्यासेन्जरमा कसले म्यासेज पठायो जस्ता कुराहरू मनमुटाव झैझमेलाका कारण बनिरहेका छन् एउटा छुट्टै मान्छे हुनुको अर्थमा हाम्रा रुचिहरू फरक हुन्छन् कसैलाई फोनमा लामो कुरा गर्ने बानी हुन्छ जतिबेला पनि फोनमा झुण्डिरहने जीवनसाथीलाई देखेर विरक्त हुनेहरूले जेसुकै गरोस् है उसको इच्छा भनेर स्वतन्त्र छोडिदिए हुने हो तर त्यसैलाई लिएर झगडाले उग्र रूप लिएका उदाहरणहरू पनि छन् पति-पत्नीमध्ये कसैलाई जतिबेला पनि राजनीतिक कुरा मात्रै गर्न मन लाग्ला, कसैलाई राजनीतिक कुरा गरेको मनैनपर्ने पनि हुन्छ आफ्नो जीवनसाथीको स्वर सुन्न नचाहने तर अरुको आवाजमा मन्त्रमुग्ध हुनेहरूबाट मुक्ति पाउन रातदिनको तनावपूर्ण यात्रा भन्दा पर्सनल स्पेसलेइरिटेशनघटाउन मद्दत गर्छ

कुनै बेला थियो, पति-पत्नीको सम्बन्धलाई सात जुनीको सम्बन्ध भन्ने गरिन्थ्यो अहिले सात जुनी के एक जुनीका केही वर्ष बिताउन पनि गाह्रो हुँदै गएको पति-पत्नीका फ्रस्ट्रेसनहरू हँसीमजाकका रूपमा बाहिर आएपनि बडो पीडादायी अवस्थाबाट गुज्रिरहेका छन् भनेर बुझ्न गाह्रो पर्दैन पति-पत्नीलाई लिएर बनाइएका छोटा भिडियोहरूमा प्रायः पत्नीलाई हरेक पाइलामा दुःख दिने, प्रश्न उठाउने दुष्ट महिलाको रूपमा प्रस्तुत गर्ने गरिएको यसैगरी पतिलाई घर-परिवारभन्दा बाहिर रमाउने, छिमेकीलगायतका बाहिरका महिला देख्यो कि आँखा लाउने, विवाहेत्तर सम्बन्धमा लिप्त हुने पुरुषको रूपमा प्रस्तुत गर्ने गरिएको यस्ता सस्ता भद्दा प्रकारका हँसिमजाकले समाजमा भइरहेका कुरा मात्र उजागर गरेका छैनन्, महिला पुरुषका बारेमाखत्तम मान्छेका रूपमा नकरात्मकन्यारेटिभपनिसेटगरिरहेका छन् वास्तविकताचाहिँ के हो भने सबै महिला उस्तै छन् सबै पुरुष या यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नै ! प्रत्येक ब्यक्तिका -आफ्ना फरक प्रवृत्तिहरू हुन्छन् फरकएटिच्युडको ब्यवस्थापन गर्दै अघि बढ्नु पारिवारिक जीवनको ठुलो चुनौती पनि हो पति, पत्नी मात्र होइन परिवारका हरेक सदस्यका फरक प्रवृत्तिसँग जोडिँदै, सामना गर्दै, ब्यवस्थापन गर्दै हामी अघि बढिरहेका हुन्छौँ परिवार मात्र होइन कार्यस्थल, सङ्घ-संस्था, पार्टी, सार्वजनिक स्थल, सभा, समारोह सबैतिर यो लागु हुन्छ

हाम्रोजस्तो सामाजिक संरचनामा पुरुषका भन्दा महिलाकोपर्सनल स्पेसकम हुने गरेको पुरुषले चाहे भनेमलाई डिस्टर्ब नगर हैभनेर घण्टौँ ध्यान गरेर बस्न सक्छन् या पुस्तक पढ्न सक्छन् महिलाले एक्लै बस्ने समय पाउन गाह्रो भान्सा पारिवारिक दायित्वको बोझले प्रायः महिलाहरू थिचिएका छन् ओशो, सद्गुरु, कन्यफ्युसियस, सुकरात, प्लेटो, अरिस्टोटललगायतका चिन्तकहरूलाई हेर्दात्यही स्तरमा महिला चिन्तकको सङ्ख्या किन भएन ?’ भन्ने प्रश्न मनमा उब्जिन्छ जवाफमाब्यक्तिको आफ्नो संसारजोडिएर आउँछ गौतम बुद्धले जस्तै आफूभित्रको खोजमा उहाँकी पत्नी यशोधराले घर छोडेर हिँड्नुभएको भए के हुन्थ्यो होला ? ब्यक्तिगत सुरक्षाको डर हुन्थ्यो नै, शायद समाजले बौलाहीको संज्ञा दिन्थ्यो होला
हामीकहाँ अहिले पनि धेरै महिलाहरूले आफ्नो पर्सनल स्पेस प्रयोग गर्न नपाएका कारण सिर्जनात्मक क्षमतालाई उजागर गर्न सकेका छैनन् सबैलाई आवश्यक नहुन सक्छ, तर जसलाई आवश्यक उसले जतिबेला पनि सँगै बसेर -साना कुरामा विवाद गर्ने झ्याउँ-झ्याउँवाला जिन्दगी बाँच्नुभन्दा एउटै घरमा रहेरपर्सनल स्पेससहितको स्वतन्त्र जीवन बाँच्दा जीवनको यात्रा सहज हुने देखिन्छ