प्रभातराज पाण्डे,

१५ दिनसम्म मनाईने महान पर्व विजयादशमी पर्व घटस्थापनासँगै सुरु भईसकेको भने पूणिर्माको दिन यसको बिधिवत रुपमा अन्त्य हुन्छ यसमध्ये पनि दशैंको पहिलो १० दिनको महत्व एकदमै धेरै रहेको प्राचीनकालदेखि मनाईँदै आएको यो दशैंको धार्मिक, सांस्कृतिक, ऐतिहासिक सामाजिक लगायत यावत महत्व रहेको

दशैंको धार्मिक महत्वलाई हेर्दा यो दैवी शक्तिमाथि आसुरी शक्तिको पराजय भएको उपलक्ष्यमा मनाउने गरिन्छ त्यस्तै, यो पर्वको पौराणिक कहानीमाथि पनि प्रतीकात्मक अर्थको खोजी गर्ने हो भने यो भित्र पनि वैज्ञानिकता लुकेको पाईन्छ नौ दिनसम्म देवी महिषासुरको युद्धमा महिषासुरको पराजय भएको स्मरणमा विभिन्न किसिमका देवीहरुको पूजा गर्ने गरिन्छ हामीले दशैंको नौ दिनसम्म पूजा गर्ने देवीको स्वरुपको आधारमा पनि हामी दशैंको धार्मिक महत्व पत्ता लगाउन सक्दछौं

नव दुर्गाको पूजा त्यसको अर्थ

दशैंको पहिलो दिन सुख-समृद्धि ऐश्वर्यको प्रतीक मानिने कलश स्थापना गरेर घटस्थापना गरिन्छ घटलाई सुख-समृद्धि ऐश्वर्यदायक तथा मंगलकारी मान्ने गरिएको यहीदिन घटको पूजा गर्नुले घरको सबै विपददायक तरंगहरु नष्ट भएर सुख शान्ति समृद्धि आउने धार्मिक विश्वास दशैंको पहिलो दिन हामी दुर्गाको शैलपुत्री स्वरुपको पूजा गर्ने गर्दछौं

दोस्रो दिन हामीले नवदुर्गा मध्येकी दोस्री देवी ब्रहृमचारिणीको पूजा गर्छौं भक्तहरुलाई सिद्ध अनन्त फल दिने देवीको रुपमा ब्रहृमचारिणी देवीलाई मान्ने गरिएको पहिलो दिन सुख, शान्ति समृद्धिको कामना सहित गरिएको तपको भोलिपल्ट हामीले त्यो तपलाई सिद्ध गर्नको लागि ब्रहृमचारिणी स्वरुपको ध्यान गर्ने गरेका छौं

त्यस्तै, तेस्रो दिन हामी अस्तव्यस्त मनलाई एकाग्र हुन सिकाउने तेस्री दुर्गा चन्द्रघण्टाको पूजा गर्ने गर्दछौं पहिलो दिनदेखि सुरु भएको साधनामा अन्यत्र मन नजाओस् भन्नको लागि यस्तो पूजा गर्ने गरिन्छ

त्यस्तै, चौथो दिन मृत्यु, रोग कमजोरीबाट मुक्ति दिने देवी कुष्माण्डाको पूजा गरिन्छ नवरात्रिकी पाँचौं दिन पूजा देवी स्कन्दमाताको पूजा ज्ञान विद्वताको लागि गर्ने गरिन्छ दशैंको छैटौं दिन गुप्त रहस्यकी प्रतीक कात्यायनी देवीको पूजा गरिन्छ सातौं दिन उग्रस्वरुपकी सुख दायिनी देवीको पूजा गरिन्छ नवरात्रको आठौं दिन सौन्दर्य करुणामयी देवी महागौरीको पूजा गरिन्छ भने नवरात्रको नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ

यसरी कुनैपनि व्यक्ति भित्र रहेको अशान्ति, मनको अस्तव्यस्तता, अज्ञानता, रोग, कष्ट आदिलाई नौ दिनसम्मको साधनाबाट आफ्नो शरीरबाट छुटाउने पर्वको रुपमा यसलाई व्याख्या गर्ने गरिएको पहिले जुनसुकै कुरालाई पनि धर्मसँग जोडेर व्याख्या गर्दा त्यसले स्थायित्व पाउने धर्मकै डरले पनि त्यस्ता परम्पराहरुले निरन्तरता पाउने भएकोले यस्ता विषयहरुलाई धार्मिक घटनासँग जोड्ने गरिएको थियो

अर्कातर्फ शारदीय शुक्ल पक्ष वसन्तीय शुक्लपक्षको १५ दिने दुर्गाको स्मरण पूजाको हिसाबले शुभ मानिन्छ त्यसैले पनि यो समयमा दुर्गा पूजा गर्ने गरिएको हो त्यसैले धार्मिक एवं आध्यात्मिक महत्वको आधारमा हेर्दा नौ दिनसम्मको साधनापछि हामी टीकाको दिन मान्यजनबाट आशीर्वाद लिएर नयाँ सुखी समृद्ध जीवनको सुरुवात गर्ने पर्व हो दशैं

दशैंको वैज्ञानिक पक्ष

दशैंमा नवदुर्गाको पूजा गर्नुकोपछि प्रतीकात्मक एवं वैज्ञानिक महत्व पनि कम छैन दशैंमा लगाउने टीकाको वैज्ञानिक पक्ष, बलिको बैज्ञानिक पक्ष, जमराको महत्व आदि पनि रहेका हुन्छन् हामीले दशैंमा राख्ने जमरालाई सांस्कृतिक दृष्टिले दीर्घायूको प्रतीक मानिन्छ तर, जमराको वैज्ञानिकता खोज्दा बिहान शारीरिक व्यायाम गरेपछि जौं गहुँको जमराबाट बनेको जुस पिउँने हो भने रोगसँग लड्ने क्षमताको वृद्धि हुन्छ धेरै रोगको निको समेत हुने कुरा वैज्ञानिक रुपमा पुष्टि समेत भईसकेको

जमराको जुसले क्यान्सर, रक्तचाप, महिलामा हुने महिनावारी गड्बडी, थाइराईड, नसासम्बन्धी रोगका बिरामीलाई फाइदा गर्दछ त्यस्तै, क्यान्सर, डाइविटिजलगायतका रोगीले यस्तो जुस पिउँदा फाइदा हुने बताईएको जौं गहुँको जमराबाट बनाएको जुसमा रोगसँग लड्ने क्षमता बढी हुने हुँदा विभिन्न किसिमका बाथ रोग, चिनी रोगलगायत बहुसंख्यक रोगबाट बच्न पनि नियमित यसको सेवन गर्न सकिन्छ

मानव शरीरमा रहेका सबै नाडीहरुमध्ये इडा, पिङ्गला सुषुम्नालाई मुख्य मानिन्छन् सुषुम्ना मस्तिष्कको मध्यभागबाट निधारतर्फ निस्केको हुन्छ सुषुम्नालाई ज्ञानको प्रवाहक मानिन्छ त्यसैले सुषुम्नामा पर्ने गरी नै टीका लगाइन्छ

निधारमा लगाइएको चन्दनले मानिसका विकारयुक्त किटाणुको नाश गर्ने, विचार शुद्ध राख्ने, वीर्य संरक्षण गर्ने मान्यता रहेको चन्दन लगाउँदा मन शीतल हुन्छ भन्ने मान्यता समेत रहेको मस्तिष्कको तातोपनालाई सन्तुलित राख्न पनि चन्दन टीका लगाउने गरिन्छ यस्तै हरेक परम्पराको वैज्ञानिक महत्व रहेको पाईन्छ

दशैंको ऐतिहासिक पक्ष

अर्कातर्फ दशैंको ऐतिहासिक महत्व पनि उस्तै ऐतिहासिक रुपमा यो पर्व यही मितिदेखि सुरु भयो भनेर अहिलेसम्म पत्ता लागिसकेको छैन तर, यो आजभन्दा हजार वर्ष पहिलेदेखि नै सुरु भएको अनुमान गरिएको

प्राचीन पूर्वीय सभ्यता सिन्धुघाँटीको सभ्यताको समयदेखि नै यसको सुरु भएको अनुमान गर्ने गरिएको त्यसपछिको वैदिककालमा देवी शक्तिको पूजा गर्ने प्रचलन पनि रहेकोले वैदिककाल भन्दा अघि नै यसको सुरुवात भएको मान्न सकिने आधार रहेको त्यसैले सबैभन्दा पुरानो सभ्यताको समयदेखि चलेको यो चार्डको ऐतिहासिक महत्व पनि निकै रहेको मान्न सकिन्छ

सामाजिक महत्व तर्फ यो चार्ड भातृत्व एकताको पर्व हो विभिन्न कारणले परिवारबाट छुटेकाहरुले एकैठाउँमा भेला भएर एक आपसमा खुशी साँट्ने गर्दछन् त्यसैले यो पर्वको महत्व निकै धेरै रहेको वर्षमा एक पटक भएपनि राम्रो लगाउने मिठो खाने गरिन्छ यसले गर्दा सधैंभरीको पीडालाई केही दिन भनेपनि भुलाउन मद्दत गर्दछ त्यस्तै, अर्कातर्फ यसमा प्रयोग गरिने कुपिण्डो, जमरा जस्ता औषधिमूलक फलफूलहरु समेत दशैंसँगै आउने गर्दछ यसले चिकित्साको क्षेत्रमा पनि निकै महत्व दिने गरेको त्यस्तै, आर्थिक महत्व अन्तर्गत् खेती गरेर खेती भित्र्याईसकेका वा भित्र्याउने बेला नभएर फुर्सद भएको बेलामा यस्तो पर्व मनाईन्छ यो पर्वमा निकै आर्थिक चहलपहल हुने भएकोले आर्थिक क्षेत्रमा पनि यसको महत्व निकै रहेको मान्न सकिन्छ