
परीक्षा कोइराला,
नवदुर्गाले महिलाको विकासलाई प्रतिनिधित्व गरेकी छन् । यसलाई हामीले जीवनको विभिन्न चरणहरूमा जान्न सकिन्छ यो हाम्रो वरपरको संसारसँग सम्बन्धित छ । हामीलाई थाहा छ यो कुनै काल्पनिक देवी / दैबी मात्र होइन । सामान्य रुपमा हेर्दा केहि फरक । हाम्रा वरिपरि भइरहेको देख्न सकिन्छ ।
हामीले अध्ययन गर्न शैलपुत्रीबाट सुरु गर्छौं , जुन देवीको पहिलो रूप हो । नवरात्रीको पहिलो दिन शैलपुत्रीमा समर्पित छ । शैलको अर्थ हो पहाड । अर्थात् हिमाल हिमालयको छोरी हुन । पार्वतीको अर्थ पनि त्यही हो र त्यही कुरालाई परिभाषित गर्ने । उनी सतीको पुनर्जन्म थिइन् जो वास्तवमा पहिले भगवान शिवकी पत्नी थिइन् ।
उनीले पार्वतीको रूपमा पुनर्जन्म लिइन् । उनी पर्वतका राजाकी छोरी भइन् । यसैले उनी शैलपुत्री भनेर चिनिन्छन् । उनी एक बच्ची छन् । उनले बच्चाको रुपमा प्रतिनिधित्व गर्छिन् । स्पष्ट रूपमा छोरी । उनी पहाडकी छोरी ।
ब्रह्मचारी भगवतिको दोस्रो दिन ब्रह्मचरिणी हो । जहाँ उनी एक तपस्वीको रूपमा एक भक्तको रूपमा चित्रण गरिएको छ । अर्को चरण पार्वती हो । उनीको सतीको पुनर्जन्म भएको हो । उनी फेरि आफ्नो पतिको रूपमा शिवलाई प्राप्त गर्ने अनन्त इच्छाको साथ जन्मिएकी हुन् ।
किशोरावस्थामा उनले कठिन तपस्या गरेर त्यो सपना साकार पार्न सकिन् । यस रूपमा उनी ब्रह्मचारिणी भइन् । किशोरकिशोरी पुतली झै । उनी जीवनमा के चाहन्छिन् र ? उनी के को लागि काम गरिरहेकी छिन् ? त्यो कुनै पनि व्यक्तिको लागि /केटीको लागि जीवनको विकासको अर्को चरण हो । बाल्यकालमा किशोरावस्थामा आफ्नो बारेमा केही विचारहरू बनाउन थालेको पाइन्छ
जीवनमा केही लक्ष हुन्छन् । देवीले अर्को रूप आकार लिइरहेको । तेस्रो दिन चन्द्रघण्टा – यो विवाहित महिला पार्वतीको रूप हो । देवी दुर्गाले सबै हतियारहरू आफ्नो आठ हात वा चार बोकेकी छिन् जुन विभिन्न देवताहरूको हतियार हो । उनी एक सफल महिला हुन् । यो उनको जीवनको अर्को चरण हो । उनी परिपक्व भइन् महिलामा जो सफल वैवाहिक जीवनमा छिन्, उनी खुसी छिन् ।
अर्को रूप कुष्माण्डाको हो । यसमा सुन्दर परिवर्तन छ । यहाँ हतियार बाहेक महको भाँडो पनि समातिएको छ । मह वा कलशले हिन्दू धर्ममा गर्भको प्रतिनिधित्व गर्दछ । उनीको जीवनको अर्को चरणमा सर्दैछ जुन मातृत्व हो ।
अर्को रूप स्कन्दको माता हो त्यसैले उनी शाब्दिक रूपमा भगवानकी आमा हुन् । यहा पहिलो पटक आमाको रूपमा चित्रण गरिएको छ । कार्तिकेय युद्धका देवता र शिव पार्वतीका छोरा हुन् । उनी काखमा बच्चा लिएर सिंहमा बसिरहेकी छिन् । उनीसँग कुनै हतियार छैन । उनले आफ्नो काखमा कुनै हतियार राख्दिनन् । उनी एक स्वतन्त्र विवाहित जिम्मेवारीकी महिला । उनको ध्यान उनको बच्चा हो । बच्चा जन्मने बित्तिकै आमाको ध्यान बच्चामा , त्यही आमाको संसार हो । त्यो रुप दुर्गा देवीको सबैभन्दा लोकप्रिय रूप हो ।
देवी दुर्गाको छैटौं रूप कात्यायनी हो । हामीले दुर्गा भवानीको पूजा र दर्शन गर्छौ । उनले महिषासुरको हत्या गरिन् । जुन देवताहरूले गर्न सकेनन् जसलाई कुनै पनि पुरुषले नमार्ने वरदान थियो । त्यसैले देवी दुर्गा सबैको संयुक्त शक्तिले सृष्टि भइन् ।
कात्यायिनीको रूप कात्यायिनीबाट कालरात्रिमा । काली देवीको सबैभन्दा डरलाग्दो रूप सायद धेरै मानिस बुझ्दैनन् यसको कुन कारण हो ? उनी धेरै डरलाग्दो स्वरुपमा छिन् । धेरै मानिसहरूले यसको पछाडि कारण बुझ्दैनन् । उनले महिषासुर दानवको संहार गरेर समस्त जीवको कल्याण गरेकी छिन् ।
कालीको प्रकटीकरणको बारेमा व्याख्या गर्न विभिन्न कथाहरू छन् । यसले देवीलाई एक स्वतन्त्र नारीको रूपमा देखाउँदछ । दुनियाले चिनेर उनले महागौरीको रूप प्राप्त गर्छिन् । सिद्धिदत्रीको रुप आत्म–वास्तविकताको हो । उनी शान्त छिन् र देवताहरू, दानवहरू र ऋषिहरू मानिसहरुद्वारा पुजिएकी छिन् र सबै उनको अगाडि झुक्छन् ।


0 comment