
प्रभातराज पाण्डे,
“पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौँ ।”
“कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ ।”
विशाल नेपाल Greater Nepal भनेको वर्तमान नेपालको प्राचिन भौगोलिक स्वरुप हो । आजको नेपाल ईतिहासको असमान सन्धि र त्यो सन्धिको कार्यान्वयन हुन नसकेको कारणको नतिजा हो । त्यहि ईतिहासको विशाल भू–भागलाई सम्झेर नेपालीहरुले प्राचिन नेपालको भौगोलिक स्वरुपलाई विशाल नेपाल अर्थात् ग्रेटर नेपाल भनिन्छ । यो शव्द नेपाली राष्ट्रवादीहरुले एङ्ग्लो–नेपाल युद्ध भन्दा अघिको नेपालको भुभागलाई जनाउन प्रयोग गर्ने शव्द हो । अंग्रेजसँग नेपालले गुमाएको भूमि लडेको युद्ध जसलाई एङ्ग्लो–नेपाल युद्ध (१८१४–१६) पनि भनिन्छ । नेपालको भुभाग भित्र पर्ने पश्चिमको हालको उत्तराखण्ड, हिमाञ्चल प्रदेश राज्यका साथै साना, साना पञ्जावी पहाडी राज्यहरुका सतलज नदी र त्यसको पारिसम्मका भूभाग काँगडासम्म, पूर्वतर्फ सिक्किम, दार्जिलिङ समेट्ने टिष्टा नदी सम्मका भूभाग जसको क्षेत्रफल ३,३४,२५० थियो । यो भूभाग नेपाल अंग्रेज युद्धको समाप्ति भएको घोषण गर्ने सुगौलि सन्धि सँगै नेपालले इस्ट इन्डिया कम्पनिको स्वामिन्वमा छोडिदिनु परेको थियो । तर वर्तमान समयमा ती गुमेका भूभाग फिर्ता लिन नेपालमा अहिलेसम्म बनेका सरकारका संयन्त्रहरुले कुनै चासो नदेखाएको हेर्दा एउटा राष्ट्रका लागि लज्जास्पद विषय हुन पुगेको छ । पर्याप्त प्रमाण, अन्तराष्ट्रिय कानुन अनुसार पनि तमाम सन्धि सम्झौताहरुमा फिर्ता भईसकेको अवस्थामा पनि नेपाल सरकारले फिर्ता लिनुको साटो उल्टै भएको भूभाग पनि भारतलाई बुझाउने गरेको र भारतको चाकरी गरेको अवस्था देखिएको छ । नेपालको महान ईतिहासलाई परचक्रीको पाउमा चढाएको अवस्था छ । देश र जनताको अवस्था पनि उस्तै प्रकारको हुँदा जनतामा यो भावना जगाउन र जनआन्दोलनद्धारा विदेशीको गोटी बनेका सबै सरकारहरुलाई दवाब दिनका लागि समस्त नेपाली जनतामा विशाल नेपाल जानकारी एवं प्रचारप्रसार गर्न अनुरोध गर्दछ ।
ईतिहासः
प्राचिन खसकाल र किराँतकालमा नेपाल विशाल थियो र यसको सिमाना पूर्वमा कामरु, कामक्ष, दक्षिणमा कतूर र पश्चिममा काँगडासम्म थियो । यसका आधारहरु “स्कन्द पुराण” को ८१औँ अध्यायमा स्पष्ट व्याख्या छ, ईसा पूर्व १००० वर्ष पहिलेको अथर्ववेद र कौटिल्यको अर्थशास्त्रमा पनि नेपाल बारेको व्याख्या छ ।
२२०० बर्ष पुरानो सम्राट अशोकको लुम्विनीमा स्थापित स्तम्भ “अशोक स्तम्भ” जहाँ ‘हिंद –बुद्ध गाते नेपाल’ अथवा बुद्ध यस ठाउँमा जन्मेका थिए र यो नेपाल हो भनेर प्रष्ट गरेको छ । सम्राट समुंद्रगुप्तको इलाहवाद स्थित शिलालेखमा नेपालको पूर्विसिमाना कामरु, कामक्ष, दक्षिणी सिमाना पाटलीपुत्र, कतूर र पश्चिममा उधमपुर भनेर व्याख्या गरिएको छ । कामक्ष भनेको आसाममा पर्दछ, पाटलीपुत्र भनेको पटना र कतूर भनेको इलाहवाद नजिक र उधमपुर भनेको उत्तर–पश्चिम पंजाव हो र यो ईसाको ३५० वर्ष पूर्वको शिलालेख हो ।
विशाल नेपालको एकिकरण
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल ईतिहासमा विशाल थियो भनेर थाहापाईसकेपछि, नेपाल एकिकरणको अभियान शुरु गरेको बुझिन्छ । हुनत उनका पिता नरभूपालले पनि एकिकरणको प्रवल ईच्छा र यत्न गरेका कुरा ईतिहासमा उल्लेख छ । तर त्यसमा भएको असफताकै कारण उनि विक्षिप्त बन्न पुगेका पनि बताइन्छ । १७९९मा पृथ्वीनारायण शाह गोरखाको राजा बनेको १ वर्ष पछि कान्तिपुर अधिनस्थ नुवाकोटमाथि हमला गरि विजय प्राप्त गरेर एकिकरण अभियानको शुरुवात गरे । पछि उनले वि.स.१८१९ मा सेन राज्य मकवानपुरलाई एकिकरण गर्न सफल भएपछि झनै उत्साहित पृथ्वीनारायण शाहले वि.स. १८२३ मा किर्तिपुरमाथि पनि विजय पाए । लगतै वि.स. १८२५ मा कान्तिपुर, ललितपुर तथा १८२६ मा भक्तपुरलाई आफ्नो अधिकारमा लिई काठमाण्डौ उपत्यकालाई एकिकरण गरि काठमाण्डौलाई नेपालको राजधानी बनाए । (बाँकि आगामी अंकमा)


0 comment