
परीक्षा कोइराला,
काठमाडौं - विश्वमा मुटुरोग विकसित वा अविकसित देशमा बढिरहेको सन्दर्भमा प्रत्येक वर्ष विश्वका हरेक देशमा मनाइने मुटु रोग दिवस नेपालमा यस पटक केन्द्रीय रुपमा ललितपुरमा सम्पन्न भयो । हार्ट टु हार्ट संस्थाको आयोजनामा विश्व मुटुरोग दिवसको उपलक्ष्यमा एक भव्य कार्यक्रम आयोजना गरियो । सो कार्यक्रमको प्रमुख अतिथि उप–राष्ट्रपति रामसहाय प्रसाद यादवले यस जनचेतनामुलक कार्यक्रमले मुटुजन्य रोगलाई नियन्त्रण गर्न, योगदान गर्नकालागि व्यवस्थित जीवनशैली, असल र सकारात्मक सोच र बि. एम. आइ र रोग परिक्षणबाट रोग न्यून हुन सक्ने धारणा व्यक्त गरे । यस्ता कार्यक्रम गोष्ठी, सेमिनार र नयाँ रणनीति सहित अगाडि बढाउनु पर्ने बिताए ।
उक्त कार्यक्रममा पूर्व स्वास्थ राज्यमन्त्री डा तोसिमा कार्कीले मुटुलाई माया गरेमा मुटुले पनि माया गर्ने हुनाले बोसोजन्य खानेकुरा, जंक फुड नखाने, मुटु मैत्री खान खाने तथा जीवन चर्या सक्रिय बनाउने सुझाव दिइन् ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेले मुटु ब्रेनपछि छिटै बिग्रने अंग हो । मुटु दिनमा नै एक लाख भन्दा बढी धड्कन्छ । मोटोपन, चिनी, तनावले मुटुलाई हानी पुराउने हुनाले रोग लाग्नुभन्दा अगाडि रोकथाम गर्नु वेश भने । उनले मानिसले शारीरिक, मानिसिक, अध्यात्मिक स्वस्थ्यमा ध्यान हुनुपर्छ भन्ने बताए । यस स्थितिलाई मध्य नजर गरी २०४५ सालमा नेपाल हार्ट फाउन्डेसन स्थापना गरिएको र त्यसैको सक्रियतामा नेपाल शहिद गंगालाल स्थापना भएको ऐतिहासिक तथ्य उल्लेख गरे ।
वरिष्ठ चिकित्सक डा. भगवान कोइरालाले मुटु रोगको भयावह स्थितिलाई डाक्टर वा अस्पतालले मात्र रोक्न नसक्ने हुनाले यस्ता दिवसले जनमानसमा चेतना पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । आज देशको सर्ने रोगको नियन्त्रण राम्ररी भइरहेको छ तर नसर्ने रोगको नियन्त्रण राम्ररी भइरहेको छैन । आज करिब नेपालमा ५ जनामा १ जनामा मुटु रोग देखिरहेको छ । यसको नियन्त्रण हुन सकिरहेको छैन भन्दै कहिल्यै धुम्रपान नगर्न र दिनहु व्यायाम गर्न सुझाव दिए ।
हार्ट टु हार्टका महासचिव केशव पुरीले मुटु रोग लागेमा खर्च निकै लाग्ने हुनाले कसैलाई नलागोस् । व्यक्तिले मुटु रोग लग्न नदिन स्वयं सचेत हुनु पर्ने घारणा व्यक्त गरे ।
यसै सन्दर्भमा सहिद गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले गंगालाल अस्पतालले विगत २७ वर्ष देखि धेरै विरामीको उपचार गर्यो । हालसालै नयाँ प्रविधि अवलम्बन गर्दै मुटु नचिरिकन भल्ब फेर्न समेत सफल भएको छ भन्ने बताए ।
हार्ट टु हार्टका अध्यक्ष विपिन राईले मुटु जस्तो संबेदनशील अंगको सुरक्षा गर्नु हामी सबैको कर्तव्य हो भन्ने बताए । उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवबाट डा. यादव देव भट्ट, संस्थागतबाट सहिद गंगालाल अस्पतालबाट डा. चन्द्रमणि अधिकारी र दिपेन्द्र पुरुष ढकालले सम्मान प्राप्त गरे । उक्त कार्यक्रममा जावलाखेलबाट महिला साइकलिस्ट क्लब नेपालले सम्मान प्राप्त गर्यो ।
सम्मान प्राप्त गर्यो ।


0 comment