शास्त्रदत्त पन्त,

काठमाडौं – नेपालमा भारतीय नाकाबन्दी घिनलाग्दो दानबी र मूढ प्रवृत्ति हो । चटकीले सडकमा बेच्ने हरेक रोगको एउटै औषधी भनेजस्तै हो । भारतले नेपालमा सबैभन्दा धेरै सताउने क्षेत्र व्यापार नाकाबन्दी हो । राजा वीरेन्द्रले भारतीय नाकाबन्दीले कुनैपनि असर नपर्ने नेपाल बनाउने काम कुरा थालि सकेका थिए । कुनै क्षेत्रमा नेपालले पनि प्रति–नाकाबन्दी गराउने योजना बनाएका थिए । यो कार्य पटक–पटक गरिएको छ । कहिले र कुन अवस्थामा गर्दछ त्यो भनिसाध्य छैन । स–साना बस्तुको नाकाबन्दी वा कुनै सानो स्थान विशेषको नाकाबन्दीको त यति पटक छ कि त्यसलाई यहाँ उल्लेख गरेरै साध्य छैन । त्यो धेरै थोरै सँधै भाइरहन्छ । यस्ता नाकाबन्दीले नेपालका गरीब किसान र मजदुर मात्र प्रवाहित हुन्छन् । उदाहरणका लागि नेपालका दुध किसान, अदुवा–अलैंची किसान, प्लाइउड वा फर्निचर श्रमिक आदि । त्यसभित्र भारतमा मजदुरी गरेर फर्किने कामदारहरु बढी लुटिनेमा पर्दछन् । यस्ता सानातिना घटना निरन्तर भइरहन्छन् । सानो प्रवेशद्वारको हाकिम देखि प्रान्तका नेता कर्मचारीसम्म यसमा पर्दछन् । सुस्ता जस्ता ठाउँमा त दिनहँु प्रहरी जाँदा राहदानी लिनुपथ्र्यो, त्रिभुवन राजपथ बनेपछि ह्वाङ्गै भएको हो । अब नियन गर्नुपर्छ । 

इस्लामिक स्टेटका आतंकबादीहरु विश्वव्यापी छन् । कहिले अमेरिकामा, कहिले वेलायतमा हमला गरिरहेका छन् । डेढ बर्षअघि बङ्गलादेशमा २० जना पाकिस्तानमा ५ जना मारिएका थिए । ती नेपाल हुँदै भारत पस्न सक्छन् । भारत नेपाल दुवैलाई चिन्ता छ । त्यसैले पनि सीमाना नियमन गर्नुपर्छ । सन् १९९९ मा नेपालबाट उडेको इन्डियन एयरक्राप्ट अपहरणमा परेपछि हवाई सीमाना आंसिक रुपमा नियमित भएको छ । अब सतह मार्गलाई नियमन गर्नु बेश हुन्छ । 

ठूलो रुपमा प्रचारित सम्बत् २०४५ सालमा भारतले भरेको नाकाबन्दी दोस्रो पटक भएको थियो । त्यो बेला भारतले विभिन्न खालका प्रस्तावहरु पठाएर निहुँ खेजिरहेको थियो । राजा बीरेन्द्रलाई त्यसको गहनता थाहा भएकाले राजाले प्रधानमन्त्री र सम्बन्धित मन्त्रीलाई बोलाएर जनतालाई कसरी कष्टमुक्त गर्ने भन्ने विषयमा छलफल गरेका थिए । यस्ता कुरामा राजालाई भन्दा बढी चिन्ता अरुलाई हुँदैन । राजाबाट प्रश्न सोधिएको थियो – ‘भारतले निहुँ खोजिरहेको छ । पारवहन सन्धिको म्याद थप्छ जस्तो मलाई लाग्दैन, नाकाबन्दी हुनसक्छ तपाईहरुको तयारी के छ ?’

त्यसपछि सबै मन्त्रालयले देशभरमा स्टक चाँजबुझ र आपुर्ति तरिकामा योजना बनाए । पहिलो ध्यान इन्धनलाई दिइयो । नेपालमा भण्डार क्षमता भएसम्म नाकापुर्व नै इन्धन आपुर्ति गरियो । उद्योगी र व्यापारीलाई पनि इन्धन ल्याउन र सकेसम्म धेरै भण्डारण गर्न लगाइयो । १० दिनभित्रमा हामीसँग धेरै इन्धन जम्मा भयो । करिब तीन महिनालाई पुग्ने इन्धन सञ्चित गरियो ।