
प्रभातराज पाण्डे,
काठमाडौं – यतिवेला मुलुक अत्यन्तै गम्भिर संकटमा फसेको छ । संकटका कारणहरु भोलिका दिनमा ईतिहासले समिक्षा गर्नेनैछ । अहिलेको संकटबाट जतिसक्दो चाँडो निकास निकाल्न वार्ता र संवादका माध्यमबाट राज्य, राजनितिक दल र असन्तुष्ट पक्षहरु मिल्नु जरुरी देखिन्छ ।
यो संकटको मुख्य कारण हो केही दिन यता धरानमा भएको द्धन्द । यो द्धन्दले हाम्रो सामाजिक, धार्मिक, राजनितिक सद्भावमा खलल पुर्याउन सक्ने गतिविधि कसैको हितमा हुदैन र यो चिन्ताको विषय पनि हो । अहिले धरान मात्र नभई मुलुक द्धन्दको दलदलमा फस्न पुगेको छ । मुलुक अकल्पनिय भुमरीतिर धकेलिएको संकेतहरु देखापर्न थालेका छन । यसको समाधानका लागि हामिले श्रीलंकाबाट ठुलै पाठ सिक्न जरुरी देखिएको छ ।
धरानमा गोरु काटेर मासु खाएको र बालगोपाल मन्दिर नजिकै चर्च बनाईएको कुरालाई लिएर हिन्दु धर्मावलम्वीहरुले विरोध स्वरुप आगो बालेको धेरै दिन भैसक्यो । जसका कारण त्यहाँको जनजिवन अस्तव्यस्त छ । धरानमा २४ घण्टे निषेधाज्ञा घोषणा गरिएको छ र दैनिक उपभोग्य सामागी्रको चरम अभाव बढ्दै गएको छ । जनजिवन भयभित र त्रसित छ यसैले धरानको समस्या हाम्रो आफ्नै घरेलु समस्या भएकाले यसको समाधान वार्ता र संवाद गरि खोजिनु पर्छ । अहिले धरानका जनताहरुले खुशि साट्न पाएका छैनन् । जारी आन्दोलनमा घ्यू थप्ने काम भएको छ । त्यसैले यो सब समस्याहरुलाई समाधान गरेर प्रगति र संवृद्धिको लामो बाटो तय गर्नुपर्नेमा हाम्रा अगाडि चुनौती र अवसर सँगै उभिएका छन । यी चुनौतिहरुलाई चिर्दै त्यसलाई अवसर सम्म पुर्याउन विभिन्न आरोह अवरोह पार गर्नुपर्ने अवस्था छ । असन्तुष्ट पक्षहरुसँग सार्थक संवाद र वार्ता गरेर उनिहरुको जायज मागलाई सम्वोधन गरिनु पर्दछ । त्यस्तै आनदोलनरत पक्षले पनि हिंसात्मक द्धन्द भन्दा वार्ता र संवादबाट आफ्ना मागहरु स्थापित गर्ने बाटो तर्फ लाग्नुपर्दछ । यस प्रकरणलाई प्रतिष्ठा बनाएर असन्तुष्ट पक्षहरु अगाडि बढ्दा झनै अप्ठ्यारो अवस्थाको सिर्जना गर्दछ । त्यस्तै आन्दोलनरत असन्तुष्ट पक्षले आन्दोलनलाई प्रतिष्ठाको विषय वनाउनु पनि उचित हुदैन ।
अबको समस्याको समाधान वार्ता र संवाद बाटै खोजि आफ्ना मागहरु स्थापित गर्दै लग्न सके मात्र सबै वर्ग, तह तप्का र समुदायको साझा हित हुनेछ भन्नेमा दुईमत छैन । परापूर्व काल देखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होईनौ , राष्ट्र निमार्ण र विकासका लागि हातेमाले गर्दै आएका छौँ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दखल पुर्याउनु उचित हुदैन । यसले निम्त्याउन सक्ने परिस्थिति वेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र संम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता भएको छ ।
यस विषयको संवेदनशिलतालाई मध्यनजर गर्दै राजनितिक दल, स्थानिय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज व्यक्तित्वहरु एक ठाउँमा उभिएर सवै जाति, धर्म एवं सम्प्रदाय विचको आपसि एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न हामि सम्वन्धित सवैमा हार्दिक अपिल गर्दछौँ ।


0 comment