
शास्त्रदत्त पन्त,
काठमाडौं – स्वतन्त्रताको ७५ औ दिवस मनाइ सक्यो तर पनि ‘इण्डिया’ ‘भारत’ भएको छैन । मुसलमानसँग हित्तचित्त नमिल्नेहरुले हिन्दुस्तानसम्म भन्न थालेका छन् । सम्बत् २००७ सालमा हैदरावाद हाउसमा बसेका बेलामा राजा त्रिभुवनलाई भारतको राजा (राष्ट्रपति) हुन अनुरोध गरेपछि त्रिभूवनबाट इन्कार गरियो । त्यसपछि भारतले नेपाली काँग्रेस दललाई हातमा लिएर चीनतर्फको सीमानाका महत्वपूर्ण १८ नाकामा भारतीय सेना तैनाथ गरेको थियो । त्यसपछि डा. केआई सिंह र भीमदत्त पन्तको भारतीय दमनको विरुद्ध भएको विद्रोहमा भारतले सेना प्रवेश गरायो । के.आई सिंहलाई समातेर थुनियो भने पन्तलाई मारियो ।
राजामहेन्द्रलाई संयुक्त राष्ट्र संघको सदस्य लिनबाट दबाउन अनेक प्रपञ्च रचियो । राजा महेन्द्रले परास्त गराए । उनले भारत निर्भर अर्थव्यवस्था, राजनीति, सामाजिक र धार्मिक क्षेत्रमा समेत अलग्गै र आत्मनिर्भर हुने पहिचान बनाउन थाले । उनीमाथि अनेक व्यवधान खडा गरिए । आर्थिक स्ववलम्वन हुने क्रममा जब महेन्द्रले पूर्व पश्चिम राजमार्ग बनाउन थाले त्यसमा इन्डियाले दिनसम्म दुःख दियो । बाँकी पुरा गर्न राजा वीरेन्द्रबाट थालिएकोमा पनि अनेक व्यवधान खडा गरिए तरपनि राजाले बैदिक राजधर्मको अनुसरण गरिरहे, बुद्धिबलबाट भारतलाई परास्त गरिरहे । महेन्द्र र वीरेन्द्रले बुद्धिबलबाट विश्व जनमत आफुतिर बनाउन सफल भए । नेपाल र भारत बुझेका विश्वका विज्ञबाट भारत विश्वमा नै नकारात्मक रुपमा हेर्न थालियो । पराजित मनस्थितिको भारतले नेपालप्रति किचकिच गर्न आजसम्म पनि छोडेको छैन । ‘रअ’ को अन्तिम निष्कर्ष थियो ‘नरहे बाँस नबजे मुरली’ । पुनस्र्थापित संसद्को २०६३ जेठ ४ को बैठकले नै तत्कालीन राजाका धेरै अधिकार कटौती गर्दै राजतन्त्र अन्त्यको सङ्केत गरि सकेको थियो । २०६५ जेठ १५ मा त्यसले मूर्तरुप लियो ।
गणतन्त्र घोषणा गरिसकेपछि राजालाई नङ रदाहा झिकेको बाघका रुपमा हेर्न थाल्यो । भारतले । ‘रअ’ को एक पक्ष राजसंस्थाको बिउ नै मास्नु पर्छ भन्दछ । राज परिवारलाई कतैनकतै फसाउने सोचमा हुन्छ । निशानामा परेका युवाराज पारस शाह २०६७ सालदेखि मुलुक बाहिरै थिए । लुम्बिनी विकास कोषको नेतृत्व सम्हाले देखि माओबादी मार्फत् राजदरबारलाई तर्साउने काम गरिरह्यो ।


0 comment