काठमाडौं – केही दिन अगाडीको घटना हो । सिन्धुपाल्चोक दोलखाका एकजना युवा मोटरसाइकल बससंग ठोकिंदा उनी दुर्घटनामा परे । उनी दुर्घटनामा परी गम्भीर घाइते भए । दुर्घटना स्थलबाट केही पर बि एण्ड बि अस्पताल थियो । दुर्घटना स्थलमा धेरै मानिसहरूको उपसश्थिती भएको तस्वीरले स्वम् बताउँछ । घाइते भएका विश्वराज श्रेष्ठलाई त्यीहाँ उपसस्थित भएका मानीसहरुले अस्पताल लानुका सट्टा मोबाइलमा फोटो खिच्न र भिडियो बनाउन व्यस्त रहेको देखिन्छ । अन्ततः प्रहरी आएर अस्पताल लाने क्रममा उनको मृत्यु भयो ।

यी माथिको दुई फोटोमा एउटा समानता छ, पहिलो तस्बिरमा थुप्रै केबिन कार्टर हरु छन जहाँ एकजना घाईते जीवन रक्षाको भिख मागिरहेको छ तर मानवता हराएकाहरु फोटो भिडियो भाईरल गराउने होडमा छन्  । आधा घन्टा सम्म २ हात सडकमा टेकेर जीवन रक्षाको याचना गर्दा समेत केबिन कार्टरहरुमा मानवता पलाएन र २३ बर्षिय युवाले मृत्युवरण गर्नु पर्यो । 

दोश्रो तस्विरलाई  "The vulture and the little girl" नाम दिईएको छ । यस तस्विरमा एक गिद्ध चरम भोकले तड्पिएर मर्न आँटेकी एक सानी बालिकाको मृत्युको प्रतीक्षा गरिरहेको छ । यो तस्विर साउथ अफ्रिकन फोटो पत्रकार केविन कार्टरले सन् १९९३ मा सुडानमा अनिकालको समयमा खिचेका थिए र उक्त फोटोबाट उनले पुलित्जर पुरस्कारबाट सम्मानित पनि भएका थिए । तर, कार्टरले त्यस सम्मानको आनन्द धेरै दिन लिन भने पाएनन्, किनकि उक्त फोटो खिचेको केहि महिना पछि ३३ वर्षको उमेरमा उनले आत्महत्या गरेका थिए ।

किन गरे त आत्महत्या ?

निसन्देह, जब उनि पुरस्कारबाट सम्मानित भए र खुसीयाली मनाउँदै थिए, उसबखत दुनिया भरका सञ्चार माध्यममा उनकै चर्चा परिचर्चा भईरहेको थियो । यसै प्रख्यातिको माझ उनलाई एक फोन अन्तर्वार्तामा कसैले सोध्यो – “त्यसपछि त्यो बालिकाको के भयो ? “उनले जवाफ फर्काए– त्यसपछि म त्याँहा रोकिईँन, किनकि मेरो फ्लाईट डिले हुँदै थियो । उनको उक्त जवाफपछि प्रश्नकर्ताले उनितर्फ इङ्गित गर्दै भने– “म तपाईँलाई भनिरहेकी छु कि त्यसदिन त्यँहा दुईवटा गिद्ध थिए, जसमध्ये एकको हातमा क्यामेरा थियो । “फोटो पत्रकार करविन कार्टरलाई उक्त प्रश्नले यति विचलित बनायो कि अन्त्यमा अवसादमा पुगेर आत्महत्या गरे ।

त्यसैले कुनैपनि स्थितिमा केहि कुरा हाँसिल गर्नुभन्दा पहिले मानवता जगाउनुपर्दछ । ती बालिका र कार्टर आजपनि जीवित रहन्थे, यदि उनले ती बालिकालाई उठाएर युनाइटेड नेशनको फिडिङ्ग सेन्टरमा पुर्‍याई दिएको भए, जहाँ पुग्नका लागि बच्चा कोसिस गरिरहेकि थिईन् ।

त्यसैले जब कुनैपनि मौका पर्छ, त्यस्तो परिस्थिमा फोटो खिच्नको सट्टा मद्दत गर्ने कोसिस गर्नुस् । अचेल दुःख, दर्द, पीडा, गरिवि, घाइते, विरामीलगाएतका फोटो खिचेर सामाजिक सँजालमा मालामाल हुनकै लागि अपलोड गर्ने गरिन्छ । एक हिसावले भन्ने हो भने मान्छेका अभाव, पीडा, व्यथा, दर्द आदिलाई सस्तो मजाक बनाईएको छ, कमाई खाने भाँडो बनाईएको छ ।

विश्वराजले सहयोगको पुकारका लागि अनेकौँ उपायहरु अपनाएको देखिन्छ तर त्यस्तो फोटो/भिडियो खिचेर मालामाल हुनु खोज्नेहरुले भने फिटिक्कै सहयोग गरेको देखीदैन यी मानवता हराएका मान्छेहरुबाट ................।  यदि समयमा उनलाई अस्पताल लगिएको भए विश्वराज आज हामी विच जिवितै रहने थिए कि ? 

हार्दिक श्रद्धाञ्जली “विश्वराज”