शास्त्रदत्त पन्त,
भारतले नेपालमा दरबार हत्याकाण्ड हुनु भन्दा २ हप्ता पहिले नेपालसित जोडिएका सीमा क्षेत्रमा सीमा सुरक्षाबल –(बी.एस.एफ.) तैनाथ गरेको थियो, मानौ भारतलाइृ पहिलेदेखि नै दरबारमा हत्यकाण्ड हुँदैछ भन्ने थाहा थियो । बलले सीमा सुरक्षाको काम नगरेर धमाधम सीमा–स्तम्भ उखेलेर नेपालतिर सार्ने अनैतिक काम समेत गर्न थाले । नेपालले सीमा बलको व्यवस्था दशकौं पछि गरेपनि सुव्यवस्था अझै भएको छैन । भारतीय पक्षले ठाउँठाउँमा खम्बा गाढ्न खेज्दा नेपाली जनताले नै प्रतिकार गरेका छन् । २०७७ पुस २०, सोमबारका दिन भारतीय सीमा सुरक्षा बल (एस.एस.बी.) ले स्थानीयको आँखा छलेर स्थानीयले थाहा पाएपछि सो स्थानमा दौडेर गए, घेराबन्दी गरे । नेपाली भूमिमै भारतीय पक्षले दशगजामा एकलौटी रुपमा खम्बा सार्ने काम गरेको थियो । यो घटना सूर्योदय नगरपालिका–२, पशुपतिनगरको हिलेभञ्ज्याङको हो । एस.एस.बी ले नेपाल–भारत सीमा भन्दै शनिबार राती खम्बा गाढेको थियो । त्यो गतिविधि थाहा पाएर आइतबार त्यहाँ पुगेका स्थानीयले प्रतिकार गरेपछि एसएसबी पछि हटेको थियो । आक्रोशित स्थानीयले नेपाली भूमि मिचेर खम्बा गाढेकोमा विरोध जनाएका थिए । एसएसबीले हिलेको ७१÷११ देखि ७२÷२५ नम्बर पिलरको बीचमा गाढेको खम्बा स्थानीयकै दबाबबाट उखेलिएको थियो । एसएसबीले एकतर्फी रुपमा सुटुक्क ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) ले देखाएको ठाउँ भन्दै खम्बा गाढ्ने प्रयोस गरेको थियो । सशस्त्र प्रहरी बलको पशुपचिनगरस्थित बोर्डर आउट पोस्ट (बिओपी) अगाडि भएको छलफलमा एसएसबीले एकतर्फी रुपमा खम्बा गाढ्नु आफ्नो गल्ती भएको स्वीकारेको थियो । आइन्दा सहमतिबिना दशगजामा कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएको थियो । यद्यपि त्यस क्षेत्रको दशगजा मिचेर भारतले विद्यालय, घर, गुम्बा र प्रहरी पोष्टलगायत दर्जनौं संरचना बनाइसकेको छ । तर भारतले नेपाली पक्षलाई चाहिँ दशगजाभन्दा ३ सय मिटरभित्रसमेत संरचना निर्माण गर्न अवरोध गर्ने गरेको छ । गतबर्ष पनि एसएसबीले सीमा क्षेत्रको उत्कृष्ट पर्यटकीयस्थल सन्दकप्ुर (३ हजार ६ सय ३६ मिटर उचाई) मा बन्दै गरेको भ्यु–टावरको निर्माण नै रोकेको थियो । एकै स्थानबाट ३ देशका हिमाल दृश्यावलोकन गर्न सकिने सन्दकपुर डाँडाको मुख्य चुचुरोमा जान र तस्बिर खिच्नसमेत पर्यटकलाई निषेध गरेको थियो । विद्यार्थीले त्यहीँ पुगेर आन्दोलन गरेपछि एसएसबीभ पछि हटेको थियो ।
यस्तै घटना नेपालको कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा पनि देखिएको थियो । उक्त क्षेत्रको एक गाउँ नै इण्डियातिर पर्ने गरी भारतीयले करिब एक कि.मी. नेपालतिर सीमा सार्न लागेकोमा पुरा गाउँ उठेर प्रतिकार गरेका थिए । एसएसबीले प्रतिकार गर्ने पुनर्बासका एक नेपाली समाजसेवीमाथि गोलि प्रहार गरेर हत्या गरे । खम्बा सारेकोमा विद्रोह गरेपछि मुस्ताङको सीमाको एक नेपाली मारिएकोमा चीनले तत्कालै माफी मागेर क्षतिपुर्ति दिएको थियो तर त्यस्तै घटना भारतको सीमामा हुँदा पनि भारतले कुनै वास्तै गरेन, नेपालले बिरोधगर्न आँटै गरेन । नेपाली काँग्रेस सरकारमा भएका बेलामा गृहमन्त्रीले मृतकको परिवारलाई राहत प्याकेज दिए । भारत अझै भूपचापछ र घटनाको छानबिनमा पनि सहयोग गरेन यो हेपाईको एक नमुना दृश्य हो ।
राजविराजको गाउँमा भारतीयले नेपालको दशगजा पार गरेर बिएसएफको पोष्ट बनाउन लाग्दा स्थानीय जनताले त्यसको प्रतिकार गरेर भारततिर लखेटेका थिए । पछि प्रतिकार गर्ने नाइकेका बाबुछोरालाई अपहरणको आरोपमा समातेर भारत लगेर सताएका थिए । बास्तवमा भारतकी एक कन्याले नेपाली केटासित विवाह गरेकि थिइन् । उनले आफुले स्वइच्छाले गरेको भनेर बयान दिएपछि भारतीयले छाडेका थिए । यो एक छलछाम मात्र थियो ।
यी केही नमुना उदाहरणमात्र हुन् । देशभरका अनेक ठाउँमा यस्ता अतिक्रमण भएका छन् । राजधानीकै बागमति कोरिडोरमा भारतीयले बर्षौसम्म अतिक्रमण भएका छन् । राजधानीकै बागमति कोरिडोरमा भारतीयले बर्षौसम्म अतिक्रमण गरेर बसेका छन् । नेपाली माग्ने वा गीत गाउने अन्धा समेतलाई सरकारले कारबाही गरेर हटाएको छ, जुन राम्रो हो तर हजारौं भारतीय मगन्तेलाई हटाउनै सकेको छैन । बरु राजा महेन्द्रका पालामा त्यस्ता मगन्तेलाई ट्रकमा हालेर रक्सौल लगेर छाड्ने काम भएको थियो ।



0 comment