शास्त्रदत्त पन्त,

भारतका सबै छिमेकी देशसँग सीमा समस्या छन् । सबैभन्दा चर्को सीमा समस्या चीन र पाकिस्तानसित छ । नेपाल–भारतबीच भएका सीमा समस्या विश्वका प्रायः कुनै मुलकमा नहुने समस्या छन् । नेपाल–भारतबीच ती छोटो चर्चा गर्न लाएकाको छ । सबै विज्ञले सिमानामा अनेक खाले विवाद छन् भन्ने बुझ्नेछन् । वास्तवमा नेपाल–भारतबीच धेरै तरहका विवाद छन् । ती विवादलाई मोटामोटी रुपमा निम्न अनुसार विभाजन गर्न सकिन्छ । आर्को अनौठो कुरा के पनि हो भने अगिअगि सीमा समस्या समाधान गर्दै गएपनि पछिपछि सीमा समस्या बल्झिदै जान्छन् ।

सीमाका सन्दर्भमा नेपाल–भारतबीच रहेका केही विवादहरु ः
–    दसगजाको जमिन भारतीयबाट मिचान ।
–    दसगजा मिचेर भारतबाट संरचना निर्माण । सडक र भवन । भारतीय भन्सार ।
–    नेपालभूमि डुबान
–    सीमास्तम्भ नेपालतिर सार्ने ।
–    सीमाना क्षेत्र अतिक्रमण ।
–    सीमाबलबाट नागरिकमाथि ज्यादती ।
–    हेपाइ प्रवृत्ति जस्तै नेपाल भारत प्रबुद्धसमुहको प्रतिवेदन नबुझ्ने । नेपालभित्र सडक बनउने ।
–    खुला सीमा पद्धति ।
–    खु्लासीमाबाट तस्करी र कालाबजारिया ।
–    भन्सार र पारवहन समस्या