शास्त्रदत्त पन्त,
आजसम्म चारैथरी आततायीद्वारा (इसाई, मुसाई साम्यबादी र पूँजीपति) हिन्दुत्वको अपव्याख्या गरिएको छ । वास्तवमा हिस्दुत्व भनेको बैदित्व हो । राजनीतिलाई वैदिक संस्कारको बनाऊ, बैदिक आदर्श राष्ट्रलाई फेरि विदेशीको दास हुनबाट जोगाऊ र जोगाउन सैनिकीकरण गर भन्ने भारत स्वतन्त्र बनाउने अभियानमा लागेका सावारकर लगायतको थियो । अङ्ग्रेज धपाएर भारतलाई स्वतन्त्र बनाउनु भनेको सन् ६६० भन्दा पहिलेको वैहि शासन व्यवस्था, वैदिक संस्कार, वैदिक निःशुल्क शिक्षापद्धति थियो । नालन्द, तक्षशिला, विक्रमाशिला, गुरुकुलीय भारद्वाज आश्रम सहित १५८०० वटा उच्च शिक्षालयमा सञ्चालित शिक्षापद्धतिलाई पुनस्र्थापन गराउनु थियो । शिक्षा सबै जातजातिका पुरुष तथा नारीलाई निःशुल्क उपलब्ध गराउनु थियो । पातञ्जलि लगायतको योगशिक्षा, ज्ञान, ध्यानलाई सबैको पहुँचमा पु¥याएर सबैलाई मानसिक र शारिरिक रोग लाग्नै नदिने बनाउनु थियो । रोग लागिहालेका अवस्थामा पनि आयुर्वेदिक उपचार पद्धतिलाई समुन्नत बनाएर पाश्र्व प्रभाव (साइड इफेक्ट) रहित उपचार गराउनु थियो । सबै खाले स्वास्थ्य सेवा निःशुल्क पाउने व्यवस्था गर्नु थियो । शासन व्यवस्था पनि बैदिक पद्धति अनुसार चलाउनु थियो । ताला नलगाई ढोका मात्र हुने हुने सामाजिक अवस्था बनाउनु थियो । अर्थ व्यवस्था पनि बैदिक समाजबाद अनुकूलको कोही अरबपति नहुने तथा कोही अज्ञ, विपन्न र गरीब नहुने बनाउनु थियो । यी कुरालाई नै प्राच्य राष्ट्रबाद (हिन्दुत्व) भनिएको हो ।
“अली जिन्नाको” पहलमा पाकिस्तान अलग भएर इस्लामिक मुलुक बनाइएपछि भारत स्वतः बैदिक (हिन्दु) मुलुक हुनुपथ्र्यो । दुबै नअलग्गिएको भएमात्र मजहब निरपेक्ष भारत हुने थियो, तरपनि धर्म निरपेक्ष भएन । नालन्दमाथि आगो अगाउने, राममन्दिर भत्काएर बाबरी मस्जिद बनाउनेलाई कुने दण्ड दिन नसक्नु, बेलायतका राजा काट्नेलाई फाँसिदिएको इतिहास नबुझेको ठहर्छ । मुसलमानको अलग राज्य भएपछि मुसलमान म्यारिज एक्ट कि भारतमा कायम राखिएको छ ?
अली जिन्नाले पाकिस्तान छुट्टयाएपछि त्यहाँको बागडोर आफैले लिए । तर माउन्टबेटमले एक बर्षसम्म पण्डित जवाहरलाल नेहरुलाई अङ्ग्रेजीको शासन कला कायम गराउने तालिम दिए, ग्रुमिङ गराए । पाकिस्तानलाई केही नगर्नुको कारण मुसलमानको कट्टरपनादेखि मानसिक रुपमा अङ्ग्रेजले हार मानेका थिए भने हिन्दुहरुलाई ईसाईकरण गराउन सहज ठानेर एक बर्ष सिकाउन बसे । हिन्दु र मुसलमानकै कारण पाकिस्तान अलग स्वतन्त्र राष्ट्र मानेपछि इण्डिया स्वत धर्म (हिन्दु) राष्ट्र भएको पुष्टि हुन्छ । पाकिस्तानलाई निरपेक्ष बनाउन नसक्ने अङ्ग्रेजले भारतलाई किन निरपेक्ष बनायो ? भारतीय हिन्दुले किन मानिरहेका छन् ?
आफु त बिग्रेबिग्रे तर ती अंग्रेजका दास सेवक, “मेकाउने” का बेटा भारतीय नेताले छिमेकीलाई पनि बिगारे । अंग्रेज सेनासँग लडेर बैदिक सम्यता, शासन व्यवस्था र धर्म संस्कार संस्कृति जोगाएको नेपाललाई गुरु मानेर इन्डियाले सिक्नुपर्ने ठाउँमा स्वामी सुब्रह्मण्यम, चन्द्रशेखर जस्ता यहाँ आएर नेपाललाई समेत इसाईकरण गराउन नेपालको बैदिक शासन कालको पञ्चायती शासन, हिन्दु अधिराज्य भत्काएर गणतन्त्र, धर्मनिरपेक्ष र जातीय राज्य बनाउन सघाए, विकृत साम्यबादीलाई प्रश्रय दिएर आततायी शासन व्यवस्थालाई संरक्षण गरिदिए । आज त्यही भारत आतङ्कबादको खेल छाडेको छैन । भारत धर्म निरपेक्ष हुनु थियो भद्धने पाकिस्तान, बाङ्गलादेशलाई किन भएन त्यही शक्तिले बेलायतलाई नै किन निरपेक्ष बनाएन, किन यु. के. लाई गणतन्त्र बनाएन ? यो अहं प्रश्न हो ।
अर्को बौद्धिक कुरा उठाऔं, बाबरी मस्जिद र राम मन्दिरको । बाबरी मस्जिद पुरातात्विक विषय हुने हो भने त्यसपूर्वको राम मन्दिर किन पुरातात्विक नहुने ? कुतुबमिनार, ताजमहल, लालकिल्लाहरु जोगाई राख्नुपर्ने तर नालन्द, विक्रमशिला तथा अयोध्याको भारद्वाज ऋषिकुल आश्रमहरु जस्ता अरु हजारौं पुरातात्विक वस्तुलाई कि पुनसर्थापन गरिएन ? यस पक्षमा भारतका लागि बोल्ने आँट गर्ने पूर्वमन्त्री स्वामी सुब्रह्मण्यमले नेपालमा आएर यहाँको बैदिक सनातनी हिन्दु अधिराज्य भत्काएर किन धर्मनिरपेक्ष गणतन्त्र बनाउन यहाँका पुँजीपति र साम्यबादीका दलाल दललाई उक्साए ? यो बैदिक र आध्यात्मिक ज्ञानमा परेको ह्रास हो । नेपालले अङ्ग्रेज (इसाईयत),मुलनमान (मुसाइयत), साम्यवादी र पूँजीपति चारै खाले आततायीहरुबाट जोगाएको गौरबलाई गूरु मानेर भारतले नेपालमा सिक्न आउनुपर्ने हो । उल्टै उक्त चारै आततायीको पक्ष लिएर भारतले धर्म बिरोधी काम ग¥यो । नयाँ दानवीय प्रवृत्ति अँगालेर भारतका हिन्दुले विश्व शान्ति बनाउने शान्तिवाचनको अर्थ नै भुलेको महसुुस हुन्छ ।
उल्लेखित काम नगरेकाले अब पौरस्त्य दुनियाँमा समेत विभिन्न द्वन्द्व भड्किन सक्तछन् । नेपालमा पनि द्वन्द्व भड्किँदै गएका छन् । यो बिगार्न अङ्ग्रेजी दास भारत जिम्मेवार छ । हिन्दुअधिराज्य नेपाल हटाउन, आत्मनिर्भर नेपाल हुन नदिन, बैदिक धर्म शासन व्यवस्था कायम गर्न नदिन भारत जिम्मेवार छ । चीन र भारतबीच सम–मित्र भएको नेपाललाई स्वतन्त्र तिब्बत बल्झाउन भारतले खेलेको भूमिका धर्मविपरित छ । भारतको शत्रु नेपालको पनि शत्रु बनाउन खोज्नु भारतको गलत आसय छ । धर्म परिवर्तन रोकिसकेको नेपालमा फेरि छुट दिने काममा उक्साएको छ भारतले । एक मधेश एक प्रदेश बनाउने अभियान पनि नेपाल संरक्षित राष्ट्र हुनुपर्दछ भन्ने भारतमा रहेको बेलायती उपनिवेशवादी सोचको उपज हो । भारतको अधार्मिक बलले सधै थेगिराख्न नसक्ला, नेपाललाई टुक्रा पार्ने बलले भारत भारत पनि टुक्रिन सक्छ भन्ने सामान्य ज्ञान भारतमा पनि हुनुपर्दछ ।
विश्व परिवर्तनशील छ । यो निरन्तर परिवर्तन भइरहन्छ । परिवर्तन प्रकृति विरुद्ध भयो भने त्यसले कार्बन उत्सर्ग, तापक्रम बृद्धि, भूकम्प, आँधी, जलप्रकोप जस्ता विविध प्रकोप जन्माउँछ र वातावरण असामन्य बन्दछ । यो उग्र घातक हुन्छ, भौतिक रुपमा रुपमा मात्र होइन, मानसिक प्रवृत्तिमा पनि । राजनीतिक परिवर्तनका नाममा नेपालमा भएका कैयौं घातक निर्णय मानसिक विकारका प्रतिरुप मान्नुपर्छ । सङ्घात्मकता, धर्मनिरपेक्षता, गणतन्त्र, आरक्षण आदिलाई उदाहरणका रुपमा लिन सकिन्छ । भौतिकवादी तथा आपराधिक प्रवृत्तिका असक्षम व्यक्तिबाट शासनसत्ता चलाउने प्रवृत्तिले राष्ट्र द्वन्द्वतिर उन्मुख छ । एक, दुई होइन अनेक खतरनाक मोडतिर देश उन्मुख छ । शासन अज्ञका हातमा पुगेको छ ।



0 comment